25/08/2026
ढाँडखोला–खहरे मोटरमार्गका लागि २ करोड बजेट विनियोजन !
करिब आठ वर्षदेखि अवरुद्ध तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित ढाँडखोला–खहरे मोटरमार्ग सञ्चालनका लागि २ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। बजेट विनियोजनपछि सडक निर्माण प्रक्रिया अघि बढाइएको हो।
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा, वडा नम्बर ३ का अध्यक्ष परमेश्वर भट्टराई, युवा नेता बासु पन्तसहित इन्जिनियरको टोलीले स्थलगत अवलोकन तथा सर्भे गरेको छ। सर्भेपछि छिट्टै टेन्डर आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरिएको जनाइएको छ।