06/07/2026
बनेपाका युवाहरू – Youths from Kavre द्वारा आफ्नो गाउँ, शहर र प्रकृतिलाई सफा, सुन्दर र हराभरा बनाउने अभियानको आज दोस्रो हप्ता पूरा भएको छ।
आज उहाँहरूले वकु गणेश मन्दिर परिसर, द्य द पुखु र तह्रा पुखु लगायतका सम्पदास्थलहरू सरसफाइ गरी सफा र सुन्दर बनाउने प्रशंसनीय कार्य गर्नुभएको छ।
यस अभियानमा संलग्न सम्पूर्ण युवाहरूलाई हार्दिक सम्मान र धन्यवाद व्यक्त गर्दछु।
हामी पनि जहाँ-तहीँ फोहोर नगरी, अरूलाई पनि फोहोर नगर्न सम्झाएर उहाँहरूको अभियानमा साथ र समर्थन जनाउन सक्छौँ।
जबसम्म चेतनाको विकास हुँदैन, फाल्नेले फालिरहने र टिप्नेले टिपिरहने अवस्था रहिरहन्छ। त्यसैले यी युवाहरूले केवल सरसफाइ मात्र गरिरहेका छैनन्, हामी सबैलाई सचेत र जिम्मेवार बन्न पनि प्रेरित गरिरहेका छन्।
अब हामी सबै जागौँ। फोहोर फाल्नुअघि एकपटक यी युवाहरूको मेहनत सम्झौँ र आफ्नो ठाउँलाई सफा राख्ने बानी बसालौँ।
यस अभियानमा संलग्न सम्पूर्ण युवाहरूलाई सफलताको हार्दिक शुभकामना।
चण्डेश्वरी माताले सबैको रक्षा गरून्। 🙏🌿