The Kavre

The Kavre We provide the latest news in anytime anywhere.

दैनिक जसो सवारी दुर्घटना बनेपाबाट महाभारततर्फ जाँदै गरेको बोलेरो भुमेचुली आरालोमा दुर्घटना ,दुर्घटनामा एक जना सामान्य घा...
16/08/2026

दैनिक जसो सवारी दुर्घटना
बनेपाबाट महाभारततर्फ जाँदै गरेको बोलेरो भुमेचुली आरालोमा दुर्घटना ,दुर्घटनामा एक जना सामान्य घाइते भएको जानकारी प्राप्त भएको छ।

📸 Photo: Suman Yasmali

15/08/2026

बनेपाबाट दुप्चेश्वर रिजर्भ गएको बस नुवाकोटको थानाभन्ज्याङमा भीरबाट खस्यो, एकजनाको निधन-अन्य केही घाइते ।
विस्तृत विवरण आउन बाँकी,,,,,

14/08/2026

बनेपाको गोदामचोकमा बस र स्कुटर ठोकिदा एकको मृत्यु,
मृत्यु हुनेमा पनौती ८ का देबेन्द्र बहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।।

05/08/2026

🌍 Shop Worldwide with GlobalLink Logistics & Cargo Pvt. Ltd. ✈️📦

Now you can shop from your favourite international stores and get your parcels delivered safely to Nepal!

✅ India 🇮🇳
✅ London (UK) 🇬🇧
✅Australia 🇦🇺
✅ USA 🇺🇸
✅ Canada 🇨🇦
✅ Germany 🇩🇪
✅ Japan 🇯🇵
✅ Korea 🇰🇷
✅ Hong Kong 🇭🇰

🛍️ We deliver:

Electronics

Clothing

Cosmetics

Shoes

Bags

Amazon, Flipkart & International Online Orders

🚚 Fast & Secure Delivery
💯 Trusted Service
💰 Affordable Rates

📲 WhatsApp: 9769681098
📍 Banepa, Nepal

02/08/2026

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएकाे भन्दै पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य बढाएको छ । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु ५ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो ।
निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतीय आयल कर्पोरेशन (IOC) बाट २०८३ साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको हो । नयाँ मूल्य २०८३ साउन १८ गते बिहान १:०१ बजेदेखि लागू हुनेछ ।
नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु. १९७.५०, दोस्रो वर्गमा रु. १९९ र तेस्रो वर्गमा रु. २०० कायम गरिएको छ । त्यसैगरी डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा रु. १९७.५०, दोस्रो वर्गमा रु. १९९ र तेस्रो वर्गमा रु. २०० प्रतिलिटर निर्धारण गरिएको छ ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु. २४९ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार भएको वृद्धिका कारण मूल्य समायोजन गरिए पनि निगमलाई मासिक करिब रु. १ अर्ब ४९ करोड घाटा हुने अनुमान गरिएको छ । निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग गर्न तथा वर्तमान परिस्थितिमा सहयोग गरिदिन आग्रह गरेको छ ।

02/08/2026

यज्ञोपवीत (जनै) निर्माण प्रशिक्षण कार्यक्रम सम्पन्न

बनेपा ,काभ्रे - नेपाल ज्योतिष परिषद् काभ्रे जिल्ला समिति तथा बागमती प्रदेश समितिको आयोजनामा यज्ञोपवीत (जनै) निर्माण प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल ज्योतिष परिषद् बागमती प्रदेश अध्यक्ष विष्णुप्रसाद तिमल्सिना सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका उपमहासचिव ज्योतिष पण्डित दीपक शर्मा दाहाल रहनुभएको थियो। त्यसैगरी, विशिष्ट अतिथिमा गुरुकुल संस्कृत विद्यालय बनेपा बुडोलका प्राचार्य दिव्यमणि अधिकारीको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नेपाल ज्योतिष परिषद् काभ्रे जिल्ला अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो। कार्यक्रममा नेपाल ज्योतिष परिषद्का काभ्रे जिल्ला समिति, बागमती प्रदेश समिति तथा केन्द्रीय समितिका विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरूको रूपमा जिबनाथ चौलागाईं, प्रह्लाद दाहाल, हरि प्रसाद दाहाल, हरि प्रसाद चौलागाईं तथा राजेन्द्र प्रसाद घिमिरेले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा गुरुकुलका बटुकहरू साथै विभिन्न क्षेत्रका सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रमुख अतिथि दीपक शर्मा दाहालले आगामी दिनमा पनि विभिन्न जिल्लाहरुले यस्ता महत्त्वपूर्ण र गौरवको कार्यक्रममा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
प्रशिक्षण कार्यक्रमले वैदिक संस्कार अन्तर्गत यज्ञोपवीत (जनै) निर्माण सम्बन्धी सीप तथा ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको ज्योतिषी विष्णुप्रसाद तिमल्सिनाले बताए।
हिन्दू धर्ममा जनैलाई अत्यन्त पवित्र मानिन्छ, जसले ब्राह्मण, क्षत्रिय तथा वैश्य वर्णका व्यक्तिहरूको उपनयन संस्कार पश्चात् धारण गरिने धार्मिक पहिचानको रूपमा काम गर्दछ। जनैले आत्मशुद्धि, अनुशासन, कर्तव्यबोध तथा आध्यात्मिक जीवनप्रति समर्पणको सन्देश दिने भएकाले यसको निर्माण प्रक्रिया पनि शुद्धता, विधि र मन्त्रअनुसार गरिनु आवश्यक मानिन्छ।
यस प्रशिक्षणमार्फत सहभागीहरूलाई जनै निर्माणको परम्परागत विधि, प्रयोग हुने सामग्री, मन्त्रउच्चारण तथा यसको धार्मिक, सांस्कृतिक र वैज्ञानिक पक्षबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। यस्ता कार्यक्रमहरूले परम्परागत वैदिक ज्ञानलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको तर्फबाट काभ्रे जिल्ला अध्यक्ष नवराज ढकालले विश्वास व्यक्त गरेका छन्।

26/07/2026

नेपाल ज्योतिष परिषद् बागमती प्रदेश समितिको तेस्रो अधिवेशन मिति २०८३ श्रावण ९ गते सम्पन्न.।

नेपाल ज्योतिष परिषद् बागमती प्रदेश समितिको तेस्रो अधिवेशन सम्पन्न।बनेपा, काभ्रे — नेपाल ज्योतिष परिषद् बागमती प्रदेश समि...
25/07/2026

नेपाल ज्योतिष परिषद् बागमती प्रदेश समितिको तेस्रो अधिवेशन सम्पन्न।
बनेपा, काभ्रे — नेपाल ज्योतिष परिषद् बागमती प्रदेश समितिको तेस्रो अधिवेशन मिति २०८३/०४/०९ गते श्री कृष्ण प्रणामी सेवा समाज (कृष्ण प्रणामी मन्दिर), बनेपा नगरपालिका–०९ नयाँबस्तीमा भव्यताका साथ सम्पन्न भएको छ।
अधिवेशनमा केन्द्रीय अध्यक्ष केशव प्रसाद धिताल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा माधव राज पाण्डे, कमल प्रसाद काफ्ले तथा लक्ष्मण पन्थी लगायतको उपस्थिति रहेको थियो। साथै दक्षिण एसियाली महासंघ, विश्व ज्योतिष महासङ्घ, विभिन्न जिल्ला समिति, उपत्यका समिति तथा ज्योतिष क्षेत्रमा आवद्ध विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनबाट बागमती प्रदेश समितिको अध्यक्षमा पुनः विष्णु प्रसाद तिमल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ। वरिष्ठ उपाध्यक्ष अच्युत प्र कोइराला, उपाध्यक्ष कृष्ण प्रसाद शर्मा दाहाल, अनिल सुवाल शालिकराम सापकोटा ,वाल कृष्ण तिमल्सिना, महासचिव यमनाथ ढकाल उपमहासचिव रामेश्वर थापा, गणेश प्रसाद गौतम सचिव हरेराम वजगाई कोषाध्यक्ष नारायन प्रसाद दाहाल सदस्यहरुमा देव प्रसाद घिमिरे, दिपेश बास्कोटा, हरि प्रसाद लुइटेल, श्रीकृष्ण महर्जन, र तुलसा न्यैपानेनिर्वाचित भएका हुन्
नव निर्वाचित अध्यक्ष तिमल्सिनाले ज्योतिष क्षेत्रको विकास, अनुसन्धान र संस्थागत सुदृढीकरणमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशनले ज्योतिष शिक्षाको विस्तार, वैज्ञानिक अध्ययनको प्रवर्द्धन तथा समाजमा ज्योतिषको सकारात्मक प्रभाव बढाउने विषयमा महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।
कार्यक्रम सभ्य, भव्य र उपलब्धिमूलक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

18/07/2026

भोली विद्युत सेवा अबरुद्ध हुने सम्बन्धि सुचना !

मिति २०८३/०४/०३ गते बिहान ०८ बजेदेखी १४:०० बजेसम्म पनाैती, खाेपासी र २८ किलाे फिडर अन्तर्गतकाे २८ किलाे बुद्दपार्क नजिकैकाे पाेल जाेखिम भएकाेले मर्मत कार्यकाे लागि २८ किलाे, चाेैकाेट खड्पु, ढलमले, पनाैती बजार, राेशी, कुशादेवी, पस्थली, दाप्चा, राेशी १,२,३ एरियामा लाईन अबरुद्द हुने ब्यहाेरा जानकारी गराइन्छ।

दिउसाे १४ बजेदेखी १६ बजेसम्सम सरस्वती बजार एरियामा मर्मत कार्यकाे लागी धुलिखेल र भकुण्डे फिडर अवरुद्द हुने जानकारी प्रती काभ्रे बितरण केन्द्र क्षमापार्थी छाै। कार्य समय अगावै सम्पन्न भएमा साेही बमाेजिम लाइन चालु गरिनेछ ।

श्रोत :- काभ्रे वितरण केन्द्र

नेपाल ज्योतिष परिषद् भक्तपुरको अध्यक्षमा बज्राचार्य निर्वाचित।भक्तपुर - नेपाल ज्योतिष परिषद् भक्तपुर जिल्ला समितिको चौथो...
12/07/2026

नेपाल ज्योतिष परिषद् भक्तपुरको अध्यक्षमा बज्राचार्य निर्वाचित।
भक्तपुर - नेपाल ज्योतिष परिषद् भक्तपुर जिल्ला समितिको चौथो जिल्ला अधिवेशनबाट उपप्रा.शान्तरत्न बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

जसको उपाध्यक्षमा अन्जना श्रेष्ठ, सचिवमा अनिल सुवाल, कोषाध्यक्षमा नितु श्रेष्ठ र सदस्यहरुमा रामदेवी श्रेष्ठ, रुक्मिणी श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, रिमा बज्राचार्य, हिराकाजी श्रेष्ठ, ज्ञानेन्द्रकृष्ण जोशी, मनिश जोशी, निर्मल शर्मा वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल ज्योतिष परिषद्का केन्द्रीय संस्थापक अध्यक्ष एवम् विश्व ज्योतिष महासंघका अध्यक्ष पञ्चाङ्गकार डा लोकराज पौडेलले संस्था स्थापनाकालदेखि हालसम्म यहाँ आइपुग्दा धेरै कठिनाई भोग्नुपरे पनि नेपाल ज्योतिष परिषद्को साङ्गठनिक बलमा विश्व ज्योतिष महासंघ र दक्षिण एसियाली ज्योतिष महासंघको प्रधान कार्यालय नेपालमा राख्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले ज्योतिषशास्त्रलाई थप व्यवस्थित र मर्यादित बनाउनको लागि अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।।

कार्यक्रममा विश्व ज्योतिष महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णराज जोशी, नेपाल ज्योतिष परिषद्का केन्द्रीय वरिष्ठ सल्लाहकार प्राडा देवमणी भट्टराई, केन्द्रीय सल्लाहकार वैद्य हितराज श्रेष्ठ, केन्द्रीय सचिव शिवलाल पौडेल, बागमती प्रदेश महासचिव भिमप्रसाद पौडेल, उपत्यका समिति अध्यक्ष यज्ञरत्न बज्राचार्य, ललितपुर जिल्ला अध्यक्ष शुभद्रीका शर्मा राजोपाध्याय लगायतले शुभकामना मन्तव्य राख्दै अधिवेशन सफलताको शुभकामना राखेका थिए ।

निर्वाचन सम्पन्न गर्नको लागि प्रमुख निर्वाचन अधिकृत आचार्य शिवलाल पौडेल, निर्वाचन सचिव पवित्रा श्रेष्ठ, निर्वाचन सदस्य भिमप्रसाद पौडेल रहनुभएको थियो ।

उद्घाटन सत्र निवर्तमान भक्तपुर जिल्ला अध्यक्ष केदारप्रसाद जोशीको अध्यक्षता, निवर्तमान सचिव शान्तरत्न बज्राचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।

Address

Banepa
Banepa
45210

Website

Alerts

Be the first to know and let us send you an email when The Kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Kavre:

Shortcuts

Share