Kavre Update 24/7

Kavre Update 24/7 This is newly created online non-profitable page! We post news daily! Thank you�

मुख्य राजमार्ग अवरोध कता कता छ ?स्रोत : नेपाल प्रहरी
07/10/2025

मुख्य राजमार्ग अवरोध कता कता छ ?
स्रोत : नेपाल प्रहरी

07/10/2025

Ani yespali ko dashain kasto bhayo ta? ❤️

Gen-Z Movement Alliance को ३ माग सहितको प्रेस बिज्ञप्ति ।१.नेपाल आयल निगम को जग्गा खरिद प्रकरण २.भुटानी शरणार्थी प्रकरण ...
07/10/2025

Gen-Z Movement Alliance को ३ माग सहितको प्रेस बिज्ञप्ति ।
१.नेपाल आयल निगम को जग्गा खरिद प्रकरण
२.भुटानी शरणार्थी प्रकरण
३.वाईडवडि जाहाज खरिद प्रकरण ।

आज मंगलबार! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏Pic: Subhash Man Sangat
07/10/2025

आज मंगलबार! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Pic: Subhash Man Sangat

06/10/2025

काठमाडौंमा हाइ अलर्ट:
सुदन गुरुङको टीमले धम्क्याएपछि काठमाडौं प्रहरी परिसरले आफ्ना सबै वृत्तलाई हाइ अलर्टमा राखेको छ भने सम्पूर्ण बिटबाट प्रहरीहरू वृत्तमा तानिएका छन् ।

माओवादीले फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेको छ। 😮
06/10/2025

माओवादीले फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेको छ। 😮

जेनजी आन्दोलनका भाइरल युवा जन्म दिने आमाको हत्या अभियोगमा पक्राउ परेका छन् ।
06/10/2025

जेनजी आन्दोलनका भाइरल युवा जन्म दिने आमाको हत्या अभियोगमा पक्राउ परेका छन् ।

06/10/2025

कतै जाँदै हुनुहुन्छ ? सडकको अवस्था बुझेर मात्र निस्कनुहोस् है!

काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने विभिन्न नाकाहरूको सवारी आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।
अविरल वर्षाका कारण अवरुद्ध रहेको मकवानपुर-हेटौडा-सिस्नेरी-काठमाडौँ र हुमाने-फाखेल-काठमाडौँ जोड्ने सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
मकवानपुरबाट काठमाडौँतर्फ आउने सवारी साधनले सिस्नेरी-दक्षिणकाली-काठमाडौँको बाटो प्रयोग गर्ने र काठमाडौँबाट मकवानपुरतर्फ जाने सवारी साधनले काठमाडौँ-फाखेल-मकवानपुरको बाटो प्रयोग गर्ने गरी सवारी सञ्चालनमा ल्याइएको छ ।

बाढीपहिरोका कारण अवरुद्ध सडकहरू

१. कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका ८ बगुवा र भर्‍याङडाँडा तथा बकैया गाउँपालिका ११ सिमात र घट्टेपाखामा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ ।

२. वि.पी. राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र मंगलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले आवतजावत अवरुद्ध भएको छ ।

३. कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन आज पनि चल्न सकेका छैनन् ।

४. पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाइकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् ।

५. सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमाना स्थित भडारे खोलामा लेदो सहितको बाढी आएकाले आवतजावत पूर्ण रूपमा अबरुद्ध भएको छ ।

६. अरनिको राजमार्ग अन्तर्गत पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ चारकिलोमा गएको पहिरोका कारण आवतजावत पूर्ण रूपमा अबरुद्ध भएको छ ।

७. रसुवाको गोसाइकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।

८. मध्य पहाडी लोकमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका ६ नागस्थानमा सडकमा खसेको पहिरोले गर्दा सवारी आवागमन प्रभावित भएको छ ।
#स्रोत ट्राफिक प्रहरी (अपडेट समय ११ बजे)

एमाले विद्यार्थी नेता प्रेम लामा पक्राउसुदन गुरुङको गत सेप्टेम्बर १४ मा भएको रिपोर्टर्स क्लब नेपालको पत्रकार सम्मेलनमा ह...
06/10/2025

एमाले विद्यार्थी नेता प्रेम लामा पक्राउ

सुदन गुरुङको गत सेप्टेम्बर १४ मा भएको रिपोर्टर्स क्लब नेपालको पत्रकार सम्मेलनमा हुलदंगा गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ परेका छन् । उनी काठमाडौं मनोहराबासी हुन् । जेनजी आन्दोलनलगत्तै भदौ २५ गते आर्मी हेडक्वार्टरमा पनि प्रेम लामा लफडाबाजीमा उत्रिएका थिए । जेनजीहरुले उनको पहिचान खुलाएका थिए र एमालेको कार्यकर्ता भएको पुष्टि भएको थियो ।

06/10/2025

दु:खद खबर रोशिको बाढीले बगाएर एक जना महिलाको मृत्यु भएको छ तिमाल ८ निबासी अन्दाजी बर्ष ५७की डोल्मो तामाङको बोर्ज्याङ बेशी बाट बगएर पन्थलीबेशी पुर्याएको खबर छ ।
Source : Devraj KC

06/10/2025

विपी राजमार्गः
काभ्रेभञ्ज्याङदेखि भकुण्डेसम्म एक तर्फी मात्रै सञ्चालन
~जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक~

युरोपेली देश जर्जियामा भइरहेको जेनजी आन्दोलनमा आन्दोलनकारीले नेपालको झण्डा समेत लिएर हिडेका छन् । उनीहरूले “सरकारले अटेर...
06/10/2025

युरोपेली देश जर्जियामा भइरहेको जेनजी आन्दोलनमा आन्दोलनकारीले नेपालको झण्डा समेत लिएर हिडेका छन् । उनीहरूले “सरकारले अटेरी गर्दा नेपालजस्तै अवस्था आउँछ” भन्ने सन्देश दिनका लागि नेपालको झण्डा देखाएका बताइएको छ ।

Address

Kavrepalanchok
Banepa

Website

Alerts

Be the first to know and let us send you an email when Kavre Update 24/7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavre Update 24/7:

Share