03/08/2024
आमा
उहिले उहिले
रहरका बिस्कुनहरु थिए
र त
अभावको फराकिलो आँगन पनि थियो
त्यही आँगनमा हामी
रहरहरु पोख्थ्यौं र उठाउँथ्यौ
आमा
आज रहरहरु छैनन्
अभावको आँगन पनि साँगुरो छ
मन रित्तिएको छ
न पोख्ने ठाउँ छ न उठाउने कुरा नै
बारीको डिलमा ‘बुख्याँचा’
आज पनि कौवा धपाइरहेछ !!
- © Dhana Paudel