29/01/2026
बाँकेमा ३ वटा निवार्चन क्षेत्र रहेका छन् । साेही क्षेत्रका उम्मेदवारहरूका तल दिइएका गुणहरू छन् या छैनन् । यदि छन् भने के के छन् ? लेख्नुहाेला र भोट दिन उपयुक्त व्यक्ति छान्नुहाेला ।
१) इमानदार र नैतिक
भ्रष्टाचारमा संलग्न नभएको
सार्वजनिक सम्पत्तिको दुरुपयोग नगरेको
आफ्नो जीवनशैली र आम्दानी पारदर्शी भएको
२) सक्षम र जानकार
संविधान, कानून र राज्य प्रणालीबारे ज्ञान भएको
शिक्षा वा अनुभवबाट निर्णय गर्न सक्ने क्षमता भएको
भावनाभन्दा तथ्य र तर्कमा आधारित राजनीति गर्ने
३) जनताको आवाज बुझ्ने
जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने
चुनावपछि पनि भेटघाट र संवाद गर्ने
समस्या सुन्ने र समाधान खोज्ने इच्छाशक्ति भएको
४) काम गरेर देखाएको
विगतमा विकास, सेवा, वा सामाजिक काम गरेको प्रमाण
भाषणभन्दा परिणाम देखिने काम गर्ने व्यक्ति
स्थानीय आवश्यकता बुझेर योजना बनाउने
५) कानूनको सम्मान गर्ने
संविधान र लोकतान्त्रिक मूल्य मान्ने
हिंसा, धम्की र अवैधानिक गतिविधिबाट टाढा रहने
सबै नागरिकलाई समान व्यवहार गर्ने
६) समावेशी सोच भएको
जात, धर्म, लिङ्ग, क्षेत्रका आधारमा विभेद नगर्ने
महिला, दलित, आदिवासी, अपांगता भएका व्यक्तिको अधिकारको पक्षमा उभिने
७) स्पष्ट घोषणापत्र भएको
के गर्ने, कसरी गर्ने भनेर स्पष्ट योजना भएको
सम्भव र यथार्थपरक वाचा गर्ने
पाँच वर्षपछि जवाफदेही हुन तयार रहने
८) नयाँ सोच र जिम्मेवारी
परिवर्तन र सुधारको स्पष्ट दृष्टि भएको
पुराना गल्तीबाट सिक्ने क्षमता भएको
युवाको ऊर्जा र अनुभवीको विवेक मिलाउने सोच
❌ यस्ता व्यक्तिलाई भोट नदिनु राम्रो
पैसा, डर वा लोभ देखाएर भोट माग्ने
अपराध, भ्रष्टाचार वा हिंसामा संलग्न
चुनावपछि जनताबाट टाढा हुने
जात/धर्म/क्षेत्रको नाममा भड्काउने