20/12/2024
✍️आजको करीब ९० औ दिनमा एसईईको परिक्षा शुरु हुदैछ ।
अभिभावकहरुलाई दुई हात जोडेर हार्दिक अनुराेध गर्न चाहे :
१) तपाईको छोरा/छोरीको हरेक विषयमा तयारी कस्तो छ ? चेक जाँच गर्नुस । आफुले नसके उसलाई पढाउने शिक्षक सँग सबै विषयको उसको तयारी कस्तो छ राम्रो सँग बुझ्नुस । स्मरण रहोस अभिभावकले ख्याल नगर्दा गत बर्ष ५० % विद्यार्थी एसईईमा असफल भए ।
२) अहिले विद्यार्थीहरुलाई सबैभन्दा बढी बिगारेको मोबाईल र सामाजिक संजालले हो । त्यो सबै आजबाट उसलाई सम्झाएर प्रयोग गर्न बन्द गरिदिनुस ।
३) उसलाई सबैभन्दा बढि के मन पर्छ ? एसईई पास भएपछि त्यही किनिदिन्छु भनेर आजैबाट मोटिभेसन गर्नुस ।
४) उसको साथी सङ्गति कस्तो छ ? को सँग हिड्छ ? मोबाईलमा को को सँग कुरा गर्छ ? उसले थाहा नपाउने गरी निगरानी गर्नुस । खराब देखिए तुरुन्त नियन्त्रण गरेर सुधार्नुस ।
५) उसलाई तिमि एकदम बुद्धिमानी छौ । शक्तिशाली छौ । तिमि ट्यालेन्ट छौ । तिम्रो जीवन उज्ज्वल देखिरहेको छु भनेर उसको तारिफ गर्नुस र अझ बढि मेहनत गर, राम्रो गर पढ भनेर निरन्तर मोटिभेसन गर्नुस ।
६) उ विहान उठ्ने देखी लिएर खाजा, पानी, खाना, पढाई र आरामको समय ब्यवस्थापनमा अलि बढी ध्यान दिनुस ।
७) समयमा सुतेको छ या छैन ? निन्द्रा पुगेको छ कि छैन? आराम पुगेको छ कि छैन? एकदम ख्याल गर्नुस ।
८) तपाई सँग लुकेर लागुपदार्थ वा मादक पदार्थ खान्छ खादैन ख्याल गर्नुस ।
९) पढाउने शिक्षक कस्ता छन ? शिक्षक प्रति उसको धारणा के छ ? शिक्षकको उसप्रति ब्यवहार कस्तो छ ? निरन्तर बुझिरहनुस ।
१०) टर्मिनल परिक्षाहरुमा उसको तयारी कस्तो छ ? उत्कृष्ट, पास, फेल के छ बुझ्नुस र सोही बमोजिम सुधार गर्नुस ।
यति गर्नु भयो भने २०८२ साल असारमा एसईईको रिजल्ट भएपछी पुर्पुरोमा हात राखेर कसैलाई गाली गर्नु पर्दैन र तपाईको बालबालिकाको भविष्य पनि उज्ज्वल रहनेछ । सबै अभिभावकले आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न सक्नुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु । धन्यवाद।।।
Copied.