22/08/2025
विदुर-४ संगमचोकमा युनाइटेड युथ क्लबको भवनको उद्घाटन |.
बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको आर्थिक सहयोगमा विदुर नगरपालिका वडा नं. ४ स्थित संगमचोकमा युनाइटेड युथ क्लबको छ कोठे पक्की भवनको उद्घाटन गरिएको छ। यस भवनको उद्घाटन विदुर नगरपालिकाका नगर प्रमुख श्री राजन श्रेष्ठजूद्वारा गरिएको हो।
क्लबका अध्यक्ष अच्युत राज महन्त गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी, वडा नं. ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, खेलाडी, खेलकुदप्रेमी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रम सोमबार, २०८२ साल भदौ ५ गते आयोजना गरिएको थियो।