Samwad Khabar

Samwad Khabar सत्य-तथ्य-निष्पक्ष समाचार ।
स्वधर्म-संस्कृति हाम्रो उद्गार । https://linktr.ee/SamwadKhabar1

27/08/2026

भोटेकोशीको बाढीले क्षणभरमै बगर बनाएको नुवाकोटको त्रिशूली बजार

प्रधानमन्त्री वालेन्द्र शाह बिहीवार बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गर्नु...
27/08/2026

प्रधानमन्त्री वालेन्द्र शाह बिहीवार बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गर्नुभएको छ ।

११ भाद्र, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बिहीवार बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि...

भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा जनजीवन प्रभावित भएपछि हिन्दू स्व...
26/08/2026

भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा जनजीवन प्रभावित भएपछि हिन्दू स्वयंसेवक संघ नेपालले विपद्को यस कठिन घडीमा उद्धार, सेवा र राहतका लागि एकजुट हुन आह्वान गरेको छ ।

Hindu Swayamsevak Sangh NEPAL ले एक अपिल जारी गर्दै सम्पूर्ण स्वयंसेवक तथा कार्यकर्ताहरूलाई प्रभावित क्षेत्रमा तत्काल परिचालित भई उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न आग्रह गरेको हो । स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै जोखिममा रहेका नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण, राहत वितरण तथा आवश्यक सहयोगमा सक्रिय भूमिका निर्वाह गर्न संघले आग्रह गरेको छ ।

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा जनजीवन प्रभा....

विपद्को यस कठिन घडीमा उद्धार, राहत र मानवीय सेवाका लागि हामी सबै एकजुट बनौँ। प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन इ...
26/08/2026

विपद्को यस कठिन घडीमा उद्धार, राहत र मानवीय सेवाका लागि हामी सबै एकजुट बनौँ। प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन इच्छुक #स्वयंसेवक तथा सहयोगी महानुभावहरूलाई सम्बन्धित टोलीसँग समन्वय गरी सेवाकार्यमा सहभागी हुन हार्दिक आह्वान गरिएको छ ।
#सम्पर्क
Bhatta Meelan : 984-8450049
Kapil Bhatta : 985-1161455
Pralhad Regmi : 985-1141426

भोटेकोशी नदी रसुवाका बाढपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्ध...
26/08/2026

भोटेकोशी नदी रसुवाका बाढपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।
नेपाली सेनाका अनुसार सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।
उक्त इलाकामा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नं।१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ ।

आपत्कालीन सहायता/हेल्पलाइन नम्बरहरूःसशस्त्र प्रहरी बल : १११४नेपाल प्रहरीः १००एम्बुलेन्सः १०२DEOC: १२३४सहायक प्रमुख जिल्ल...
26/08/2026

आपत्कालीन सहायता/हेल्पलाइन नम्बरहरूः
सशस्त्र प्रहरी बल : १११४
नेपाल प्रहरीः १००
एम्बुलेन्सः १०२
DEOC: १२३४
सहायक प्रमुख जिल्ला अधिकारी, रसुवाः ९८५११६४४२२
रसुवा प्रहरीः ९८५१२५४९६०
सहायक प्रमुख जिल्ला अधिकारी, नुवाकोटः ९८५१२४८७७७
नुवाकोट प्रहरीः ९८५१२८२३८०
प्रमुख जिल्ला अधिकारी, धादिङः ९८५१२४७७७७
धादिङ प्रहरीः ९८५१२२९८६०
सहायक प्रमुख जिल्ला अधिकारी, चितवनः ९८५५०८८८९१
चितवन प्रहरीः ९८५५०१३९९९

गोरखाको पालुङटार नगरपालिका –५ र ४ ठाँटीपोखरीबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि छुटेको मिनीबस सम्पर्कविहीन भएको छ ।
26/08/2026

गोरखाको पालुङटार नगरपालिका –५ र ४ ठाँटीपोखरीबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि छुटेको मिनीबस सम्पर्कविहीन भएको छ ।

१० भाद्र, काठमाडौं । गोरखाको पालुङटार नगरपालिका ५ र ४ ठाँटीपोखरीबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि छुटेको मिनी.....

रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
26/08/2026

रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ भने सम्माननीय प्रधानमन्त्रीज्यूले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिनुभएको छ । उहाँले यो विपद्‍को क्षणमा सबैलाई आ-आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोधसमेत गर्नुभएको छ ।

बाढीका कारण नुवाकोटको ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्रतस्बिरः रामहरि न्यौपाने/रासस
26/08/2026

बाढीका कारण नुवाकोटको ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्र
तस्बिरः रामहरि न्यौपाने/रासस

Address

Gaurighat, Kathmandu
Baudha

Alerts

Be the first to know and let us send you an email when Samwad Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samwad Khabar:

Shortcuts

Share