Samwad Khabar

Call Directions Website Contact the business

Samwad Khabar सत्य-तथ्य-निष्पक्ष समाचार ।
स्वधर्म-संस्कृति हाम्रो उद्गार । https://linktr.ee/SamwadKhabar1

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री एवं...
28/09/2026

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबिच भेटवार्ता भएको छ ।

१२ असोज, काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा ...

इन्द्रचोकमा अवस्थित ऐतिहासिक एवं पुरातात्त्विक  बाकाः भैरव ।  प्रत्येक वर्ष इन्द्र जात्राका अवसरमा सर्वसाधारणको दर्शनका ...
28/09/2026

इन्द्रचोकमा अवस्थित ऐतिहासिक एवं पुरातात्त्विक बाकाः भैरव । प्रत्येक वर्ष इन्द्र जात्राका अवसरमा सर्वसाधारणको दर्शनका लागि देवघरबाट बाहिर राखिने परम्परा छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि पुनः चलायमान ।चार दिनसम्म लगातार परेको वर्षापछि मनसुन बिदाइ हुने क्रममा पोखराको म...
28/09/2026

पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि पुनः चलायमान ।
चार दिनसम्म लगातार परेको वर्षापछि मनसुन बिदाइ हुने क्रममा पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि पुनः चलायमान बन्न थालेको छ।
मौसम सफा भएसँगै हिमशृङ्खला अवलोकन, फेवातालमा नौकाविहार तथा विभिन्न पर्यटकीय स्थलको भ्रमणका लागि अनुकूल वातावरण बनेको छ।
पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले वर्षायाम सकिएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको पर्यटन व्यवसायीहरूले बताएका छन्।
असोजदेखि सुरु हुने शरद ऋतु पोखरामा पर्यटनका लागि उपयुक्त समय मानिने भएकाले होटल, रेष्टुरेन्ट, यातायात तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा पनि चहलपहल बढ्ने विश्वास गरिएको छ।
मौसम खुलेपछि पोखराबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खलाको मनमोहक दृश्य देखिन थालेको छ।
यसले पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार मनसुनको बिदाइसँगै सुरु हुने शरद पर्यटन सिजनले पोखराको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने विश्वास गरिएको छ।
तस्बिर: अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी

28/09/2026

हामीबाट टाढा भए पनि हाम्रो हृदय, संस्कार र सम्झनामा सधैँ जीवित रहनुहुने सम्पूर्ण पितृहरूप्रति भावपूर्ण श्रद्धासुमन।
पितृ देवो भवः।

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटस्थित नदी किनारमा आइतवार बाढीका बीच सोह्र श्राद्धको पहिलो दिन प्रतिपदा तिथिको श्...
27/09/2026

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटस्थित नदी किनारमा आइतवार बाढीका बीच सोह्र श्राद्धको पहिलो दिन प्रतिपदा तिथिको श्राद्ध गर्दै श्रद्धालु । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्धमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ । तस्बिर: सनद अधिकारी/रासस

सोह्रश्राद्धको पहिलो दिन आइतव्ँर पशुपतिनाथस्थित बागमती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध तथा तर्पण गर्दै श्रद्...
27/09/2026

सोह्रश्राद्धको पहिलो दिन आइतव्ँर पशुपतिनाथस्थित बागमती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध तथा तर्पण गर्दै श्रद्धालुह । सोह्रश्राद्धका अवसरमा पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्न भक्तजनहरू पशुपति क्षेत्रमा पुगेका छन् । Newslink: https://www.samwadkhabar.com/news/14459

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्दचितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भा...
27/09/2026

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ। निरन्तरको वर्षासँगै गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।
वर्षासँगै नदीले धार परिवर्तन गरेको र झोलुङ्गे पुलमा लगातार नदीको बहावले प्रहार गर्दा मुख्य राजमार्ग चर्किएको तथा भित्री सडक भासिएको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीले जानकारी दिए।
सडक भासिएपछि अहिले मनकामना केबलकार सेवा बन्द रहेको छ। नदीको बहावले पुलमा निरन्तर प्रहार गरिरहेकाले आसपासको क्षेत्रमा थप जोखिम बढेको वडाध्यक्ष उप्रेतीले बताउनुभयो।
तस्बिर : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी

भारतको सिक्किममा इन्द्रजात्रा पर्व भव्य रूपमा मनाइएको छ।  सिक्किम नेवाः गुथिद्वारा आयोजित इन्द्रजात्रा सिक्किमको राजधानी...
25/09/2026

भारतको सिक्किममा इन्द्रजात्रा पर्व भव्य रूपमा मनाइएको छ। सिक्किम नेवाः गुथिद्वारा आयोजित इन्द्रजात्रा सिक्किमको राजधानी गान्तोकसहित विभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायले आफ्नो परम्परा, संस्कृति र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भव्यका साथ मनाएका हुन् ।

जात्राको क्रममा गणेश, कुमारी, भीमसेन र भैरवको पूजा तथा रथयात्रा गरिएको थियो । गान्तोकको प्रसिद्ध एमजी मार्गमा जीवित देवी कुमारीको तस्वीर राखेर रथयात्रा, परम्परागत धिमे बाजागाजा र लाखे नाचसहितका झाँकीहरू प्रदर्शन गरिएका थिए।

यो जात्रा भानु पथबाट सुरु भई तिब्बत रोड हुँदै एमजी मार्गसम्म अघि बढ्यो र मनन केन्द्रमा पुगेर सम्पन्न भयो। सिक्किमका विभिन्न भागबाट नेवार समुदायका हजारौं सदस्यहरू यस जात्रामा सहभागी भएका थिए ।

तस्वीरः सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ

24/09/2026
इन्द्रजात्रालाई केवल एउटा पर्वका रूपमा होइन, नेपालको सभ्यता, मौलिकता र सांस्कृतिक निरन्तरताको जीवन्त दस्तावेजका रूपमा बु...
24/09/2026

इन्द्रजात्रालाई केवल एउटा पर्वका रूपमा होइन, नेपालको सभ्यता, मौलिकता र सांस्कृतिक निरन्तरताको जीवन्त दस्तावेजका रूपमा बुझ्नुपर्छ । लिङ्गो ठडिँदा इतिहास उठ्छ । रथ गुड्दा संस्कृति अघि बढ्छ । लाखे नाच्दा लोकजीवन बोल्छ । बाजा बज्दा पुस्तौँ पुरानो स्मृति जाग्छ । कुमारीको रथयात्रा अघि बढ्दा काठमाडौंको प्राचीन सांस्कृतिक आत्माले वर्तमान पुस्तासँग संवाद गर्छ । यही जीवन्तता इन्द्रजात्राको शक्ति हो । लेख विस्तृतरूपमा पढ्नका लागि link: https://samwadkhabar.com/news/14458

Address

Gaurighat, Kathmandu
Baudha

Alerts

Be the first to know and let us send you an email when Samwad Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samwad Khabar:

Shortcuts

Share