Janata liv

Janata liv सत्य, तथ्य र खोजमुलक समाचार

मंगलबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुरा हुनुको साथै सुख,शान्ति संबृद्धी प्राप्त हुनेमंगलबारको दिनमा यस्ता...
22/07/2025

मंगलबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुरा हुनुको साथै सुख,शान्ति संबृद्धी प्राप्त हुने

मंगलबारको दिनमा यस्ता क्रियाकलाप गरी शुभ बिहानीको सुरुवात गर्नाले मनोकाङ्छ्या प्राप्त हुनुको साथै शुख,शान्ति संबृद्धी पाईने …

मंगलबार आजका दिन दिनलाई सुख,शान्ति एव मनोकामना पुरा गर्न गणेश जीको पुजा आजा यसरी गर्नुहोस …

यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुनेकाम तल उल्लेख छ । सोमबार, बुधवार रशुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छभने आइतबार र बिहीबारलाई कडाबारकोश्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबारक्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।

मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमायसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँगसम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुनेरातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्ततथा मज्जा मंगलसँग सम्बन्धित छ ।

मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रहमानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगतसँग हुन्छ ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्नकाम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा

तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन्त मंगलबारको दिन गर्न नहुने कामहरुः

मंगलबारको दिन गर्न नहुने ५ काम

१– मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तैखराव मानिन्छ । यसले सन्तानमा नकारात्मकप्रभाव पर्ने हुन्छ ।
२– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दामानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
३– मंगलबारको दिन माछा खाँदा तपाइँलाईआर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासुपनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षयहुन्छ ।
४– मंगलबार झगडा गर्दा बेइज्जत हुने खतराहुन्छ ।
५– मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँकोक्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ।

१४ वर्ष पछि छोरीलाई आमाको काख: काभ्रेको धुलिखेलमा २०६८ सालमा ६ वर्षको उमेरमा अल पत्र अवस्थामा फेला परेकि नानिले १४ बर्स ...
22/07/2025

१४ वर्ष पछि छोरीलाई आमाको काख: काभ्रेको धुलिखेलमा २०६८ सालमा ६ वर्षको उमेरमा अल पत्र अवस्थामा फेला परेकि नानिले १४ बर्स पछि आफ्नी आमा भेटेकी छिन्। ❤️

Pic. Arjun Bhusal

'श्री बुढानिलकण्ठ भगवान' को आशिर्वादले हामीहरू सबैको दिन शुभ रहोस् ❤️ 🙏पौराणिक कथा का अनुसार ,प्रत्येक दिन बद्री र केदार...
21/07/2025

'श्री बुढानिलकण्ठ भगवान' को आशिर्वादले हामीहरू सबैको दिन शुभ रहोस् ❤️ 🙏

पौराणिक कथा का अनुसार ,प्रत्येक दिन बद्री र केदार नाथ को दर्शन नगरी अन्न ग्रहण नगर्ने धर्मात्मा राजा सुर्यकेतु शिवपुरी नगरमा राज्य गर्दथे। उनमा बिस्तारै प्रवेश गरेको बुढ्यौली पन र आफूले गर्ने आस्थाका कारण हरदिन को दर्शन सम्भव नभए पछि भगवान सँग आफ्नै नगरमा आएर आफूलाई दर्शन दिनुपर्ने माग गरेका रहेछन।आफ्नो अनन्य भक्त को वचन हार्न नसकेर, संकल्प सिद्ध विश्व कर्मा लाई बोलाई बद्री र केदार नाथ ले आफूहरुको संयुक्त रूप को निर्माण गर्न लगाई बलशाली भीमसेन द्वारा बोकिएर भक्तलाई दर्शन दिन आउनु भएको रहेछ तर अत्यन्तै कलात्मक, भब्य, सुन्दर र अलौकिक मूर्ति देखेपछि भगवानले आफूलाई छल गरेको हो कि भन्ने शंका ले वादविवाद गर्न लाग्दा रौद्र स्वरूप शंकर जी लाई क्रोध आई हाम्रो स्वरूप मा विश्वास लाग्दैन भने तिमी र तिम्रो परिवारले हाम्रो दर्शन नगर्नु भनी श्राप दिए पछि राज परिवारले उक्त मूर्ति को दर्शन नगर्ने चलन चलेको रहेछ।

पछी महा प्रलय पश्चात द्वापर युगको अन्त्य सँगै जमीनमुनि पुरिन गएको सो मन्दिर, जलमग्न भएको काठमाडौं उपत्यकाको पानी गोपाल वंशी श्री कृष्ण ले सुदर्शन चक्र द्वारा चोभारको डाँडो काटी निष्कासन गरे पछि धान चुट्ने खलो को रूपमा विकसित भएको रहेछ।अनि उक्त ठाउँमा जति धान चुटे पनि बाला नरित्तिने अनि धान डबल हुने जस्ता चमत्कार देखिए पछि, भगवान को प्रेरणाले नै जमीन मालिकलाई खनेर हेर्न मन् लागेछ र खन्दै जाँदा शयन अवस्थामा रहनु भएका भगवानको गोडामा चोट लाग्न गई रगत बग्न पनि थालेछ। तब यो के अनर्थ भयो ?भनी चिन्तित बनेका किसानलाई,बद्री र केदारनाथ को संयुक्त रूप हरीहरले आफूलाई बाहिर आउन मन् लागेकोले नै खन्ने प्रेरणा दिएको ले चिन्ता नगर्न र वृद्ध किसानको नामबाट नै आफूलाई विश्वमा प्रख्यात गराउन अनि आफ्नो पूजा विधिहरू समेत बताई सेवा गर्न अह्राउनु भएको रहेछ।

यसरी बुढानिलकण्ठ नाम भएका ती वृद्ध किसानले आफूले भगवानबाट पाएको संकेत अनुसार खनेर हेर्दा हालको विशाल शालिग्राम शिलास्थित शेष शैयामा शयन गरिरहेका, हातमा शंख,चक्र, गदा र भष्म को गोला लिएका मनमोहक मूर्ति श _शरिर प्रकट भए पश्चात भगवान कै आज्ञा अनुसार १६ वर्ष भन्दा मुनिका बटुक हरु द्वारा षोडसोपचारले पूजा अर्चना गरी सेवा गर्न थालिएको रहेछ।

तर राजपरिवारले दर्शन गर्न नहुने भनिए पनि राजा प्रताप मल्लले, दर्शनको अभिलाशाले पटक पटक जाँदा पनि नागहरुले बाटो छेकी मन्दिर प्रवेश गर्न नदिएकाले बालाजुको बाइसधारामा त्यस्तै मूर्तिको स्थापना गरेका थिए।यसरी राज्यको प्रमुख व्यक्ति बाटै पनि गर्न नहुने भनिएको काममा बेवास्ता गरेको देखेपछि, पृथ्वी मा कलियुगको प्रारम्भ सँगै मानिसहरूमा धर्म प्रति विश्वास कम हुने र कुकर्म तीर मन् जाने जस्ता प्रवृद्धिको चलखेल हुने देखेपछि भगवान हरिहर कलियुगका आस्थाहिन व्यक्ति हरुका लागि छायाँ दर्शनको चमत्कार छोडेर स्वधाम जानु भएको थियो।

आकाश तर्फ फर्केर शयन मुद्रामा रहेको उक्त मूर्तिको दर्शन पोखरीमा स्पष्ट हुनुले विज्ञानलाई नै चुनौती दिएको कुरा यस मन्दिर का मठाधिश निगमानन्द महाराज पनि बताउनु हुन्छ।

घामले डडेको दागलाई १ हप्तामा हटाउन उप्नाउनुहोस् यी सरल घरेलु उपायघाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उप...
21/07/2025

घामले डडेको दागलाई १ हप्तामा हटाउन उप्नाउनुहोस् यी सरल घरेलु उपाय
घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ :

(छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ।

– घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनुहोस् ।

– जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ ।

– घ्युकुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ । घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नुहोस् र छालामा लगाउनुहोस्।

– चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ ।

– काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस् । यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ।

– कालो चियामा पनि एन्टिअक्सिडियन्ट तत्व हुन्छ । घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस् ।

– पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो । तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ।

– कटनको कपडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस् ।

– उपचार गर्न भन्दा रोकथाम गर्नु उत्तम भने जस्तो घाममा जानुभन्दा अगाडि अनुहारमा लोसन लगाउनुहोस् ।

– चर्को घाममा जानुअघि घामबाट बच्ने ठूलो चस्मा लगाउनुहोस् ।

साप्ताहिक राशिफल : हेर्नुहोस् तपाइँको या साता कसरी वित्नेछ ?मेष– काममा ढिलासुस्ती आउनेछ । अचानक बाधा आउनाले सामाजिक प्रत...
21/07/2025

साप्ताहिक राशिफल : हेर्नुहोस् तपाइँको या साता कसरी वित्नेछ ?

मेष– काममा ढिलासुस्ती आउनेछ । अचानक बाधा आउनाले सामाजिक प्रतिष्ठा गिर्नेछ । साताको मध्यमा भने अधुरा काम बन्ने तथा वैदेशिक यात्राको अवसर मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ एवं कार्यको कदर हुनेछ ।व्यापारमा भने राम्रो कमाइने योग देखिन्छ ।

वृष– मित्रजन भेटघाट बन्नेछ । पारिवारिक सुखमा वृद्धि एवं व्यवसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवं काममा उल्झन आउनेछ । धोका हुनाले घाटा बेहोर्नुपर्नेछ । साताको अन्त्यमा भने धार्मिक यात्रा हुने, परोपकारमा मन जाने एवं भाग्यले साथ दिनाले काममा सफलता मिल्नेछ ।

मिथुन– जिम्मेवारी बढ्नेछ, काममा प्रगति मिल्नेछ, खेलकुदमा प्रगति एवं स्वास्थ्यमा सुधार हुनेछ । खुशियाली बढ्ने, साझेदारी व्यवसायमा नाफा मिल्नेछ । काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । साताको अन्त्यमा भने अवरोधको सिर्जना हुने, एवं अरुको अपजस आफूलाई लाग्नेछ ।

कर्कट–पढाइको सफलता पाइनेछ । सांगीतिक क्षेत्रमा प्रगति एवं सन्तानबाट सहयोग मिल्नेछ । ऋणको भार कम हुने एवं व्यवसायमा प्रगति देखिन्छ । साताको अन्त्यमा भने भेटघाटको योग बन्ने एवं पारिवारिक सहयोग मिल्नाले आँटेको काममा प्रगति हुनेछ , नयाँकाम को थालनी हुनाले काममा व्यस्तता बढ्नेछ ।

सिंह –ऋणको बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने व्यापारमा वृद्धि एवं सन्तानको प्रगति हुनेछ । मनोरन्जनमा खर्च बढ्नाले पैसाको अभाव रहनेछ । साताको अन्त्यमा भने साथीभाइ भेटघाट एवं पारिवारिक व्यस्तता बढ्नेछ । साथी भाइको सहयोग मिल्नाले तनाव कम हुनेछ ।

कन्या– यात्रा हुनेछ । आफन्तको सहयोग मिल्नाले घरायसी कामबाट फाइदा मिल्नेछ । प्रशन्नता बढ्नाले काममा प्रगति देखिन्छ । साताको मध्यमा भने पारिवारिक मनमुटाव एवं स्वास्थ्यमा समस्या हुनेछ । साताको अन्त्यमा भने सम्पति कारोबार बढ्ने, छोराछोरीको सहयोग मिल्ने एवम संगीतमा विशेष रुचि जानेछ ।

तुला– पदको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । यात्राको सुख मिल्ने एवम इष्टमित्रबाट सहयोग पाइनेछ । काममा व्यस्ता बढ्ने एवम जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने काममा वादविवाद बढ्ने एवम पारिबारिक शत्रुता हुन सक्नेछ ।

वृश्चिक– प्रतिष्ठा स्थापित हुनेछ । जिम्मेवारीमा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । किनमेलमा खर्च हुने एवम घुमफिरमा मन जानेछ । व्यवसायमा वृद्धि हुनाले धनको वृद्धि हुनेछ । साताको अन्त्यमा भने व्यावसायिक यात्रा एवम विदेशको काममा शुभखवर मिल्नेछ । बन्धु वान्धवको सहयोगले अधुरा काम पुरा हुनेछ ।
धनु– खर्च बढ्नेछ । अनावश्यक खर्च हुनाले यात्रामा सास्ती मिल्नेछ । साताको मध्यमा भने कारोवारमा सफलता एव‌ धनसम्पति प्राप्त हुनेछ । सवारी सुख एवं भोगविलासमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने, नयाकाममा सफलता एवम सामाजिक उन्नतीका साथै काममा मानसम्मान मिल्नेछ ।

मकर– प्रसस्त आम्दानी हुनेछ । व्यवसायमा फाइदा हुनाले ऋण कम हुनेछ । साताको मध्यमा भने सन्तानको तनाव हुने एवम झुटो आरोप लाग्नेछ । मनमा चिन्ता बढ्नाले फाइदा अरुलाइ हुनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने, व्यापारमा राहत मिल्ने एवम अरुको काममा बढी खर्च हुनेछ ।

कुम्भ– राजनीति क्षेत्रमा फाइदा मिल्नेछ । राजनीतिक साथ मिल्नाले पदप्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको श्रोत बढ्नाले तनाव कम हुनेछ । व्यापारमा फाइदा हुनाले धन सम्पति बढ्नेछ । जग्गा जमिन एवं कृषिबाट आम्दानी बढी हुनेछ । साताको अन्त्यम भने धनको नाश हुने, व्यर्थ खर्च गर्नुपर्ने, शारिरीक पीडा एवं यात्रामा व्यवधान हुनेछ ।

मीन– ठूलाबडाले साथ दिनेछन् । परोपकारमा रुचि जानेछ । सामाजिक एवं पारेपकार क्षेत्रमा संलग्ता बढ्नेछ । साताको मध्यमा भने कर्मको फल मिल्ने एवं प्रशंसा हुनेछ । जागिर एवं रोजगारीको अवसर मिल्नेछ । वैदशिके धनको सहयोगबाट आँटेको काम पुरा बढ्नेछ । आम्दानी बढ्नाले ऋणको वा्ेझ कम हुनेछ ।

यी हुन् धनलाभ हुने २१ वटा संकेतहरु : ॐ लेखी सेयर गर्नुहोस् ।हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ । ...
21/07/2025

यी हुन् धनलाभ हुने २१ वटा संकेतहरु : ॐ लेखी सेयर गर्नुहोस् ।

हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ । विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ ।

यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् ।

त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिन्छ ।
जुन यसप्रकार छन् :

१. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ ।

२. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।

३. विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

४. यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।

५. यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।

६. जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

७. यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।

८. विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।

९. यदीे सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ । यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ ।

१०. सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

आज साउनको पहिलो सोमबार: भगवान शिव को आशिर्वादले सबैको दिन सुखद रहोस्, सबै कल्याण होस् । 🙏 जय शम्भु !!!卐 || • ॐ नमः शिवाय...
21/07/2025

आज साउनको पहिलो सोमबार: भगवान शिव को आशिर्वादले सबैको दिन सुखद रहोस्, सबै कल्याण होस् । 🙏 जय शम्भु !!!
卐 || • ॐ नमः शिवाय • || 卐

आइतबार! यस्तो मन्त्र जप्नुहोस्हप्ताको पहिलो दिन आइतबार भगवान सूर्य देवताको दिन हो । ज्योतिष शास्त्रमा हरेक दिन कुनै न कु...
20/07/2025

आइतबार! यस्तो मन्त्र जप्नुहोस्

हप्ताको पहिलो दिन आइतबार भगवान सूर्य देवताको दिन हो । ज्योतिष शास्त्रमा हरेक दिन कुनै न कुनै ग्रहसँग जोडिएको हुन्छ । तै पनि आइतबार सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहेको हुन्छ ।

ज्योतिष विज्ञानका अनुसार हरेक ग्रहको मनपर्ने र नपर्ने कुरालाई ध्यानमा राखेर काम गर्न जरुरी हुन्छ । यसो गर्दा धेरै कुरामा फाइदा हुने धर्मशास्त्रमा उल्लखे गरिएको छ ।

आइतवारका दिन भगवान सूर्य तथा भैरव नाथको पूजाको विशेष दिन हो । त्यसैले ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिन जरुरी छ ।

सूर्य अर्घ्य मन्त्र–

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।
ॐ सूर्याय नम: , ॐ आदित्याय नम:, ॐ नमो भास्कराय नम:।
अर्घ्य समर्पयामि।।

सूर्य ध्यान मन्त्र–

ध्येय सदा सविष्तृ मंडल मध्यवर्ती।
नारायणस् सर सिंजासन सन्निस् विष्ठस्।।
केयूरवान्मकर कुण्डलवान किरीटी।
हारी हिरण्यमय वपुधृत शंख चक्र।।
जपाकुसुम संकाशं काश्यपेयं महाधुतिम।
तमोहरि सर्वपापध्‍नं प्रणतोऽस्मि दिवाकरम।।
सूर्यस्य पश्य श्रेमाणं योन तन्द्रयते।

यस दिन सूर्य मन्त्रको जपले विशेष फाइदा पुग्छ ।

आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक छ । यी कामबाट यश प्राप्त हुनका साथै सबै समस्या समाधान हुन्छन् ।

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा...
19/07/2025

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ। शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ।

शनिको प्रकोपबाट बच्नु छ, शनिबार नगर्नुस् यी कामशनिबार शनि देवको उपासना गर्ने दिनका रुपमा बुझिन्छ । यस दिन शनिदेवको आराधन...
19/07/2025

शनिको प्रकोपबाट बच्नु छ, शनिबार नगर्नुस् यी काम

शनिबार शनि देवको उपासना गर्ने दिनका रुपमा बुझिन्छ । यस दिन शनिदेवको आराधना गरे उनको कृपा प्राप्त भई नकारात्मक प्रभावबाट बच्न सकिने धार्मीक मान्यता छ ।

शनि देव कर्मको हिसाबले फल प्रदान गर्ने देवताका रुपमा चिनिन्छन् । नराम्रो काम गर्नेहरुसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने विश्वास गरिन्छ । तर केही उपाय गरेमा शनिका प्रकोपबाट बच्न सकिने धार्मीक मान्यता छ । यस अलावा शनिवार यस्ता केही छन् जो गर्न नहुने विश्वास छ । ती कामहरु गर्दा शनि ग्रह कमजोर हुन्छ भन्ने धार्मीक मान्यता छ ।

शनिबार के के नगर्ने त ?

१. फलामलाई शनिको धातु मानिन्छ । त्यसैले शनिबार घरमा फलाम ल्याउन नहुने धार्मीक विश्वास छ । तर यस दिन फलामबाट बनेका सामानहरु दान गर्नु अत्यन्त शुभ मानिन्छ ।

२. धार्मीक विश्वास अनुसार शनिबार मासको कालो दाल खरिद गर्नु हुदैँन । बरु शनिबार यो दालबाट बनेको खिचडी दान गरे शुभ हुने मान्यता र विश्वास छ ।

३. शनिबार घरमा सरस्युको तेल ल्याउन नहुने धार्मीक विश्वास छ । यस दिन यो तेल दान गर्दा भने हुने मान्यता छ । शनि देवलाई प्रशन्न बनाउन शनिदेवलाई यो तेलले अभिषेक गरे शनिको विशेष कृपा प्राप्त हुने धार्मीक विश्वास छ ।

४. धार्मीक मान्यता अनुसार शनिबार जुत्ता चप्पल पनि किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।

५. यस्तै शनिदेव न्यायका देवता भएकाले शनिवार उनको विशेष पूजा आरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्न नुहने धार्मीक विश्वास छ ।

शुक्रबार किन बसिन्छ सन्तोषी माताको व्रत ? (पूजा विधिसहित)धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको न...
18/07/2025

शुक्रबार किन बसिन्छ सन्तोषी माताको व्रत ? (पूजा विधिसहित)

धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् ।

आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको वर्त बस्ने गरिन्छ । सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा पुजिन्छ ।

धार्मिक मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् । सन्तोषी माताले हामीलाई सन्तोष दिएर हाम्रो जीवनमा खुसी प्रवाह गर्छिन् ।

माता सन्तोषीको व्रत तथा पूजा गर्नाले धन, सन्तान, विवाह आदि भौतिक सुख शान्ति मिल्ने विश्वास गरिन्छ । यो व्रत शुक्ल पक्षको प्रथम शुक्रबारबाट आरम्भ गरिन्छ ।

खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् । माताको ब्रत भौतिक सुख प्राप्तिको लागि बस्ने गरिन्छ । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सुख–सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बसेपछि सन्तोषीमाताको ब्रत पूरा हुन्छ । सन्तोषी मातालाई धनकी देवी लक्ष्मीको अवतारका रुपमा समेत लिइन्छ ।

पूजा विधिका लागि आवश्यक सामग्री

सन्तोषी माताको तस्वीर
कलश
पानको पात
फूल
प्रसादका रुपमा चना तथा गुड
आरतीका लागि कपूर
अगरबत्ती
दीपक
हल्दी
कुमकुम
कलश स्थापनाका लागि नरिवल
पहेलो अक्षता

यी सामग्रीहरु तयारी पारेपछि सूर्यदय हुनुपूर्व नै उठेर घरलाई सरसफाई गर्नुस् । नुवाई धुवाई गरेर पूजा प्रारम्भ गर्नुपर्छ ।

सवैभन्दा पहिले घरको पवित्र स्थानमा सन्तोषीमाताको तस्वीर, मूर्ति, प्रतिमा राख्नुस् । उक्त तस्वीर नजिकै एक सफा भाँडोमा पानी भरेर त्यसमा चना र गुड राख्नुपर्छ । प्रतिमाको नजिक कलस राखी गाईको घ्यूको दियो, अगरबत्ती बाल्नुहोस् । पूजा सामग्रीहरु फूल, पानको पात, पहेलो अक्षता, कुमकुम, नरिवललगायत प्रतिमाको वरिपरि राख्नुस् ।

त्यसपछि सन्तोषीमाताको कथा वाचन गर्नुस् । पूजा सम्पन्न गरिसकेपछि अन्य भक्तजनहरुलाई उक्त गुड र चना प्रसादका रुपमा बाड्नुस् ।

घरलाई पवित्र बनाउन उक्त भाँडोमा भएको पानी घरका कुना कुनामा छर्नुस् । हरेक शुक्रबार (१६ शुक्रबार) सम्म यही विधि अपनाउनुपर्छ ।

जुन दिन व्रतको समापन गरिन्छ त्यो दिन ८ जना बच्चालाई खीर र पुरीको भोजन गराउनुपर्छ । यसका साथै ती बालबालिकाहरुलाई दक्षिणका साथ केरालाई प्रसादका रुपमाा ग्रहण गराउनुपर्छ ।

सन्तोषी माताको व्रत बस्ने व्रतालुले अमिलो फलफू, सागसब्जी सेवन गर्नुहुँदैन ।

आजको राशिफलमेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरि समाजमा नाम तथा द...
18/07/2025

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरि समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । नया काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । बिहानको समय मध्ययम रहेकोले प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाइने छ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । भौतिक सम्पतिको प्रयोग गर्दा वा सवारि साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मीत वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय राम्रो रहेकोले राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । मध्यान्हबाट सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् । बिहानको समयमा लामो दुरिको यात्रा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले दिनभर परिश्रम गरेपनि न्यून कमाई हुने हुदा दैनिक गुजारा गर्न असजिलो महशुष हुनेछ । यात्रा गर्ने अवसर आएपनि गन्तब्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाफा कमाउन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुनालेएक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनालेबोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । बिहानको समयमा माया प्रेममा अबिश्वास बढ्ने तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहनेछ । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच बिश्वासको वाताबरण बढेर जानेछ । नया कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुने हुदा पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । सरकारि सम्पति तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समय राम्रो रहेकोले अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । मध्यान्हबाट मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ ।

Address

Baudha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Janata liv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share