Digital Khabar

Digital Khabar Nepal's No. 1 Digital News Portal, Business News, Corporate News, Political News, Tourism News, Spor

Officia FB Page of DIGITAL KHABAR �

Hit Like and Stay Connected :)

क्यामेरा पछाडिको हिरो: क्यानले लगातार दोस्रो पटक "ICC Digital Fan Engagement of the Year" अवार्ड जित्यो, जुन नेपाली क्रि...
21/07/2025

क्यामेरा पछाडिको हिरो: क्यानले लगातार दोस्रो पटक "ICC Digital Fan Engagement of the Year" अवार्ड जित्यो, जुन नेपाली क्रिकेटप्रेमीहरुका लागि एकदमै गौरवको कुरा हो। यो अवार्ड जित्न नेपाली क्रीकेट समर्थक र केही व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको छ भने यो बेला छुटाउनै नहुने नाम हो CAN का Official Photographer साजन लामिछाने जसले नेपाली क्रीकेट र फ्यानहरुको हरेक Moment र क्रीकेट मोहलाई कलात्मक ढंगले आफ्नो लेन्सद्वारा विश्वसामु देखाईरहेका छन् ! ❤️🇳🇵

साउनको पहिलो सोमबार, पशुपतिमा दर्शन गर्ने हरुको भिड! ❤️🙏    Pics.
21/07/2025

साउनको पहिलो सोमबार, पशुपतिमा दर्शन गर्ने हरुको भिड! ❤️🙏



Pics.

नेपालबाट वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै १२ प्रतिशतले बढेको छ । वैदेशिक रो...
21/07/2025

नेपालबाट वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै १२ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या ७ लाख ४१ हजार २९७ रहेको थियो । विभागको तथ्यांक हेर्दा अघिल्लो आवको तुलनामा गत आवमा रोजगारीका लागि विदेशीनेको संख्या ११.६७ प्रतिशतले बढेको हो ।

०४ साउन, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै १२ प्...

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भ...
21/07/2025

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

०५ साउन, काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर.....

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंका विभिन्न खानेपानी पाइपलाइनमा भइरहेको कामको अनुगमन गरेका छन् ।उपत्यकावासीका लागि ...
21/07/2025

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंका विभिन्न खानेपानी पाइपलाइनमा भइरहेको कामको अनुगमन गरेका छन् ।

उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई प्रभावकारी बनाउने भनेर उनी अनुगमनमा निस्किएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको छ । ती स्थलहरूमा छड्के अनुगमन गर्दै उनले कामको अवस्थाबारे बुझेका हुन् ।

०५ साउन, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंका विभिन्न खानेपानी पाइपलाइनमा भइरहेको कामको अनुगमन ...

21/07/2025

अमेरिकी ई-कमर्स र प्रविधि कम्पनी अमेजनले आफ्नो क्लाउड कम्प्युटिङ डिभिजनमा सयौं कामदारहरूलाई कामबाट निकालेको छ। यद्यपि, अमेजन वेब सर्भिसेज (एडब्लुएस) मा कति कामदारहरू कटौती गरिएका छन् भन्ने ठ्याक्कै थाहा छैन।

यसअघि पनि अमेजनबाट ठूलो संख्यामा कामदारहरूलाई हटाइएको थियो।

https://www.digitalkhabar.com/2025/07/20/27620/

नेपाल प्रहरीमा लामो समयदेखि काजमा बसेका प्रहरीलाई दरबन्दीमा पठाउन थालेपछि गृह मन्त्रालय र गृहमन्त्री रमेश लेखकको नाममा द...
21/07/2025

नेपाल प्रहरीमा लामो समयदेखि काजमा बसेका प्रहरीलाई दरबन्दीमा पठाउन थालेपछि गृह मन्त्रालय र गृहमन्त्री रमेश लेखकको नाममा दबाब दिन थालिएको छ। विभिन्न कार्यालय र स्थानमा काजमा रहेका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले दरबन्दीमा पठाउन थालेपछि त्यसलाई रोक्न शक्ति केन्द्रबाट भनसुन गराउन थालिएको हो।

०४ साउन, काठमाडौँ । नेपाल प्रहरीमा लामो समयदेखि काजमा बसेका प्रहरीलाई दरबन्दीमा पठाउन थालेपछि गृह मन्त्रालय र गृ...

आज यो वर्षको पहिले साउने सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ ।साउनको सोमबा...
21/07/2025

आज यो वर्षको पहिले साउने सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायत कार्य गर्छन् ।

०५ साउन, काठमाडौं । आज यो वर्षको पहिले साउने सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैद.....

२०८२ साउन ५ गते साेमवार, २१ जुलाई २०२५। श्रावण कृष्णपक्ष एकादशी तिथि, ८ः२१ बजेपछि द्वादशी। राेहिणी नक्षत्र। चन्द्रराशि व...
21/07/2025

२०८२ साउन ५ गते साेमवार, २१ जुलाई २०२५। श्रावण कृष्णपक्ष एकादशी तिथि, ८ः२१ बजेपछि द्वादशी। राेहिणी नक्षत्र। चन्द्रराशि वृष।

२०८२ साउन ५ गते साेमवार, २१ जुलाई २०२५। श्रावण कृष्णपक्ष एकादशी तिथि, ८ः२१ बजेपछि द्वादशी। राेहिणी नक्षत्र। चन्द.....

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अ...
21/07/2025

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको जनाएको छ ।

राष्ट्र बैंक गर्भनर प्रा. डा. विश्वनाथ पौडेलले प्रस्तुत गरेको मौद्रिक नीतिद्वारा लक्षित लगानी बढाउन र वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनका लागि भने थप सुधार आवश्यक रहेको महासंघको भनाइ छ ।

०४ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्ष २०८२/८३ का लागि सार्.....

नेपाल राष्ट्र बैंकले आइतबार नयाँ आर्थिक वर्ष सुरु भएपछिको पहिलो निक्षेप संकलन उपकरण जारी गरेको छ ।केन्द्रीय बैंकले मौद्र...
20/07/2025

नेपाल राष्ट्र बैंकले आइतबार नयाँ आर्थिक वर्ष सुरु भएपछिको पहिलो निक्षेप संकलन उपकरण जारी गरेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत स्थायी निक्षेपको ब्याजदर घटाएपछि तरलता खिच्न प्रयोग भएको यो पहिलो निक्षेप संकलन हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षदेखि ब्याजदर करिडोरको माथिल्लो सीमा ६ प्रतिशत कायम गरेको छ । त्यसैगरी तल्लो सीमा २.७५ कायम गरेको छ भने नीतिगत दर ५ प्रतिशतमा झारेको छ ।

०४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार नयाँ आर्थिक वर्ष सुरु भएपछिको पहिलो निक्षेप संकलन उपकरण जारी गरे.....

२०८२ साउन ४ गते आइतवार, २० जुलाई २०२५। श्रावण कृष्णपक्ष दशमी तिथि, १०ः४५ बजेपछि एकादशी। कृत्तिका नक्षत्र। चन्द्रराशि मेष...
20/07/2025

२०८२ साउन ४ गते आइतवार, २० जुलाई २०२५। श्रावण कृष्णपक्ष दशमी तिथि, १०ः४५ बजेपछि एकादशी। कृत्तिका नक्षत्र। चन्द्रराशि मेष, प्रातः ५ः४० बजेदेखि वृष।

२०८२ साउन ४ गते आइतवार, २० जुलाई २०२५। श्रावण कृष्णपक्ष दशमी तिथि, १०ः४५ बजेपछि एकादशी। कृत्तिका नक्षत्र। चन्द्र.....

Address

Baudha

Alerts

Be the first to know and let us send you an email when Digital Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Khabar:

Share

Our Story

DIGITAL KHABAR Official page. Hit LIKE & Stay Connected :)