Janata Post

Janata Post “Your purpose in life is to find your purpose and give your whole heart and soul to it.” – Buddha
(5)

ताप्लेजुङको प्रसिद्ध पाथीभरा माताले सबैको कल्याण गरुन् !! ❤️🙏
18/07/2025

ताप्लेजुङको प्रसिद्ध पाथीभरा माताले सबैको कल्याण गरुन् !! ❤️🙏

श्री रामेश्वर शिवलिङ दर्शन गर्नुहोस् 🌿
17/07/2025

श्री रामेश्वर शिवलिङ दर्शन गर्नुहोस् 🌿

17/07/2025

श्री पाथिभरा माताले हामी सबैको रक्षा गर्नुहोस् जय श्री पाथिभरा माता ।।🕉️😍

माता लक्ष्मी र सरस्वतीका साथमा भगवान श्री विष्णु । 🌿
17/07/2025

माता लक्ष्मी र सरस्वतीका साथमा भगवान श्री विष्णु । 🌿

ऋद्धि सिद्धि- गणेश at Bariyarpur, Bara. 🙏🕉️Pic. Prahalad Chaurasia
17/07/2025

ऋद्धि सिद्धि- गणेश at Bariyarpur, Bara. 🙏🕉️

Pic. Prahalad Chaurasia

17/07/2025

आज बाट नयाँ आर्थिक वर्ष शुरू! शिवजीको कृपाले सबैको व्यापार व्यवसाय राम्रो होस्! 🙏

च्योद् བཅོད། को अर्थ र तिनीहरूको बौद्ध धर्ममा महत्व छोट्कारीमा :१. च्योद् བཅོད། Chöd)🌸 अर्थ:तिब्बती “བཅོད།” (Chöd) भनेको...
17/07/2025

च्योद् བཅོད། को अर्थ र तिनीहरूको बौद्ध धर्ममा महत्व छोट्कारीमा :

१. च्योद् བཅོད། Chöd)

🌸 अर्थ:

तिब्बती “བཅོད།” (Chöd) भनेको संस्कृतको “धर्म” शब्दको तिब्बती अनुवाद हो। यसले बुद्धको शिक्षाहरू, बौद्ध दर्शन, सत्य, र तत्व सबैलाई जनाउँछ।

🌼 मुख्य सन्दर्भहरू:
1. बुद्धको उपदेश (Dharma):
च्योद् भनेको बुद्धले ज्ञान प्राप्त गरेपछि संसारलाई दिएको उपदेश हो। यो नै मध्य मार्ग (The Middle Path), चार आर्य सत्य (Four Noble Truths), र अष्टाङ्गिक मार्ग (Eightfold Path) समेटिन्छ।
2. धार्मिक अभ्यास (Religious Teachings):
च्योद् भन्नाले सामान्यतया अध्ययन गरिने शास्त्रहरू (जस्तो कि प्रज्ञापारमिता, मध्यमिक, अभिधर्म) समेत जनाउँछ।
3. तत्व/प्रकृति (Ultimate Reality):
बौद्ध दर्शनमा “च्योद्” ले यथार्थको अन्तिम स्वरूप — जसलाई “धर्मता” (Dharmata) वा ultimate truth भनिन्छ — पनि जनाउँछ।

🌻 उदाहरणहरू:
• ཆོས་ཀྱི་རིག་པ། (Chö kyi rigpa): धर्मको ज्ञान
• ཆོས་གསུམ། (Chö Sum): त्रिरत्न (बुद्ध, धर्म, संघ)
• ཆོས་ལ་བསྟེན་པ། (Chö la ten pa): धर्मको शरण लिने

२. च्योद् (བཅོད།, Chöd)

🌸 अर्थ:

तिब्बती “བཅོད།” (Chöd) को शाब्दिक अर्थ “काट्नु”, “त्याग गर्नु”, वा “अहंकार नष्ट गर्नु” हो।
धार्मिक सन्दर्भमा यो एक गहिरो ध्यान साधना (ta***ic practice) हो, जुन आत्म-त्याग र डरमाथि विजयको अभ्यासको रूपमा गरिन्छ।

🌼 मूल उत्पत्ति:
• यो अभ्यास ११औं शताब्दीकी तिब्बती योगिनी माचिग लाब्द्रोन (Machig Labdrön) ले विकास गरेकी थिइन्।
• उनले तान्त्र र बौद्ध परम्परालाई मिलाएर “Chöd” साधना सुरू वा विस्तार गरेकी हुन्।

🌺 साधनाको विशेषता:
1. अहंकार काट्ने:
यो अभ्यासमा आफ्नो शरीरलाई मानसिक रूपमा “दक्षिणी बलि” (self-sacrifice) रूपमा कल्पना गरिन्छ र सबै प्राणीहरूको कल्याणको निम्ति अर्पण गरिन्छ।
2. डरलाई जित्ने अभ्यास:
च्योद् ध्यान एक्लै सुनसान ठाउँ (श्मशान, पहाड, जङ्गल) मा गरिन्छ, जहाँ भय उत्पन्न हुन्छ। त्यही भयमाथि ध्यान गरेर “म बाधा होइन, म धर्म हुँ” भन्ने ज्ञान प्राप्त गरिन्छ।
3. तान्त्रिक अभ्यास:
यसमा विशिष्ट ढोल (damaru) र ट्रम्पेट (kangling – मानव हड्डीबाट बनेको) प्रयोग हुन्छ।

🌻 च्योद् मन्त्रहरू:
• धेरै मन्त्रहरूमा “བཅོད་པ།” (chöd pa) भन्ने शब्द आउँछ, जसको अर्थ “त्याग गर्ने व्यक्ति” हुन्छ।

🔔 निष्कर्ष:
• “च्योद्” बौद्ध धर्मको मूल — बुद्धको शिक्षाहरू, यथार्थ र सत्य — हो।
• “च्योद्” त यो शिक्षाको गहिरो अभ्यास — आफ्नो “म” भन्ने भावलाई काटेर सम्पूर्ण प्राणीहरूको हितमा समर्पण — हो।

आज बिहीबार !! बुढानिलकण्ठ भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
17/07/2025

आज बिहीबार !! बुढानिलकण्ठ भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

मंगलबार गणेशको पूजा कसरी गर्ने ?मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल...
17/07/2025

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।

मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ। मङ्गलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ। मंगलबार मासु सेवन गर्नु हुँदैन। मङ्गलबारको दिन मदिरा सेवन गर्दा तपाईंको क्रोधमा वृद्धि हुन्छ। गणेशजीलाई सबैभन्दा बढी मन पर्ने भोजन लड्डु हो। यसबारे पद्मपुराणमा एउटा कथा छ:-

पूर्वकालमा पार्वतीदेवीलाई देवताहरूले अमृतले तयार पारिएको एउटा दिव्य लड्डु दिए। लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले। तब माताले लड्डुको महत्वको वर्णन गरेर भनिन् कि तिमीहरु मध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु।

माताको यस्तो कुरा सुनेर कुमारले मयुरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आए। यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ भए। तब गणेशजीले श्रद्धापूर्वक मातापितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिए।

यो देखेर माता पार्वतीले भनिन्, ‘सबै तीर्थमा गरेको स्नान, सबै देवतालाई गरेको नमस्कार, सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत, मन्त्र, योग र संयमको पालन यी सबै साधनाहरू मातापिताको पूजाको अंशको बराबर पनि हुन सक्दैन।’

त्यसकारण गणेशजी सयौँ पुत्रहरू र सयौँ गणहरूभन्दा पनि धेरै छन्। त्यसैले उनलाई गणनायक पनि भनिन्छ। पार्वतीले सो लड्डु गणेशलाई अर्पण गरिन्। त्यसकारण यो लड्डुसँग मातापिताको भक्ति पनि जोडिएको छ। हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उहाँले गर्नुभएको मातापिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ। उनको साथमा रहने लड्डु यसैको प्रतीक हो।

‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ। तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक मानिन्छन्। भगवान गणेशको अर्को नाम ‘विघ्नेश्वर’ पनि हो। उनी सबै बिघ्नबाधाहरुको निवारक पनि हुन्। उनले सबै कार्यहरू निर्विघ्न गराउँछन्। भगवान गणेशको अर्को नाम ‘विनायक’ पनि हो विनायकको अर्थ अरु कोही नायक छैन, उ नै सर्वश्रेष्ठ नायक हो भन्ने बुझिन्छ।

भगवान गणेश सबै शक्तिका श्रोत पनि मानिन्छन्। हुन त हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुनुहुन्छ। गणेशजी हाम्रो सोच , चिन्तन, धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उनी गुणहरूको खानी छन्। उनमा सबै गुण र शक्तिहरू शोभायमान छ। उनी देवताहरूमध्ये गुणको देवता मानिन्छन्।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र

यी ११ मन्त्रहरू जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ। १. श्री गणेशाय नमः २. ॐ श्री गणेशाय नमः ३. गं गणपतये नमः ४. ॐ गं गणपतये नमः ५. ॐ गं ॐ गणाधिपतये नमः ६. ॐ सिद्धि विनायकाय नमः ७. ॐ गजाननाय नमः ८. ॐ एकदंताय नमो नमः ९. ॐ लम्बोदराय नमः १०. ॐ वक्रतुंडाय नमो नमः ११. ॐ गणाध्यक्षाय नमः

साउन महिनामा शिवको पूजा गर्दा ध्यान दिनुस् यी कुराहरुमासाउनको महिना शुरु भएको छ । यस महिनामा भक्तजनहरु भगवान शिवको पूजा ...
17/07/2025

साउन महिनामा शिवको पूजा गर्दा ध्यान दिनुस् यी कुराहरुमा

साउनको महिना शुरु भएको छ । यस महिनामा भक्तजनहरु भगवान शिवको पूजा गर्दछन् । यस महिनाका क्रममा भोलेनाथको पूजाको विशेष महत्व हुन्छ । यस्तोमा हामीले तपाईंलाई पूजाको क्रममा कस्तो कुराहरुलाई ध्यान दिनुपर्छ भनेर सल्लाह दिनेछौं ।

बेसार नचढाउने
धार्मिक कार्यमा बेसारको महत्वपूर्ण स्थान हुन्छ तर शिव जीको पूजामा बेसार चढाउनु हुँदैन । शास्त्रहरुका अनुसार शिवलिंग पुरुषत्वको प्रतिक हो र बेसारलाई सौन्दर्य प्रसाधनमा उपयोग गरिन्छ । यही कारणले शिवलिंगमा यसलाई चढाउनु हुँदैन ।

नरिवलको पानी

भगवान शिवलाई अभिषेक गर्नका लागि नरिवलको पानीको प्रयोग पनि गर्नु हुँदैन । नरिवललाई लक्ष्मीको स्वरुप मानिन्छ, जसलाई शुभकार्यमा प्रसादको रुपमा दिइन्छ । त्यसैले यसलाई शिवमा अर्पित गरेपछि पिउनका लागि योग्य रहँदैन ।

शंख

शास्त्रमा लेखिएअनुसार, शिवले शंखचूर नामक असुरको वध गरेका थिए, त्यसैले भगवान शिवको पूजामा शंखलाई निषेध गरिएको छ । तर भगवान विष्णुलाई भने शंख एकदमै मन पर्छ ।

चढाउने चिज

शिवको पूजामा जल, दुध, दही, घी, चिनी, अत्तर, चन्दन, केसर र भांग चढाउनु पर्दछ । यस्तो चिजहरुले शिवलिंगको स्नान गराउँदा सबै मनोकामनाहरु पूरा हुने मान्यता रहिआएको छ ।

फूल
भनिन्छ शिवलाई शमीको फूल र बेलको फूल एकदमै मन पर्छ । यस्तोमा शिवलिंगको पूजा गर्नका लागि यस्ता फूल चढाउन सकिन्छ । यस्तो गर्नाले शिव प्रसन्न हुन्छन्

–एजेन्सी

भगवान गणेश जिको आशीर्वादले तपाईंको दिन शुभ रहोस् 🙏भगवान गणेशका यी ११ मन्त्रहरु जप्दा गणेश भगवान चाँडै प्रसन्नहुने र कृपा...
17/07/2025

भगवान गणेश जिको आशीर्वादले तपाईंको दिन शुभ रहोस् 🙏

भगवान गणेशका यी ११ मन्त्रहरु जप्दा गणेश भगवान चाँडै प्रसन्न
हुने र कृपाले जीवनमा सफलता मिल्ने जनविश्वास छ ।

१. श्री गणेशाय नमः
२. ॐ श्री गणेशाय नमः
३. गं गणपतये नमः
४. ॐ गं गणपतये नमः
५. ॐ गं ॐ गणाधिपतये नमः
६. ॐ सिद्धि विनायकाय नमः
७. ॐ गजाननाय नमः
८. ॐ एकदंताय नमो नमः
९. ॐ लंबोदराय नमः
१०. ॐ वक्रतुंडाय नमो नमः
११. ॐ गणाध्यक्षाय नमः

सरकारले अबदेखि हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।
17/07/2025

सरकारले अबदेखि हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।

Address

Baudha

Alerts

Be the first to know and let us send you an email when Janata Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janata Post:

Share