Nawalpur Khabar - नवलपुर खबर

Nawalpur Khabar -  नवलपुर खबर सुन्दर र रमणीय ठाउँ

30/08/2026

श ब खोज्दै नवलपुर आएका आफन्तको लागि नवलपुर का होटल ब्यबशायि द्वारा निशुल्क बास र खाना को ब्यबस्था ।

पत्रकार सन्तोष देउजा भन्छन् - हामीले हिजो भरतपुरलाई मेडिकल सिटी भन्यौँ। अस्पतालहरूको शहर भएकाले भन्यौँ।डाक्टर उत्पादन गर...
30/08/2026

पत्रकार सन्तोष देउजा भन्छन् - हामीले हिजो भरतपुरलाई मेडिकल सिटी भन्यौँ। अस्पतालहरूको शहर भएकाले भन्यौँ।
डाक्टर उत्पादन गर्ने मेडिकल कलेजहरू भएकाले त्यसो भन्यौँ।
यो सत्य हो।

तर हामीसँग ३० वटा भन्दा बढी श`व राख्न सक्ने क्षमता छैन भन्ने अहिले आएर बुझ्यौँ। यो दुर्भाग्य हो।
भरतपुर अस्पताल र अस्थायी श'व व्यवस्थापन केन्द्रका अगाडि १० मिनेट उभिन सक्ने अवस्था थिएन।
सिङ्गो भरतपुर नै दुर्गन्धले भयावह स्थितिमा पुग्दै थियो।

शव नष्ट गरिने भए देवघाटमा रहेको शवदाह गृहमा सामूहिक दाहसंस्कार गर्न सकिन्थ्यो।
यतिबेला श'वको सुरक्षा र व्यवस्थापन महत्वपूर्ण रह्यो।
र सुझबुझपूर्ण तरिकाले श'वलाई जमिनमुनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार विधिपूर्वक (डीएनए प्रमाणित हुँदा निकाल्न मिल्ने गरी) शवको व्यवस्थापन गरिएको छ।
श'व राखिएको ठाउँमा प्रहरीले शिल गरेर सुरक्षा दिईएको छ।

“लास गाड्न हतार किन?”
भन्ने भावनाका कुरा गरेर हुँदैन रहेछ।
कतिपयले हिन्दु परम्परा अनुसार लास गाड्ने होईन, जलाउनुपर्छ भनेको पनि सुनियो।
जलाएपछि त सकिहाल्यो नि।
कम्तिमा अहिले राखिएको श'व परिवारले चाहादा निकालेर अन्तेष्टी गर्न सकिन्छ।
यो रहर होइन, हाम्रो औकात हो। बाध्यता हो।

हिमेश पन्त भन्छन् - क्षेत्रको सांसदले राहतबारे प्रश्न उठाउँदा वडा अध्यक्ष बिच्किनुपर्ने कारण के हो ?? जनताको घरमा विपत्त...
30/08/2026

हिमेश पन्त भन्छन् - क्षेत्रको सांसदले राहतबारे प्रश्न उठाउँदा वडा अध्यक्ष बिच्किनुपर्ने कारण के हो ??

जनताको घरमा विपत्ति परेको बेला “राहत किन पुगेन?” भनेर प्रश्न गर्नु सांसदको अपराध होइन, जनताको प्रतिनिधिको जिम्मेवारी हो। प्रश्न उठाउँदैमा वडा अध्यक्षमाथि दोष प्रमाणित भएको हुँदैन। तर प्रश्न सुन्नै नसक्ने, उल्टै आक्रोशित हुने र विषयलाई व्यक्तिगत प्रतिष्ठाको लडाइँ बनाउने प्रवृत्तिले चाहिँ गम्भीर प्रश्न खडा गर्छ।

यदि वडा अध्यक्षले साँच्चिकै राहत वितरणमा कुनै कमजोरी गरेका छैनन् भने रिसाउनुपर्ने होइन, तथ्य देखाउनुपर्ने हो।

“यति राहत आयो, यति परिवार पीडित छन्, यी–यी परिवारलाई यति वितरण गरियो, बाँकीलाई यति दिन बाँकी छ” हिसाब सार्वजनिक गरिदिए भइहाल्यो।

जनप्रतिनिधिको परीक्षा प्रश्न नसोधिँदा होइन, प्रश्न सोधिँदा कसरी जवाफ दिन्छ भन्नेमा हुन्छ।

यध्धपी! यो विषम परिस्थितिमा झैझडा र भनाभन गरेर पिडितको घाउँमा झनै नुन छर्किने काम भयो…..

चितवन मा जस्तै नवलपुर मा पनि पहिचान नभएका श ब को गाडेर ब्यबस्थापन गर्न सुरु गरिएको छ । अहिले सम्म ७ वटा स ब को ब्यबस्थाप...
30/08/2026

चितवन मा जस्तै नवलपुर मा पनि पहिचान नभएका श ब को गाडेर ब्यबस्थापन गर्न सुरु गरिएको छ । अहिले सम्म ७ वटा स ब को ब्यबस्थापन गरिएको छ ।

30/08/2026

जमिनमुनि गाड्दा श ब सुरक्षित हुन्छ । यसरि गाडिदैछ नवलपुरमा भेटिएको श ब

30/08/2026

नवलपुर डण्डामा बस दुर्घटना । 32 जना घाइते । Nawalpur Khabar

कृष्णभीरमा सडक भासियाे, काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध
30/08/2026

कृष्णभीरमा सडक भासियाे, काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध

30/08/2026

नवलपुरमा पनि नारायणीबाट संकलित पहिचान नखुलेका श व गाडेर व्यवस्थापन गरिँदै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको श,व पहिचान 😢😢
30/08/2026

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको श,व पहिचान 😢😢

रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द गरिएका छन्। बाढी र पहि...
30/08/2026

रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द गरिएका छन्। बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी साधन आवतजावतमा रोक लगाएको हो। प्रहरीका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौँतर्फ जाने र आउने सबै किसिमका सवारी साधनको आवागमन पूर्ण रूपमा ठप्प पारिएको छ।

नदीमा पानीको बहाव बढ्ने र पहिरोको जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले जोखिमयुक्त क्षेत्रमा नबस्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न र यात्रा स्थगित गरी आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन सर्वसाधारणमा अपिल गरेको छ।

Address

Belani

Website

Alerts

Be the first to know and let us send you an email when Nawalpur Khabar - नवलपुर खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share