पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत

  • Home
  • Nepal
  • Beni
  • पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत

पात्लेखेत युथ क्लब-बेनी  नगरपालिका १०,पात्लेखेत "समाज सुधार!संस्कृति संरक्षण!क्रमिक विकास!हाम्रो प्रतिबद्धता"🇳🇵

अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश आदरणीय  सुशीला कार्कीज्यूलाई हार्दिक ...
13/09/2025

अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश आदरणीय सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं
भ्रष्टाचारको अन्त्य, सुशासन कायम,र युवा पुस्ताको सहभागीता जस्तो महत्त्वपूर्ण मागहरुको भावना र मर्म अनुरुप कार्य गर्न सफलता मिलसो भन्ने कामना गर्दछौं।

10/09/2025

नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ ।

आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जानकारी गराइएको छ ।

आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ ।

व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको सेनाले जनाएको छ ।

अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासहरुमा सहकार्यका लागि सबैलाई नेपाली सेनाले आह्वानसमेत गरेको छ ।

आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोट, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने नेपाली सेनाले चेतावनी दिएको छ ।

09/09/2025

मिति २०८२/भदौ २३ गते नेपाल सरकारको भ्रष्टाचार व्यथिति र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध विरुद्धको देश भरि जारी(GenZ) आन्दोलनको क्रममा राज्यद्वारा विद्यार्थी तथा युवाहरूमा गरिएको दमन निरङ्कुश निहत्याको घटना प्रति पात्लेखेत युथ क्लब परिवार स्तब्ध भएको छ।लोकतन्त्रमा सार्वभौम जनताले आफ्नो अधिकार प्राप्तका लागि सडकमा उत्रिनु र आन्दोलनमा सहभागी हुनु स्वाभाविक हो।तर शान्ति सुरक्षाको बहानामा निर्मम विद्यार्थीहरू माथि गरिएको अमानवीय हर्कतको सत्य तथ्य छानबिन गरी घटनामा संलग्न जोसुकैलाई पनि कडा भन्दा कडा कारबाही गरियोस्।
हिजोको घटना परि निधन भएका युवा विद्यार्थी एवं मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

बेनी नगरपालिका १०को अत्यन्त जरुरी सुचना। पात्लेखेत युथ क्लब-बेनी  नगरपालिका १०,पात्लेखेत
01/09/2025

बेनी नगरपालिका १०को अत्यन्त जरुरी सुचना।
पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत

30/08/2025

बेनी नगरपालिका १०,मा अवस्थित पात्लेखेत स्वास्थ्य चौकीमा यही भाद्र १५ गते नियमित रूपमा गरिने सुगर प्रेसरको जाँच हुने भएकोले जोखिम समुह एक पटक सुगर जाँच गरेको ३ महिना पुगेका,शंका लागेको तथा नियमित रूपमा औषधि सेवन गर्नुहुने सम्पुर्णमा ठीक ११ बजे स्वास्थ्य चौकीमा उपस्थित हुन अनुरोध गरिन्छ ।
सूचना श्रोत:पात्लेखेत स्वास्थ्य चौकी
पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत

बेनी नगरपालिका १० न.वडा कार्यालयको २ अत्यन्त जरुरी सूचना। पात्लेखेत युथ क्लब-बेनी  नगरपालिका १०,पात्लेखेत
28/08/2025

बेनी नगरपालिका १० न.वडा कार्यालयको २ अत्यन्त जरुरी सूचना।
पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत

गणेश चतुर्थीको मङ्गलमय शुभकामना🙏🌺
27/08/2025

गणेश चतुर्थीको मङ्गलमय शुभकामना🙏🌺

तिजको शुभकामना।💚
26/08/2025

तिजको शुभकामना।💚

परम्परागत रुपमा हरेक बर्ष भदौ महिनाको पहिलो मंगलबार मनाउँदै आइरहेको मौलिक पर्व "हरेलोको" सम्पुर्णमा हार्दिक शुभकामना व्य...
19/08/2025

परम्परागत रुपमा हरेक बर्ष भदौ महिनाको पहिलो मंगलबार मनाउँदै आइरहेको मौलिक पर्व "हरेलोको" सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।🌻❤️
हरेलो पुजा भन्नाले प्रकृति अर्थात् जमिनको पूजा भन्ने गरिन्छ। बर्खामा धान र कोदो रोपाइँ सकेपछि हरेलो पूजा गर्ने हुँदा हरेलो गरेपछि खेत जोतेको र रोपाइँ गरेको देख्नु हुँदैन भन्ने मान्यता पनि छ।हरेलोको दिन खेतमा धूपसहित पूजा गरेर मास,चामल,गहुँ,फापर,तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ।हरेलो पुजा गर्नाले खेती सप्रने चरा,मुसा किरा र अन्य हानी नहुने बिश्वास छ।
पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत

हरेलो मेलामा वाखेत जाँउ।।बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रममा रमाउँ।।परम्परागत रुपमा मनाउदै आईरहेको वाखेत हरेलो मेला य...
17/08/2025

हरेलो मेलामा वाखेत जाँउ।।
बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रममा रमाउँ।।

परम्परागत रुपमा मनाउदै आईरहेको वाखेत हरेलो मेला यस बर्ष पनि बिबिध सास्कृतिक तथा खेलकुद कार्यक्रमका साथ यही भदौ ३ गते बाट सञ्चालन हुन गइरहेको हुँदा सम्पूर्ण खेलाडी,कलाकार,अथिती एवं मेला प्रेमी दर्शक महानुभावहरूमा उपस्थितिका निम्ति हार्दिक अनुरोध गर्दछौं।💐♥️

मुल-आयोजक: घारसुन्ना लालीगुराँस युवा क्लब
सह-आयोजक:(भुमेथान आमासमुह,पुर्ख्यौली समुह,बराह पंगेनी सा.ब.उ.समिति)
बेनी नगरपालिका-१० वाखेत,म्याग्दी

श्री कृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना।🙏🌺हरे कृष्ण💚पात्लेखेत युथ क्लब-बेनी  नगरपालिका १०,पात्लेखेत
16/08/2025

श्री कृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना।🙏🌺
हरे कृष्ण💚
पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत

12/08/2025

अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना💐🙏
पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत

Address

Patlekhet, Myagdi
Beni

Telephone

+9779805149333

Website

Alerts

Be the first to know and let us send you an email when पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share