MyagdiNews.com

MyagdiNews.com Online News Portal from Myagdi,Nepal. Like us to see latest news update of local ,national and other news.

महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिमबेनी ,असार १२ गते ।राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत ...
26/06/2025

महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम

बेनी ,असार १२ गते ।राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिकामा महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा बुधवारदेखि मुनामा तालिम सञ्चालन गरिएको हो ।गाउँपालिकाभित्र विभिन्न वडामा रहेका एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालनको तालिम सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाले जनाएको छ । पाँच दिनसम्म चल्ने तालिममा गाउँपालिकाको सबै सातवटै वडाबाट २५ जना महिलाहरुको सहभागिता रहेको जनाइएको छ ।

तालिममा लैङ्गिक हिंसाको अवस्था र हिंसा न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, नेतृत्व विकास तथा व्यावसायिक उत्प्रेरणा, बाख्रापालनको महत्व र आवश्यकता, स्थानीय प्रजातिको बाख्रापालन तथा वातावरण अनुकुलित, बाख्राको खोर व्यवस्थापन र सरसफाइ, व्यावसायिक बाख्रापालनमा ध्यान दिनुपर्ने विषय, बजार व्यवस्थापन, नाफा र घाटा निकाल्ने विधि, लक्षित समूहले राज्यबाट पाउने अनुदानसहित सेवासुविधा, बाख्राको घुम्ती खोर व्यवस्थापन, घाँस तथा पोषणको महत्वका विषयमा सहजीकरण भैरहेको छ ।

यसैगरी तालिममा व्यवसाय दर्ता र नवीकरण, पोषिलो खाना, जोखिम न्यूनीकरण र विपद् व्यवस्थापन, व्यावसायिक योजना, पोषिलो खाना उत्पादन गर्ने तरिका, व्यवसायको निरन्तरता, समूह गठन र परिचालनलगायत विषयहरुमा पनि सहजीकरण भैरहेको आयोजकले जनाएको छ । उक्त तालिमको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, लेखा अधिकृत पुरुषोत्तम अधिकारी, पशु सेवा शाखाका प्रमुख एवं पशु सेवा प्राविधिक चन्द्रकला दाहाल र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले सहजीकरण गरिरहनुभएको छ ।

तालिमको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले समुदायमा पछाडि परेका महिलाहरुलाई छनोट गरी तालिम सञ्चालन गरिएको हुँदा तालिममा सक्रिय सहभागिता जनाउन सुझाव दिनुभयो ।उहाँले गाउँपालिकामार्फत विभिन्न सिपमूलक तालिम र गोष्ठी सञ्चालन गरी महिलाहरुको व्यक्तित्व, नेतृत्व र क्षमता विकासमा आवश्यक पहल थालिएको बताउँदै व्यावसायिक बाख्रापालन तालिमले महिलाहरुलाई आत्मनिर्भर तथा स्वाबलम्बी बन्न सहयोग पुग्नेमा जोड दिनुभयो ।धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले तालिममा सक्रिय सहभागिता जनाएर तालिमपश्चात् महिला दिदीबहिनीहरु प्रत्यक्ष रुपमा बाख्रापालन व्यवसायमा जोडिनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रमवापत व्यवसाय सञ्चालन गर्नको लागि महिलाहरुले पाउने अनुदान रकमले अनिवार्य रुपमा बाख्रापालन व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै गाउँपालिकाबाट सञ्चालित सिपमूलक व्यावसायिक बाख्रापालन तालिमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।तालिममा स्वागतसहित उद्देश्यमाथि प्रकाश पार्दै मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले महिलाहरुलाई सिपमूलक व्यावसायिक तालिम दिएर स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाको सहयोग र समयन्वयमा मिलन म्याग्दीले तालिमको आयोजना गरेको जानकारी दिनुभयो । उहाँले यसअघि राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा मंगला गाउँपालिकामा पनि एकल महिला, अपाङ्गता भएका र विपन्न वर्गका महिलाहरुलाई समेटेर व्यावसायिक बाख्रापालन सम्बन्धी विषयमा तालिम सञ्चालन गरिसकिएको बताउनुभयो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आतिथ्य रहेको तालिमको उद्घाटनसत्र गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरको अध्यक्षता र मिलन म्याग्दीका कर्मचारी यामबहादुर विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।उद्घाटनसत्रमा धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, प्रशासकीय अधिकृत हरिहर पनेरु, लेखा अधिकृत पुरुषोत्तम अधिकारी, पशु सेवा प्राविधिक चन्द्रकला दाहाल, लेखापाल विनिता मल्ल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँको उपस्थिति रहेको थियो ।

म्याग्दी भलिबल कप : म्याग्दी र स्याङ्जा बीच भएको फाइनल खेलका तस्बिरहरु ।तस्बिर ः म्याग्दी न्युज डटकम
25/06/2025

म्याग्दी भलिबल कप : म्याग्दी र स्याङ्जा बीच भएको फाइनल खेलका तस्बिरहरु ।तस्बिर ः म्याग्दी न्युज डटकम

म्याग्दी भलिबल कपको उपाधि स्याङ्जालाईबेनी ,असार ११ गते । गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला भलिबल प्रतियोगिता  ‘म्याग्दी ...
25/06/2025

म्याग्दी भलिबल कपको उपाधि स्याङ्जालाई

बेनी ,असार ११ गते । गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को उपाधि स्याङ्जाले हात पारेको छ । बुधबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न फाइनल खेलमा आयोजकलाई पराजित गर्दै स्याङ्जा जिल्ला खेलकुद विकास समिति दुई लाख पुरस्कार राशिको उक्त उपाधि हात पार्न सफल भएको हो ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको प्रतियोगिताको आज बेनीको खुला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुईविरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै स्याङ्जा विजयी भएको हो ।
पहिलो सेटमा २५–१७ र तेस्रोमा २६–२४ को अन्तरमा स्याङ्जालाई पराजित गरेको म्याग्दी दोस्रो, चौथो र पाँचाँै सेटमा २५–१९, १६–२५ र १७–१५ को अन्तरमा पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझायो ।

बागलुङलाई २५–१४, २५–२१ र २५–२३ को सोझो तीन सेटमा पराजित गर्दै तनहुँ तेस्रो भएको छ ।आइतबारदेखि सुरु भएको प्रतियोगितामा म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता थियो । विजेताललाई नगद दुई लाख रुपैयाँ, उपविजेतालाई नगद एक लाख रुपैयाँ , तेस्रोलाई नगद ५० हजार रुपैयाँ र चौथोलाई नगद २५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।

विजेता खेलाडीहरुलाई संघीय सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खम बहादुर गर्वुजा ‘खम्बिर’ , प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, प्रतियोगिता संयोजक एवम् म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बाँनिया लगायते खेलाडीलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

बिधागत पुरस्कारहरु
बेस्ट खेलाडी ःसन्जोक परियार(स्याङ्जा)
बेस्ट सर्भर ः बिष्णु(म्याग्दी)
बेस्ट सेटर ःबिबस आले(तनहुँ )
बेस्ट स्पाइकर ः धन बहादुर भट्ट(म्याग्दी)
बेस्ट ब्लकर ः सुगम परियार (म्याग्दी)
बेस्ट डिफेन्डर ःकुशल खत्री(म्याग्दी)
बेस्ट कोच ःअमृत केसी (स्याङ्जा)

म्याग्दी भलिबल कप :  आयोजक म्याग्दी  र स्याङ्जा भिड्दै बेनी ,असार ११ गते ।आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास ...
25/06/2025

म्याग्दी भलिबल कप : आयोजक म्याग्दी र स्याङ्जा भिड्दै

बेनी ,असार ११ गते ।आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को फाइनलमा पुगेका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको प्रतियोगिताको बुधबार हुने फाइनलमा प्रथम स्थानका लागि म्याग्दी र स्याङ्जाबीच प्रतिस्पर्धा हुने भएको हो ।

बेनीको खुला मञ्च खेलमैदानमा आज भएको सेमीफाइनलमा म्याग्दीले बागलुङलाई २५–१७, २५–१९ र २५–२१ को अन्तरमा सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा पुगेको प्रतियोगिताको रेफ्री संयोजक टलसिङ थापाले बताउनुभयो । स्याङ्जाले तनहुँसँग भएको प्रतिस्पर्धात्मक खेलमा दुईका विरुद्ध तीन सेटले पराजित गरेको हो ।

२५–१९ र २५–२२ को अन्तरमा पहिलो र दोस्रो खेल जितेको तनहुँ तेस्रो, चौथो र पाँचौँ सेटको खेलमा स्याङ्जासँग ३०–२८, २५–१६ र १९–१७ को अन्तरमा पराजित भयो । तनहुँ र बागलुङबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक म्याग्दी जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

आइतबारदेखि सुरू भएको प्रतियोगितामा म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेताले नगद दुई लाख, उपविजेताले नगद एक लाख रुपैयाँ तथा तेस्रो हुने टिमले नगद ५० हजार तथा चौथो हुनेले नगद २५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बानियाँले बताए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद पाँच–पाँच हजार तथा अन्य विधागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख ,शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोडबेनी ,असार ११ गते । समृद्ध अन्नपूर्ण निर्...
25/06/2025

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख ,
शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

बेनी ,असार ११ गते । समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट ल्याएको छ । गाउँसभाको २१औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको हो ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले आउँदो वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि कुल ६० करोड ७६ लाख दुईहजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत भएको कुल बजेटको चालुतर्फ ३७ करोड ५३ लाख १२ हजार चारसय ३५ रुपैयाँ अर्थात् ६१ दशमलव ७६ प्रतिशत र पूँजीगततर्फ २३ करोड २२ लाख ९० हजार तीनसय ५८ रुपैयाँ अर्थात् ३८ दशमलव २३ प्रतिशत बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । गाउँसभामा यसअघि गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक पुष्पा बानियाँ बरुवालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउँसभाले प्रस्तुत नीति, कार्यक्रम, बजेटसहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

आगामी वर्षमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ करोड ३२ लाख, राजश्व बाँडफाँड १० करोड ५९ लाख ६१ हजार र सर्शत अनुदान २१ करोड ८२ लाख रुपैयाँ रहेको छ । यसैगरी गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९६ लाख १६ हजार, विशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख, प्रदेशको सवारी कर बाँडफाँडबाट प्राप्त हुने रकम एक करोड चारलाख ९८ हजार र आन्तरिक राजश्वतर्फ दुई करोड १२ लाख ७५ हजार रुपैयाँ रहेको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

त्यस्तै आगामी आर्थिक वर्षको लागि अल्यातर्फ अनुमानित आठ करोड ५५ लाख ५२ हजार चारसय ४८ रुपैयाँ अनुमान गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । प्रस्तुत बजेटमध्ये सामाजिक विकासतर्फ २७ करोड ६८ लाख ५२ हजार अर्थात् कुल बजेटको ४५ दशमलव ५६ प्रतिशत रहेको छ । भौतिक पूर्वाधार विकासतर्फ २० करोड ९६ लाख ४४ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३४ दशमलव ५० प्रतिशत बजेट विनियोजन गरिएको उपाध्यक्ष पुनले बताउनुभयो ।

त्यसैगरी स्वास्थ्य, आयुर्वेद तथा योगतर्फ पाँच करोड ४३ लाख ४४ हजार, युवा तथा खेलकुद विकासअन्तर्गत खेलकुदजन्य कार्यक्रमहरु सञ्चालन गर्न १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कला, संस्कृति तथा मनोरञ्जन क्षेत्रअन्तर्गत स्थानीय भाषा तथा संस्कृति संरक्षण एवं प्रवद्र्धनको लागि २४ लाख ५० हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ५९ लाख ५० हजार, खानेपानी तथा सरसफाइतर्फ ५६ लाख ३० हजार तथा फोहोरमैला व्यवस्थापन गर्न छ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

भवन, आवास तथा सहरी विकासअन्तर्गत गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्ति गर्न एक करोड १२ लाख रुपैयाँ विनियोजन भएको छ भने ७ नम्बर वडा हिस्तानसहित अन्य सामुदायिक भवन तथा आवासको लागि ११ करोड २९ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । आर्थिक विकासतर्फ दुई करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

अन्‍नपूर्ण गाउँपालिका म्याग्दी

लायन्स क्लब लभ्लीहिल र लियो क्लबद्धारा ज्ञानोदय माविमा सहयोगबेनी ,असार १० गते ।लायन्स क्लव अफ बेनी लभ्लीहिल र लिओ क्लव अ...
24/06/2025

लायन्स क्लब लभ्लीहिल र लियो क्लबद्धारा ज्ञानोदय माविमा सहयोग

बेनी ,असार १० गते ।लायन्स क्लव अफ बेनी लभ्लीहिल र लिओ क्लव अफ बेनी लभ्लीहिलले म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयका बालबालिकाहरुलाई सहयोग गरेको छ । क्लबले विद्यालयका कक्षा ५ सम्मका बालबालिका र दृष्टिविहिन स्रोत कक्षाका गरी कुल ६० जना विद्यार्थीहरूलाईस टिफिन बक्स, स्टेसनरी सामग्रीहरू तथा सरसफाइका सामग्रीहरू वितरण गरेको हो ।

उक्त अवसरमा दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको छ । लियो क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष सोहन श्रेष्ठ, निवर्तमान अध्यक्ष नेत्रराज सुवेदी, सन २०२५–२६ का लागि निर्वाचित अध्यक्ष ओमप्रसाद शर्मा, संस्थापक अध्यक्ष अर्जुन पौडेल, सचिब प्रेम नेपाली र लियो क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष संगम चोखालले विद्यार्थीहरुलाई सामाग्री वितरण गर्नुभएको थियो ।

क्लबले १८ हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरेको जनाएको छ । क्लब अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा आएर सामाग्रीहरु सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । विद्यालयका प्रअ विजय शर्माको स्वागत र शिक्षक एवं क्लबका संस्थापक अध्यक्ष अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्लबका सचिब नेपालीले सञ्चालन गर्नुभएर्को हिमचुली टेलरिङको तर्फबाट तीन जना विपन्न बालबालिकालाइ विद्यालय पोशाक सहयोग गर्ने जनाइएको छ ।

शिक्षक र विद्यार्थीलाई मादल र पियानो बजाउने तालिमबेनी ,असार १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित जनता म...
24/06/2025

शिक्षक र विद्यार्थीलाई मादल र पियानो बजाउने तालिम

बेनी ,असार १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित जनता माविमा शिक्षक र विद्यार्थीलाई मादल र पियानो बजाउने तालिम प्रदान गरिएको छ । विद्यालयका प्रअ गुनबहादुर पुनका अनुसार ,वडा अध्यक्ष शैक्षिक कार्यक्रम अन्तर्गत जनता माविको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा सात दिने मादल र पियानो बजाउन सिकाउने तालिम संचालन गरिएको हो । गत ४ गतेदेखि नांगी देवी आमा समुहको सभाहलमा सुरु भएको तालिम मंगलबार समापन भएको हो ।

प्रशिक्षक दिनेश पुनले प्रशिक्षण दिनुभएको तालिममा जनता मावि र दर्मिजा स्थित शिव आधारभुत विद्यालयका गरी १२ जना शिक्षक र ३ जना विद्यार्थी सहभागी हुनुहुन्थ्यो । शिक्षक र विद्यार्थीलाई संगीतमा सकरात्मक सोचको विकास गराउन, कला, संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको वडा अध्यक्ष पविन गर्बुजाले बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा पनि वडाले शिक्षालाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो । प्रअ गुनबहादुर पुन मगरले विद्यालयमा कक्षा चारदेखि ८ सम्मको स्वास्थ्य शारिरीक विषय अध्ययन अध्यापनमा तालिमले सहयोग पु¥याउने बताउनुभयो । प्रशिक्षार्थीको तर्फबाट जनता माविकी शिक्षक ज्योती सापकोटाले तालिमले आफुहरुलाई कक्षामा सम्बन्धीत विषय शिक्षण सिकाइमा सहज हुने बताउनुभयो ।

प्रअ पुन मगरले संचालन गर्नुभएको समापन कार्यक्रममा वडा अध्यक्ष गर्बुजा सहित प्रशिक्षक दिनेश पुन , जनता मावि व्यवस्थापन समिति अध्यक्ष जीतबहादुर गर्बुजा बोल्नुभएको थियो ।

जलजला गाउँपालिकाको बजेट ५९ करोड ५४ लाख रुपैयाँ लामाखेत,असार १० गते ।पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८...
24/06/2025

जलजला गाउँपालिकाको बजेट ५९ करोड ५४ लाख रुपैयाँ

लामाखेत,असार १० गते ।पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको लागि ५९ करोड ५४ लाख रुपैयाँ बजेट छलफल सहित पारित भएको छ ।

यसैगरी गाउँपालिका अध्यक्ष अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफल सहित पारित भएको छ । भने उपाध्यक्ष आचार्यले सभामा प्रस्तुत गर्नुभएको विनियोजन ऐन–२०८२ र आर्थिक विद्येयक–२०८२ समेत सभाबाट पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताउनुभयो ।

उपाध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको कुल विनियोजित मध्ये चालुतर्फ ३६ करोड ५६ लाख २२ हजार र पुँजीगततर्फ २२ करोड ९७ लाख ७८ हजार रुपैयाँ रहेको छ । सङ्घीय र प्रदेश सरकारको समानीकरण अनुदान ९ करोड २० लाख , सङ्घीय सरकारको राजश्व बाँडफाँड ७ करोड ९१ लाख ३९ हजार १४८ ,प्रदेश सरकार समानीकरण अनुदान १ करोड १६ लाख ७९ हजार ,प्रदेश सरकारको राजश्व बाँडफाँड ९२ लाख ४६ हजार , सङ्घीय सरकारको सशर्त अनुदान २६ करोड ५२ लाख, प्रदेश सरकारको सशर्त अनुदान २ लाख,सङ्घीय सरकारको समपुरक अनुदान १ करोड ३३ लाख , सङ्घीय सरकारको विशेष अनुदान १ करोड ६५ लाख ,प्रदेश सरकारको समपुरक अनुदान ६० लाख ,प्रदेश सरकारको विशेष अनुदान ४० लाख जुटाइने जनाइएको छ । समानीकरण अनुदान ,राजश्व बाँडफाँड ,सशर्त अनुदान ,समपुरक अनुदान ,विशेष अनुदान परिचालन गर्दा नपुग हुने ९ करोड ८३ लाख ३६ हजार रुपैयाँ आन्तरिक आम्दानीबाट व्यहोरिने उपाध्यक्ष आचार्यले बताउनुभयो ।

आगामी आर्थिक वर्षको क्षेत्रगत कार्यक्रमतर्फ कार्यालय संचालन गर्न १० करोड ,शखागत १० करोड २७ लाख ,वडागत ४ करोड ५० लाख,दायित्व/साझेदारी ४ करोड २५ लाख गरी कुल २९ करोड २ रहेको भने सशर्तृ ,समपुरक र विशेष अनुदान कार्यक्रमतर्फ ३० करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको जेठ मसान्त सम्म चालुतर्फ ७२ दशमलव ६९ प्रतिशत र पुँजीगत तर्फ ५२ दशमलव ९९ प्रतिशत गरी औषत ६७ दशमलव ३७ प्रतिशत प्रगति भएको छ । आगामी आर्थिक वर्षमा पनि शिक्षा,स्वास्थ्य,कृषि ,पर्यटन ,धार्मिक क्षेत्र ,रोजगार , पुर्वाधार ,उद्यम ,खेलकुद,आयआर्जन ,विपद् व्यवस्थापन लगायत क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । गाउँसभा सदस्यहरु लोकबहादुर पुन ,विकाश भण्डारी,टकबहादुर पुर्जा लगायतले छलफलमा भाग लिनुभएको थियो । तस्बिर : म्याग्दी न्युज डटकम

बेनी नगरपालिकाको बजेट  ७१ करोड ८० लाख (तस्बिरहरु)म्याग्दी, असार १० गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २...
24/06/2025

बेनी नगरपालिकाको बजेट ७१ करोड ८० लाख (तस्बिरहरु)

म्याग्दी, असार १० गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७१ करोड ८० लाख २७ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मङ्गलबार बेनीमा १७ औँ नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछाने पौडलले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कुल विनियोजित मध्ये चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगत तर्फ १६ करोड ८६ लाख ९७ हजार रुपियाँ रहेको छ । नगर प्रमुख सुरत केसीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख लामिछानेले पेस गर्नुभएको बजेट छलफल पछि सभाबाट पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ,नगरसभाले आर्थिक ऐन २०८२ र विनियोजन ऐन २०८२ बनाएको छ । त्यसैगरी न्यायिक समितिको प्रतिविदेन माथि छलफल गरिएको छ ।

बजेटमा सङ्घीय समानीकरण अनुदान ११ करोड ६३ लाख, सङ्घीय राजश्व बाँडफाँड ९ करोड १३ लाख २० हजार, गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार,गण्डकी प्रदेश सरकार सवारी साधन कर बाँडफाँडबाट एक करोड ८९ लाख ५३ हजार, सङ्घीय सर्शत कार्यक्रम ३७ करोड ४२ लाख, गण्डकी प्रदेश सरकार सर्शत विशेष अनुदान एक करोड २ लाख, सङ्घीय सरकार समपुरक अनुदान ६५ लाख, सङ्घीय सरकार विशेष अनुदान ६९ लाख,आन्तरिक आम्दानी चार करोड ३३ लाख ५० हजार,मालपोत रजिस्ट्रेसन बाँडफाँड ८५ लाख र चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेटबाट प्राप्त हुने आम्दानीलाई बजेटमा समावेश गरिएको छ । नगर प्रमुख सुरत केसीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको बताउनुभयो । चालु आर्थिक वर्ष २०८१/०८२मा कुल बजेट साह्रौं अधिवेशनबाट पुरक अनुमान समेत ७४ करोड ७० लाख ९८ हजार रहेकोमा एघार महिनामा कुल खर्च ४६ करोड ७९ लाख ६२ हजार (६२.६३ प्रतिशत) रहेको छ । चालुतर्फ ३५ करोड २७ लाख ४ हजार (६५.७९ प्रतिशत) र पुँजीगत तर्फ ११ करोड ५२ लाख ५८ हजार (५४.६३ प्रतिशत) खर्च रहेको छ ।
तस्बिर ः साधन राम्जाली /म्याग्दी न्युजडटकम
बेनी नगरपालिका , म्याग्दी

धवलागिरी गाउँपालिकाको बजेट ४६ करोड ५६ लाखबेनी ,असार १० गते ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८२\०८...
24/06/2025

धवलागिरी गाउँपालिकाको बजेट ४६ करोड ५६ लाख

बेनी ,असार १० गते ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८२\०८३ का लागि ४६ करोड ५६ लाख ६ हजार पाँचसय ६३ रुपियाँको बजेट ल्याएको छ ।सोमबार गाउँपालिका केन्द्र मुनामा भएको २४ औं गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले अनुमानित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट सोमबार नै सभाबाट पारित समेत भएको छ ।

गाउँपालिकाले संघीय सरकारबाट राजश्व बाँडफाँड दश करोड २१ लाख उन्नाइस हजार पाँचसय ६३,वित्तिय समानीकरण अनुदान ९ करोड दश लाख रुपियाँ, सर्शत अनुदान १९ करोड ३२ लाख, सर्शत अनुदान पूँजीगत तर्फ ३३ लाख, विशेष अनुदान ६९ लाख र समपुरक अनुदान एक करोड ४० लाख रुपियाँ प्राप्त हुने बजेटमा अनुमान गरिएको छ ।

यसैगरी गण्डकी प्रदेश सरकारबाट राजश्व बाँडफाँड एक करोड १० लाख ३२ हजार,वित्तिय समानीकरण अनुदान ९३ लाख ५५ हजार,विशेष अनुदान ४० लाख,समपुरक अनुदान ६० लाख,सर्शत अनुदान दुई लाख,आन्तरिक आम्दानी ४५ लाख र सञ्चित कोषमा रहने अनुमानित दुईकरोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, आर्थिक विकास तर्फ कृषि,पशुपंक्षी,सहकारी र पर्यटन क्षेत्रको विकासका लागि ५२ लाख,शिक्षा र खेलकुदमा ३५ लाख,खानेपानीका लागि नेपाल स्वास्थ्यका लागि पानी कार्यक्रमसँग साझेदारी सहित ४५ लाख र सामाजिक विकास तर्फ २३ करोड २१ लाख ९० हजार प्रस्ताव गरिएको छ ।

यसैगरी पूर्वाधार तर्फ दश करोड ९५ लाख र संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँचसय ६३ रुपियाँ विनियोजन गरिएको छ ।वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५२ लाख,संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँचसय ६३ रुपियाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमा पर्यटन,कृषि,सामाजिक विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।एक वडा एक उत्पादन,उत्पादनमा युवा प्रोत्साहन कार्यक्रम,एक वडा एक पर्यटन परियोजना,दिर्घ रोगी सँग अध्यक्ष कार्यक्रम,सुनौला हजार दिनका आमा सँग उपाध्यक्ष कार्यक्रम,भाष कला र संस्कृति,पूर्वाधार विकास र वडा नम्बर १ गुर्जामा कस्तुरी पालनको सम्भाव्यता अध्ययनलाई अगाडी बढाइने नीति गाउँपालिकाले अगाडी सारेको पालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

पालिकाको दुर्गम वडाका रुपमा रहेको गुर्जामा आगामी आर्थिक वर्ष भित्र सडक पु¥याउन संघीय समपुरक अनुदान र गाउँपालिकाबाट एक करोड ७५ लाख रुपियाँ बिनियोजन गरेको उपाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार ताकम मुना जोड्ने सडकलाई वैकल्पिक सडकका रुपमा विकास गर्न ताकम हिलापोखरी हुँदै मुना सडकलाई प्रदेश समपुरक योजना र गाउँपालिकाको तर्फबाट एक करोड बिनियोजन गरिएको छ ।

गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट छलफल पश्चात सर्वसम्मत रुपमा पारित भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो । पारित नीति तथा कार्यक्रम र बजेटलाई आगामी आर्थिक वर्षको सुरुवात देखि नै प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।गाउँसभाले मध्यमकालिन बजेट खाका,लेखासमिति र कार्यपालिकाबाट भएका निर्णयहरु,चालु आवको आय व्यय बिवरण पारित गरेको छ ।

मंगला गाउँपालिकाले २०औं गाउँसभाबाट ४४ करोड ६१ लाखको बजेट ल्यायोबाबियाचौर ,असार ९ गते । म्याग्दीको मंगला गाउँपालिकाले सोम...
23/06/2025

मंगला गाउँपालिकाले २०औं गाउँसभाबाट ४४ करोड ६१ लाखको बजेट ल्यायो

बाबियाचौर ,असार ९ गते । म्याग्दीको मंगला गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २०औं गाउँ सभामार्फत आउँदो आवको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।मंगला गाउँपालिकाले आगामी वर्षमा विभिन्न कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्न, कार्यालय व्यवस्थापन, शिक्षक र कर्मचारीको तलवभत्ता, विकास निर्माणलगायत विभिन्न शीर्षकमा गरी कुल ४४ करोड ६१ लाख रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको जनाएको छ । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले आउँदो वर्षका लागि ४४ करोड ६१ लाख ५६ हजार चारसय ५१ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक भएको बजेट अन्तर्गत चालु खर्चतर्फ ३१ करोड ३३ लाख २० हजार चारसय ५१ र पूँजीगततर्फ १३ करोड २७ लाख ३६ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिनुभयो । प्रस्तुत नीति, कार्यक्रम र बजेटमार्फत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुदलगायत क्षेत्रको विकासलाई जोड दिइएको छ । विद्यालय उमेर समूहका ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत उनीहरुलाई दुध वितरण गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

यसअघि गाउँसभामा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमलाई सबै घर परिवारमा लागू गरी आर्थिक अवस्था कमजोर भएका परिवार र ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । यसैगरी मातृ स्वास्थ्य सुरक्षालाई प्रोत्साहन गर्न अनिवार्य रुपमा गर्भावस्था र प्रसुतिपश्चात् स्वास्थ्य चेकजाँच गर्ने र अनिवार्य रुपमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने वातावरण मिलाइने नीति लिइएको अध्यक्ष रोकाको भनाइ छ ।

त्यस्तै ज्येष्ठ नागरिकहरुलाई उनीहरुकै घरमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्नको लागि बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा भत्ता उपलब्ध गराइनेछ । गाउँपालिकामा असङ्गठित तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सूचीकृत गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउँदै लैजाने नीति लिएको अध्यक्ष रोकाले बताउनुभयो । गाउँपालिकाभित्र विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरुको सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि श्रम डेस्क सञ्चालन गर्नुका साथै सामूहिक दुर्घटना बीमाको समेत व्यवस्था गरिने भएको छ ।

२०औं गाउँसभामा प्रस्तुत आगामी आवको वार्षिक नीति, कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित भएको मंगला गाउँपालिकाले जनाएको छ । यसका साथै गाउँसभामा उपाध्यक्ष क्षत्रीले प्रस्तुत गर्नुभएको आगामी आवको बजेटसहित हालसम्मको आयव्यय, मध्यमकालीन खर्च, आगामी आवको विनियोजन विधेयक, न्यायिक समितिको प्रतिवेदन, अनुगमन समितिको प्रतिवेदनलगायत प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् ।सोमबारै म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाले पनि आउँदो वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । रघुगंगाले यसअघि बजेट ल्याइसकेको छ भने आज बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाले पनि बजेट ल्याउँदै छन् ।

मालिका गाउँपालिकाले ल्यायो ४६ करोड दुई लाखको बजेट (तस्बिरहरु)दरबाङ ,असार ९ गते ।म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्...
23/06/2025

मालिका गाउँपालिकाले ल्यायो ४६ करोड दुई लाखको बजेट (तस्बिरहरु)

दरबाङ ,असार ९ गते ।म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष२०८२/०८३ को लागि ४६ करोड दुई लाख तीन हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको उक्त बजेट छलफल सहित सभाबाट पारित भएको छ । कुल बजेट मध्ये चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगत तर्फ १३ करोड सात लाख १९ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको आर्थिक विद्येयक २०८२ सभाले पारित गरेको छ ।

संघीय सरकार समानिकरण अनुदान ८ करोड ८३ लाख ,संघीय सरकार सशर्त अनुदान (चालु) बीस करोड ६३ लाख,संघीय सरकार राजश्व बाँडफाँड आठ करोड ७० लाख ४१ हजार ,संघीय सरकार सशर्त पुँजीगत)अनुदान ६ लाख ,संघीय सरकार विशेष (पुँजीगत)अनुदान असी लाख ,संघीय सरकार समपुरक अनुदान एक करोड १० लाख ,गण्डकी सरकार समानीकरण अनुदान एक करोड ७ लाख २२ हजार ,गण्डकी प्रदेश सरकार राजश्व बाँडफाँड ८५ लाख ८९ हजार ,गण्डकी प्रदेश सरकार ३४ लाख ५१ हजार ,गण्डकी सरकार समपुरक अनुदान ६० लाख ,गाउँपालिकाको आन्तरिक आय (सेवा शुल्क ,दस्तुर ,रोयल्टी र अन्य तथा अनुमानित संचित कोष अल्या हुने रकम दुई करोड रुपैयाँ गरी कुल ४६ करोड २ लाख ३ हजार अनुमानित आय रहेको छ । भने सशर्त (चालु) बीस करोड ६३ लाख ,सशर्त (पुँजीगत)कुमलघोर झोलुङ्गे पुल निर्माण ६ लाख ,संघीय सरकार समपुरक अनुदान (पुँजीगत) एक करोड १० लाख ,संघीय सरकार विशेष अनुदान (पुँजीगत )तर्फ दरबाङ बजार संरक्षण ८० लाख ,गण्डकी प्रदेश सरकार समपुरक अनुदान (पुँजीगत) ६० लाख,गण्डकी प्रदेश सकार विशेष अनुदान (पुँजीगत) ३४ लाख ५१ हजार ,मालिका गाउँपालिका वडा कार्यालय संचालन तथा प्रशासनिक खर्च वडा कार्यालय संचालन खर्च समेत ११ करोड ८१ लाख ३५ हजार ,विषयगत शाखाका अन्तर्गतको कार्यक्रम ४५ लाख ,पालिका स्तरीय योजना तथा कार्यक्रम दुई करोड ७२ लाख १७ हजार,वडागत योजना तथा कार्यक्रम ५ करोड ४५ लाख ,लागत सहभागिता –समपुरक कोषमा ८८ लाख ,निजी आवास पुनर्निर्माण साझेदारी १५ लाख र आकस्मिक विपद् कोष एक करोड रुपैयाँ व्यय रहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को कुल बजेट ५० करोड तीन लाख ७६ हजार रुपैयाँमा हालसम्म चालुतर्फ २१ करोड ३६ लाख २३ हजार र पुँजीगत तर्फ ४ करोड ६४ लाख ३३ हजार गरी कुल २६ करोड ५६ हजार रुपैयाँ खर्च भएको छ । विपद् व्यवस्थापन,शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पुर्वाधार निर्माण ,सडक ,अधुरा रहेका योजनालाई पुर्णता दिन ,खानेपानी ,सिंचाइ, भवन, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले अगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमहरु सफल र सार्थक कार्यान्वयनका लागि सक्रिय सहयोगको अपेक्षा गर्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले आर्थिक बर्षको सुरुवातदेखि ने सभामार्फत पारित नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा जुट्ने जानकारी दिनुभयो ।


मालिका गाँउपालिका - Malika Rural Municipality, Myagdi

Address

Myagdi
Beni
33200

Alerts

Be the first to know and let us send you an email when MyagdiNews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MyagdiNews.com:

Share