Sharma's Creation

Sharma's Creation आउनुहोस साथी मिलेर एक-अर्कालाई support गरौ

* बा *वरिष्ठ सर्जन  DR... अमर कपुरी ले भन्नु भएको छ यदि बुबाको राम्रो सग ख्याल् राख्न सकियो                   नियमित डाइ...
18/06/2026

* बा *

वरिष्ठ सर्जन DR... अमर कपुरी ले भन्नु भएको छ यदि बुबाको राम्रो सग ख्याल् राख्न सकियो नियमित डाइलोसिस गरिस भने बुबा लाई लगभग 5 बर्ष सम्म बचाउन सकिन्छ

तर कसै-कसैले हिसाब गर्न थालेछन कि हद्धै भए 2/3 महिना बाच्लान भनेर 😭😭😭

बा,
तिमी मेरो लागि 30 वर्ष बाँच्यौ।
भोकै बसेर मलाई खुवायौ।
चिसोमा कम्बल ओढाएर आफू कठ्याङ्ग्रियौ...।

अहिले तिम्रो पालो आयो बा।
अब म भोकै बसेर भएपनी तिम्रो औषधि किन्छु..।
चिसोमा म कठ्याङ्ग्रिएर तिमीलाई कम्बल ओढाउँछु।

कसैले "अब ढिलो भयो" उपचार सम्भब छैन भन्न थालेछन 😢😢😢

म भन्छु - जिउँदो छोरा हो भने बाउको लागि कहिल्यै ढिलो हुँदैन...।"

5 वर्ष भनेको कति हो थाहा छ बा...?

तिम्रो हात समातेर हिँड्ने 1825 वटा बिहान...।
तिम्रो गाली सुन्ने 1825 वटा साँझ...।
"भात खाइस् छोरा..?" भनेर सोध्ने 1825 वटा रात।
आज फुच्चे काहा गयो भनेर खोज्ने 1825 वटा सुनौलो मौका

तिम्रो लागि मर्न तयार छु बा,
तर तिमीलाई सजिलै मर्न दिन्न..।

तिमीलाई लाग्छ होला कान्छो छोरा लाई मेरो केही मतलब छैन"

तर बा, तिमी बिनाको यो सास को नै मतलब छैन...।
तिमी बिना यो घरको औचित्य छैन..।
तिमी बिनाको "बा" शब्द अपूरो लाग्छ...।

रिपोर्टमा तिम्रो रोग लेखिएको छ CKD 5 STAGE PATIENT ( दुबै मृगौला फेल भएको बिरामी )
तर मेरो आँखाले तिम्रो माया पढ्छ...।
त्येसैले मलाई मायामा विश्वास छ, रिपोर्टमा होइन..।

त्यसैले बा, मेरो कसम।
1 दिन होस् या 5 वर्ष तिम्रो साथ पाई रहनको लागि म जे पनि गर्न तैयार छु
तिमी बाँच्नुपर्छ...बा बाच्नु पर्छ..।
किनकी मेरो भाग्यमा "बाउविनाको छोरा" लेखिएको हेर्ने हिम्मत छैन ममा..।

म लड्छु बा।
मृत्युसँग, समयसँग, आफन्त को भेष मा लुकेका कालो गोमन सर्प सबैसँग लड्छु..।
किनकि छोरा भनेको ढाल हो बा...। म तिम्रो ढाल बनिरहन पाँउ

बाउको छातीमा लाग्ने हरेक घाउ म आफ्नो छातीमा थाप्न हरदम तैयार छु ''बा''…।

तिमी बाँच्नुपर्छ बा।
मेरो लागि नभए पनि

मेरो "बा" शब्द बचाउनको लागि भए पनि बाच्नु पर्छ

तिम्रो छोरा जो तिम्रो लागि मर्न र परि आए मार्न तयार छ,
तर तिमीलाई सजिलै मर्न दिन तयार छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ओखलढुङ्गाबाट निर्वाचित सांसद विश्वराज पोखरेल एक विद्यालयका प्रधानाध्यापक...
25/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ओखलढुङ्गाबाट निर्वाचित सांसद विश्वराज पोखरेल एक विद्यालयका प्रधानाध्यापकसंग सार्वजनिक रूपमा रिसाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। खिजीदेम्बा–२ रगनीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष मगरलाई उनकै कार्यकक्ष नजिकै थर्काएको दृश्य बाहिरिएपछि सांसद पोखरेल विवादमा तानिएका हुन्।

भाइरल भिडियोमा सांसद पोखरेलले आफू विद्यालय प्रवेश गर्दा स्वागत र सम्मान नगरिएको भन्दै आक्रोश पोखेका छन्। उनले आफू 'माननीय' मात्र नभई राज्यको पूर्व विशिष्ट कर्मचारी (पूर्व एआईजी) समेत रहेको भन्दै आफ्नो 'पद' अनुसारको सम्मान नपाएकोमा प्रअ मगरलाई हप्काएका छन्।“अहिले त म माननीय हुँ, तपाईंजस्तो हेडमास्टर त मैले देशभरिका कति चलाएको छु।” भिडियोमा उनले भनेका छन् ।

विद्यालयको भौतिक सुधारका लागि ज्ञापनपत्र बुझाउन खोज्दा सांसद पोखरेलले झर्किएर पत्र केहीबेर लिन अस्वीकार गरे । उनले विद्यालयले आफूलाई बेवास्ता गरेको भन्दै 'खेद प्रस्ताव' पारित नगरेसम्म ज्ञापनपत्र नबुझ्ने ढिपी कसेका थिए। अन्ततः प्रअ मगरले सार्वजनिक रूपमा माफी मागेपछि सांसद पोखरेलले ज्ञापन पत्र लिएको चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष मगरले बताएका छन् ।

प्रअ मगरका अनुसार सांसद आउने जानकारी पाएपछि उनी विद्यालयकै लागि ज्ञापन तयार पार्न व्यस्त थिए। "माननीयज्यूका लागि पत्र तयार पार्दापार्दै उहाँ प्रवेश गर्नुभएछ, स्वागतमा निस्कन केही मिनेट ढिला हुँदा दुख मान्नुभयो," प्रअ मगरले बताए।

भिडियो भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सांसद पोखरेलको व्यवहारलाई ‘अहङ्कारको पराकाष्ठा’ भनेका छन्। ५ मतको झिनो अन्तरले चुनाव जितेका जनप्रतिनिधिले जनता र राष्ट्रसेवक कर्मचारीलाई गर्ने यस्तो व्यवहारले नयाँ राजनीतिक संस्कारको उपहास गरेको भन्दै यतिबेला उनको आलोचना सुरु भएको छ।

25/04/2026

हेडमास्टर गेटसम्म स्वागत गर्न न आएको भन्दै रास्वपा सांसद विश्वराज पोखरेलले यसरी थर्काए


हेर त कस्तो घमण्ड ले भरिएको सान्सद रहेछ यार छि..छि..छि घिन लाग्यो मलाई त कुरि-कुरि

20/04/2026

Lovely song

18/04/2026

को आउँछ र यहाँ ,फूलको थुङ्गा बोकेर ।

म पनि सधै कहाँ हिड्छु र डुङ्गा बोकेर ।।

सँगै जिन्दगीको समुद्र पार गरौं के भने थेँ ,

आफन्त आएको छरे गोजीमा ढुङ्गा बोकेर ।

नेम्वाङ दाजुभाइ आफ्नी आमा लाई भेट्न लन्डन जाने तयारीमा थिए, मासु पसलमा काम गर्ने सञ्जीवले अचानक छु'रा प्र'हार गरे, दुवै ...
10/04/2026

नेम्वाङ दाजुभाइ आफ्नी आमा लाई भेट्न लन्डन जाने तयारीमा थिए, मासु पसलमा काम गर्ने सञ्जीवले अचानक छु'रा प्र'हार गरे, दुवै दाजुभाइको घ'टना स्थलमै ज्यान गयो ।

काठमाडौं । ललितपुर को पाटन स्थित कृष्ण मन्दिर अगाडि हिजो साँझ एक द'र्दनाक घ'टना घटेको छ। सुमित नेम्वाङ र उनका भाइ सिर्जन नेम्वाङको च'क्कु प्रहारबाट ज्यान गएको छ। प्रारम्भिक जानकारी अनुसार, नेम्वाङ दाजुभाइ आफ्नी आमालाई भेट्न लन्डन जाने तयारीमा थिए। तर, एउटा सानो गल्ती, गलत नम्बरमा गरिएको फोनले ठूलो दु'र्घटनाको रूप लियो।
दाजुभाइले फोन गर्दा झुक्किएर सञ्जीव नेपालीको मोबाइलमा फोन पुगेको थियो। एकअर्का लाई नचिनेका उनीहरू बीच फोनमै भनाभन सुरु भयो र वि'वाद बढ्दै गयो। त्यसपछि सञ्जीवले उनीहरू लाई पाटन आउन भने। इमाडोल बस्ने दाजुभाइ माफी माग्न पाटन पुगेका थिए। तर, त्यहाँ पुगेपछि स्थिति झन् भयावह बन्यो। दाजुभाइले ‘गल्ती भयो’ भन्दै कुरा मिलाउन खोज्दा मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले अचानक सिर्जन माथि छु'रा प्र'हार गरे।

भाइलाई बचाउन खोज्दा दाइ सुमित माथि पनि आक्रम'ण भयो। ग'म्भीर घा'इते भएका दुवैजनाको घट'नास्थलमै ज्यान गयो। प्रहरी घटनास्थलमा पुग्दा दाजुभाइ ढलेको अवस्थामा भेटिएका थिए। घटना पछि सञ्जीव च'क्कु बोकेर नजिकैको एक रेष्टुरेन्टमा लुक्ने प्रयास गर्दै थिए। उनलाई एकजना महिला प्रहरीले साहसिक रूपमा प'क्राउ गर्न सफल भइन्। प'क्राउ गर्ने क्रममा सञ्जीवले ती प्रहरी माथि दु'र्व्यवहार गर्ने प्रयाससमेत गरेका थिए।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

10/04/2026

हर्क सामपाङ्ग राइ

आफू पनि हासौ अरुलाइ पनि हसाउ

08/04/2026

म फुल बनी फुली दिन्छु

फलो गर्नुस है साथीहरू

06/04/2026

**e
बले लाई बलात्कार को आरोप लाएकी महिला पहिलोपटक media मा

त्रिनेत्र  ( यानिकी तेस्रो आँखा ) भनेको के हो..? 🤔🤔🤔🤔🤔तान्डब भनेको के हो..?  के तपाई लाई त्रिनेत्र अनि तान्डब हेर्नू छ.....
25/02/2025

त्रिनेत्र ( यानिकी तेस्रो आँखा ) भनेको के हो..? 🤔🤔🤔🤔🤔

तान्डब भनेको के हो..? के तपाई लाई त्रिनेत्र अनि तान्डब हेर्नू छ..? 🤣🤣🤣🤣

यदि यो दुबै कुरा देख्नु छ अथवा हेर्नू छ भने सिर्फ एति काम मात्र गर्नुस

आफ्नो श्रीमती लाई फोन गरेर म आधा घन्टा मा आइपुग्छु तिमी तैयार भएर बस्नु आज बाहिर घुम्न जाने अनि खाना पनि बाहिरै खाने
एति भनेर आफ्नो मोबाईल switch off गर्नुस, अनि तपाई 3/4 घन्टा पछि मात्र घर जानुस अनि नम्र भएर मायालु स्वोर मा श्रीमती लाई सोध्नुस कि बुढी आज के बनायौ, खाना पकायौ त..?

अब जे खुल्छ नि हो त्येस्लाइ नै त्रिनेत्र भनिन्छ 😀😀😀😀
अनि त्येसपछी घरमा जे सुरु हुन्छ हो त्येस्लाइ नै तान्डब भनिन्छ 😂😂😂😂😂

नोट :::: सारिरीक रुपमा कम्जोर श्रीमान हरुले एस्तो कोसिस नगर्नु होला
किनभने ज्यान जाने संभावना प्रबल हुन्छ एस्मा 😋😋😋😋

Address

Chandragadi
Bhadrapur
57200

Telephone

+9779817988196

Website

Alerts

Be the first to know and let us send you an email when Sharma's Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sharma's Creation:

Share