19/07/2022
भद्रपुर वडा नं ६ निवासी मुक्ती मानी बर्ष ४८, को मिती २०७९/०३/१३ गते सोम्बार साँझ अनुमानित ५ बजे लडेर खुट्टामा गम्भिर चोट लागेर मेचि अंचल हस्पिटल पु¥याईको थियो र इमरजेन्सीमा लगेर राखियो त्यस पछि डाक्टरको भनाई अनुसार सोहि रात HDU मा रु १,००० रुपैया लिई राखियो भोली पल्ट पुन विरामी लाई वडमा सारियो १५, गते बुधबार गोमा फार्मोसी बाट स्टिल रड किन्न लगाईयो स्टिल रड किनेर दिए पनि
आईताबार मुक्ती मानीको भाच्चिएको खुट्टामा स्टिल रड लगाउनको लागि अप्रेशन कक्ष तिर मुक्ती मानी लाई अप्रेशन को ड्रेस लगाएर अप्रेशन थ्रिएटर तिर लगियो भित्र लगे पछि केहि समय पछि डाक्टरले बिरामीको पेटमा पानी छ थाइराईड बढेको छ स्वासप्रस्वासको समस्या छ भनेर त्यो दिन अप्रेशन भएन र डाक्टरको भनाई अनुसार यो अप्रेशन यहाँ हुदैन भनेर डिस्र्चाज गरे
एक जना डाक्टरको भनाई अनुसार फलानो हस्पिटलमा म पनि हुन्छु त्यहाँ ल्याउदा पनि हुन्छ भनेका रहेछन र विरामीको परिवारले डिस्र्चाज पेपर लिएर कहि कतै नभनि सिधै भारतको सिलगुडि स्थीत MUKHERJEE HOSPITAL लगेर एडमिट गरे MUKHERJEE HOSPITAL त्यहिका डाक्टरले सोधे के भएर ल्याउनु भएको विरामी लाई
विरामी:- विरामीको परिवारले खुट्टा भाच्चिएर ल्याएको भनेर जवाफ दिए त्यस पछि सबै मेचि अंचल हस्पिटलले दिएको रिर्पोट MUKHERJEE HOSPITAL का डाक्टरले हेरेर र मुसुमुसु हाँस्दै भने
MUKHERJEE HOSPITAL का डाक्टर :- खुट्टै भाँच्चिएको छैन त यो रिर्पोटमा त भनेर जवाफ दिए MUKHERJEE HOSPITAL का डाक्टरले विरामी मुक्ती मानी लाई ३, खुड्किलो सम्म हिडन लगाए र खुरु खुरु ३ स्टेफको खुडुकिलो चढेर हिडे त्यस पश्चात २० मिनेटको अन्तराललमा ९ टाँका लगाई सिलाई गर्दिए
विरामी:- अहिले विरामी सहज रुपमा हिडडुल गर्न सक्छन भन्ने परिवारको भनाई छ ।
अब प्रस्न रहयो
१. नभाँचिएको खुट्टा लाई ६ दिन सम्म भाँच्चियो भनेर किन गलत रिर्पोट दिईयो
२. स्टिल रड १८ हजारमा किन्न लगाईयो विल माग्दा किन दिनु भएन
विविध प्रस्नहरु छन यस विषयमा हामी बुझदै छौ र सबै रिर्पोटहरु हामी जुटाउदै छौ ।
यो तलको MUKHERJEE HOSPITAL ले दिएको रिर्पोटमा हेर्नुहोस
मेचि अंचलले एक्स रे मात्र दिएको छ रिर्पोट दिएको छैन भन्ने विरामीको परिवारको भनाई छ
#परिवारले_भने_बमोजिम_कुराहरु_उध्रित
Credit:Dilip rai