घर घडेढी बिक्री शेवा केन्द्र

घर घडेढी बिक्री शेवा केन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from घर घडेढी बिक्री शेवा केन्द्र, Digital creator, qatar, Jhapa District.

बिदेशिनीहरुको खेलेको होलिको केहि तस्बिरहरु😲😲😲😲
13/03/2025

बिदेशिनीहरुको खेलेको होलिको केहि तस्बिरहरु😲😲😲😲

14/05/2019

Dear couples,
अहिले नै आकासका तारा सबै झार्नु हुन्न है
पछि छोराछोरी ले पनि Twinkle Twinkle little star पढ्नु पर्छ 😏😂😂

"मानव शरीर" को बनावटी: बिज्ञानHuman Anatomyशेयर गरेर राख्नुहोस् कुनै दिन काम लाग्नेछ ।
13/05/2019

"मानव शरीर" को बनावटी: बिज्ञान
Human Anatomy

शेयर गरेर राख्नुहोस् कुनै दिन काम लाग्नेछ ।

यो Page लाई like र share गरि सहयोग गरिदिनु होला
13/05/2019

यो Page लाई like र share गरि सहयोग गरिदिनु होला

कालिकोट जिल्लामा वडा सदस्य दलित भएकैमा पानिको धारो छोएको  कारण भर्खरै कुटी कुटी मारियो।  नरहरीनाथ गाउँपालिका वडा नं ९ की...
11/05/2019

कालिकोट जिल्लामा वडा सदस्य दलित भएकैमा पानिको धारो छोएको कारण भर्खरै कुटी कुटी मारियो। नरहरीनाथ गाउँपालिका वडा नं ९ की जन प्रतिनिधी मना सार्की लाई समानताको कुरा गर्दा यातना दिएर मारिएको खबर सुन्दा मुटुनै चिरिएर आयो। निर्वाचित जनप्रतिनिधी हरुत अकालमै मारिन्छन् पिडक हरुको हातबाट भने अनि अरु गरीब हरु कसरी बाँचेका होलान् ? उनलाई छिमेकी २२ वर्षीय राजिन्दा शाही र १९ वर्षीय सृजन शाहीले कुटपिट गरि मारेका थिए। अभियुक्त हरुलाई छुवाछुत गरि मारेको भनि उनका छोराले किटानी जाहेरी प्रहरीमा दिएपछि हत्यारा हरुलाई हिरासतमा राखिएको छ। काटे रगत सबैको रातो ,रगत चल्ने तर पानि नचल्ने अछुतरे। मान्छेको दुई जात हुन्छ नर र नारी।यद्यपि आज २१ औं शताब्दीमा आउँदा समेत यत्रो विभेद ? एक जना सांसद महिलाले दलित भएकै कारण राजधानी काठमांडूमा डेरा पाइनन्। समानताको जतिनै कुरा गरे पनि कहिल्यै समानता आएन नेपालमा। गणतन्त्र धुम्बाराही , पेरिस डाँडा र सानेपा दरबारमा आयो तर दूर दराजका मना सार्की दिदीहरुको घरमा कहिल्यै आएन। भावपूर्ण श्रद्धा सुमन दिदी । उनलाई पिटेर मार्ने हरुलाई फांसी दिनु पर्छकी पर्दैन ?
१ पर्छ
२ पर्दैन

कमेन्ट गर्नु भन्दा पहिले पढिदिनु होला !! र यो पेज लाई लाइक पनि गर्नु होला            ! -------👭------!गाउँमा एकजना भलाद्...
11/05/2019

कमेन्ट गर्नु भन्दा पहिले पढिदिनु होला !! र यो पेज लाई लाइक पनि गर्नु होला
! -------👭------!
गाउँमा एकजना भलाद्मी मानिसकाे मृत्यु भएछ । उसका छाेराहरू र छरछिमेक मिली लास जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र लासको पाउ समात्दै भन्न लाग्छ "मर्ने मानिसले मसँग 15 लाख लिनु भएकाे थियाे, पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र लासकाे दाहसंस्कार गर्न लैजानुहाेस् ।"

अब तमाम मलामीहरू खडा भएर तमाशा हेरिरहेका थिए, छाेराहरूले बताए कि मर्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएकाे कुरा गर्नु भएको थिएन । त्यसैले हामी याे पैसा दिदैनाैँ। छाेराहरूले त तिर्दैनन् भने हामी छिमेकीहरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकीहरू ।लासलाई बाेक्न खाेज्छन् तर त्यस मानिसले लासकाे पाउ समातेर बसिरहेकाे हुन्छ । याे खबर घरभित्रसम्म पुग्छ । बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनाैँ भन्छन्।

मर्ने मानिसकी एउटी छाेरी पनि थिइन् जाे रुँदै बाहिर आइन् र लासकाे गाेडा समाउने व्यक्तिलाई आफ्नो गरगहना फुकालेर दिदै भन्छिन - "लिनुहाेस् यी गहना। यसलाई बेच्नुहाेस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ती गर्दछु बाबाकाे अन्तिम दाहसंस्कार नराेक्नुहाेस् । नपुगेको रकम पछि तिर्छु, सक्दाे चाँडाे व्यवस्था गर्छु ।

अब लास समाउने मानिस उक्त छाेरीलाई सान्त्वना दिदै भन्छ, "छाेरी, म यहाँ कसैलाई चिन्दिन, उहाँकाे बारेस चिन्नु थियो । मुख्य कुरा त उहाँले मसँग पैसा माग्नुभएको थिएन, बरू मैले उहाँसँग मागेकाे थिएँ । उहाँ बित्नुभएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कसलाई दिने हाे भनी बुझ्न याे नाटक गर्नुपर्याे । अकस्मात् प्राप्त भएकाे सम्पतिमाथि धेरैले अाँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो। लाै राख याे 15 लाख रूपैयाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ। यसमा हक तिम्रो मात्र छ । "

वास्तवमा छाेरीकाे माया - जीवनकाे साया हाे । छाेरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ । जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे ।
अस्तु ।

बिदेश भुमिको फोटोमा त हजारौं लाइक आउँछ तर हाम्रो नेपाली भुमिको यो फोटोमा कति लाइक आउछ हेरौ !
10/05/2019

बिदेश भुमिको फोटोमा त हजारौं लाइक आउँछ तर हाम्रो नेपाली भुमिको यो फोटोमा कति लाइक आउछ हेरौ !

18/03/2019

Mechi Highway le choreko bhadrapur nagarmaplika 3 ma parne 1katta 5 shut jagga bikrinmi x ra 2 ota Kota vayeko gar sangai
Contract for details 9807928380

07/08/2018

गजल एक संक्षिप्त परिचय
उर्दु भाषामा अत्यन्त विकसित , लोकप्रिय र चर्चित भए पनि गजलको जननी भने अरबी भाषा हो र यसको उद्गम भुमी अरब । विस्तारै विस्तारै यो विधाको प्रभाव फारसी , उर्दु, हिन्दी हँुदै नेपाली र अन्य भाषामा विकसित हुदै गएको धेरै सोधकर्ताहरुको एक मत रहेको पाइन्छ । गजलले लगभग आठ नौ सय वर्षे इतिहाँस बोकेको देखिन्छ । यस्तै नेपाली गजल परम्पराको इतिहाँसले सय वर्ष पार गरिसकेको छ । मोतीराम भट्टले गजललाई नेपाल प्रवेश गराएको विश्लेशकहरु बताउछन् । मोतीराम भट्टकालिन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयमा मोतीमण्डलीका सदस्यहरु भीमनिधि तिवारी, शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आईपुगेर वि।सं। २००७ को दशकबाट चिरकालिन सुषुप्त अवस्थामा रह्यो । वि।सं। २०३५ को दशकको अन्त्य तिर देखि ज्ञानुवाकर पौडेलको माध्यमबाट गजलले पुर्नजागृत हुने अवसर प्राप्त ग¥यो । यस पछिका मनु ब्राजाकी, ललिजन रावल, रवि प्राञ्जल, बुँद राना आदीले गजल विधालाई उल्लेख्य उचाईमा पु¥याउन ठुलो योगदान दिएको पाइन्छ ।

संरचनात्मक दृष्टिकोणबाट गजललाई नियाल्दा मुक्तक र गजल एउटै देखिए पनि यसमा भावको तिर्र विन्यास गरिएको हुन्छ ।

यो संगित चेतनाका आधारमा गित एवं बिम्ब–प्रतिक तथा उपमा जस्ता अलंकारको प्रयोग र सौन्र्दय चेतनाको दृष्टिले पनि कविताको आस्वादन दिने साहित्यको एउटा संरचना हो ।

गजलको आफ्नै संरचनात्मक तत्वका कारण यो विधा स्वतन्त्र विधाको रुपमा स्थापित भएको देखिन्छ । वर्तमान समयमा गजलले बृहत क्षेत्र ओगट्दै गएको देखिन्छ ।

“गजल” अरबी भाषाको “पोथी” वा “स्त्रीलिङ्गी” शब्द हो । अरबी भाषामा “ग” भन्नाले “वाणी” “ज” भन्नाले “स्त्री” र “अल” भन्नाले “को” वा “साथ” भन्ने हुन्छ । त्यसैले “गजल” शब्दले दिने शाब्दिक अर्थ “स्त्रीको साथ प्रयुक्त हुने वाणी” अर्थात स्वास्नी मान्छे संगगरिने वार्तालाप भन्ने बुझ्न सकिन्छ । हुनत गजलका बारेमा बिभिन्न मत मतान्तर भएको पनि पाइन्छ । कसैले यसको अर्थ प्रेयसीसंगको क्रिडा अनि कसैले नारीहरुको प्रेमको कुरा भनेर पनि अथ्र्याएका छन् । गजलको शाब्दिक अर्थ मृगशावक वा हरिणशिशु हुन्छ, अर्थात सिकार खेल्दा जब शिकारीको वााण हरिणको मुटुमा गई रोपिन्छ, त्यसबेला हृदयविदारक ढंगले हरिणले गर्ने आर्तनाद भन्ने पनि गरिएको छ ।

फारसी भाषामा गजलको अर्थ “वाजनान गुफ्तगु करद न” वा आइमाइका कुरा हुन्छ । आईमाईका कुरा एक विषयमा केन्द्रित नहुने भएकोले र गजलका पनि हरेक “शेर”हरु कुनै निश्चित विषयमा आवद्ध नभई आफैमा स्वतन्त्र देखिन्छन् ।

बृहत नेपाली शब्दकोषका अनुसार “विषेशत प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यस्तै छन्दमा लेखिएको कवितालाई गजल भनिन्छ । तर थुप्रै गजलकारहरु गजललाई कविता वा गितको रुपमा लिन अश्विकार गर्छन ।

यस्तै उर्दु–हिन्दी शब्दकोषको अनुसार “५ देखि ११ शेरहरु हुने उर्दु र फारसी कविताको एक प्रकार हो । यसमा सबै शेर एउटै रदिफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छन् । पहिलो शेरलाई मत्ला भनिन्छ जसका दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ , जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ ।
गजलको संग्रहलाई दिवान भनिन्छ ।

द अक्सफोर्ड ईङ्गिलस डिक्सनरीका अनुसार विषेशत प्रेमसम्बन्धी वा रागात्मक कविताको एक प्रकार हो जसमा सिमित श्लोक , उहि अनुप्रासको आवृति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ ।

अर्थका दृष्टिले गजललाई फरक फरक परिभाषित गरिएपनि संरचनात्मक दृष्टिले गजल एउटा सुललित भाषिक अभिव्यञ्जना हो ।

गजल सम्बन्धी केही रमाईला तथ्य र किम्बदन्तिहरुः

– एउटा किम्बदन्ति अनुशार अरबमा एकजना “गजल” नाम गरेका शायर थिए जसले प्रेमको गित बनाउनमै आफ्नो जिवन विताए । शुरु शुरुमा गजल केवल प्रेमको बारेमा मात्रै लेखिन्थ्यो त्यसैले पछिका दिनमा यसप्रकारको प्रेमको गित नै उसैको नामले चिनिन थालियो ।

– दशौं शताब्दीमा ईरानमा जन्मेका “रौदक”ि नामका शायर जो जन्मजात दृष्टिविहिन रहेको विश्वास गरिन्छ , उनैलाई गजलको जन्मदाता पनि मानिन्छ ।

गजलको संरचना
संरचनात्मक सुगठन गजलको महत्वपूर्ण पक्ष हो । कतिपय अवस्थामा संरचनालाई त्यति ख्याल गरिएको भेटिदैन । गजल दुई दुई हरफहरु मिलाउदैमा बन्न सक्दैन । यस्तो किसिमको लेखनले गजललाई फजल बनाइरहेको हुन्छ । गजल विभिन्न संरचक घटकहरु सन्तुलित र नियमवद्ध प्रयोग गरिएका हुन्छन् । गजलको संरचना बुझ्नको लागी केही संरचक पक्षहरुको जानकारी लिन आवश्यक हुन्छ जसको लागी यो गजल प्रस्तुत गर्छु ।

गजल
जीवनमा हरपल गति हुन्छ
मायामा किन हो क्षति हुन्छ ।।

समय अविराम चल्छ हजुर
के थाहा यो यात्रा कति हुन्छ ।।
नभन म त तिमै हु सानु
नियति बुझ्नेलाई अति हुन्छ ।।

चिसो मृत्यु सामु घुडा किन टेक्ने
बाँच्नुछ जीवन जति हुन्छ ।।

१। काफिया ः– काफियाको अर्थ अन्त्यनुप्रास वा तुक हो । यो गजलको एकदमै महत्वपूर्ण अंग हो । यसलाई गजलको मुटु पनि भन्ने गरिन्छ । प्रत्येक शेरको दोस्रो पङ्तीमा र मत्लाको दुबै पङ्तीमा काफियाको प्रयोग अनिवार्य मानिन्छ । तर मत्ला वाहेकका शेरहरुमा भने शेरको दोस्रो हरफमा मात्र काफिया राखिन्छ । यदि मत्ला वाहेक अन्य शेरका पनि दुबै हरफमा काफियाको प्रयोग गरिन्छ भने त्यस्तो शेरलाई “हुस्न–ए–मतला” भनिन्छ । उदाहरणको लागी माथीको गजलमा “गति , क्षति, कति, अति र जति” काफियाको रुपमा प्रयोग गरिएका छन् ।
२। रदिफ ः– रदिफ अरवि भाषाको शब्द हो । रदिफ गजलको अनिवार्य तत्व भने होईन । काफियाको पछाडी बारम्बार दोहोरिएर आउने शब्द वा शब्द समुहलाई रदिफ भनिन्छ । रदिफ नभएको गजललाई “गैर मुरद्धफ” गजल भनिन्छ । उदाहरणको लागी माथिको गजलमा काफियाको पछाडी रहेको “हुन्छ” रदिफको रुपमा प्रयोग गरिएको छ ।

३। मतला ः– मतलाको शाब्दिक अर्थ “आरम्भ” वा शुरुवात भन्ने हुन्छ । अतः गजलको पहिलो शेरलार्र्ई मतला भनिन्छ । मतलाको दुबै हरफमा काफियाको प्रयोग अनिवार्य हुन्छ । उदाहरणको लागी माथीको गजलको पहिलो शेर ः
जीवनमा हरपल गति हुन्छ
मायामा किन हो क्षति हुन्छ ।।

४। मक्ता ः– मक्ताको अर्थ समाप्त हुनु हो अथवा जुन शेरबाट गजल अन्तहुन्छ गजलको त्यही अन्तिम शेरलाई मक्ता भनिन्छ । तर अन्तिम दुई हरफ मध्ये कुनै एकमा तखल्लुसको प्रयोग गरिएकोछैन भने त्यस्तो अन्तिम शेरलाई मक्ता नभन्नुनु नै बेस हुन्छ । जस्तै ः
अघि पर्न सक्दिन मैले हरिका
नजरदेखि मोती पनि झर्न लागे
– मोतीराम भट्ट

५। तखल्लुसः– गजलको अन्तिमका दुई हरफमध्ये कुनै एकमा प्रयोग गरिने लेखकको नाम वा उपनाम नै तखल्लुस हो । माथी ४। मा दिईएको उदाहरणमा “मोती” शब्दनैै तखल्लुस हो । तखल्लुस गजलमा दुईवटा अर्थदिने खालको भएर प्रस्तुत हुनुपर्दछ । जवरजस्ती नाम राख्नको लागी मात्र यसको प्रयोग गरिनुहुदैन ।
६। मिसरा ः– मतला र मक्ता बीचका प्रत्येक दुई हरफलाई मिसरा भनिन्छ । मिसराको दोस्रो हरफमा काफियाको अनिवार्य उपस्थिति रहन्छ । मिसराको पहिलो हरफलाई “मिसरा ए उला” भनिन्छ भने दोस्रो हरफलाई “मिसरा ए सानी” भनिन्छ । मिसराको पहिलो हरफले भावको उठान र दोस्रो हरफले त्यसको समाधान गर्ने शैली गजलमा हुनुपर्दछ ।
७। शेर ः– गजलका प्रत्येक दुई हरफलाई शेर भनिन्छ । शेरको निश्चित संख्या नतोकिए पनि ५ देखी ११ वटा शेर गजलमा राम्रो ठानिन्छ ।
यी त गजलका केही पक्षहरुका बारेमा संक्षिप्त चर्चा थिए । तर उत्कृष्ट गजल लिपीवद्ध गर्नको लागी यति नै तत्वहरुभने पर्याप्त हुदैन गजलका अन्य पक्षहरु जस्तै बहर , रुक्न, वज्न आदिका बारेमा पनि ज्ञान हुन जरुरी छ । यसमा गजलको संरचना संगै मुख्यतः भाषाशैली, लयविधान, भावगत तिव्रता आदि पक्षहरुको आफ्नै महत्व रहेको हुन्छ ।

आयुष “सम्मोहन”
रझेना ५ कृष्णनगर बाँके
हालः नेपालगञ्ज
निर्मल पौडेल एन।पि।घायल कुस्मा पर्वत

Sound off, guys. Follow the link and share ......One vote for  jhapli thito Cyruss ............type RBZ space 24send it ...
30/07/2018

Sound off, guys. Follow the link and share ......One vote for jhapli thito Cyruss ............
type RBZ space 24
send it to 33001 ....

29/06/2018

सोलुखुम्बुमा जीप दुर्घटना, ७ जनाको मृत्यु

१५ असार, सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट ८ जना यात्रु बोकेर पतलेबजार हाट जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट शुक्रबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जनाकाे ज्यान गएकाे सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार शिवकुमारी यादवको मात्र पहिचान भएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।

एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइँदै छ । प्रहरी घटनास्थलमा नपुगिसकेकाले स्थानीयबासीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी शेर्पाले बताए ।

घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । बस घटनास्थलबाट ५ सय मिटर भन्दा तल खसेको सहायक प्रजिअ शेर्पाले जानकारी दिए ।

11/06/2018

Address

Qatar
Jhapa District
57200

Telephone

9779806060500

Website

Alerts

Be the first to know and let us send you an email when घर घडेढी बिक्री शेवा केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share