Prithvinagar

Prithvinagar Please Like & Follow
Our official page.
(1)

20/11/2025

बिर्तामोड मुक्तिचाेकमा दुर्गा प्रसाईंकाे समर्थकले उनको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २५ अर्ब ११ करोड विनियोजनमध्ये ३ अर्ब २५ करोड मात्र खर्च गरेको...
20/11/2025

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २५ अर्ब ११ करोड विनियोजनमध्ये ३ अर्ब २५ करोड मात्र खर्च गरेको छ। अझै आगामी आर्थिक बर्ष चालू हुन झन्डै ८ महिना जति बाकी रहेको छ। यो हिसाबले चालू आर्थिक बर्षमा २५ अर्ब ११ करोडमा ४ महिनामा ३ अर्ब २५ करोड मात्रै खर्च भएको देखियो। यो हिसाबले त लगभग
१५ अर्ब पनि काठमाडौं महानगरपालिका लाई धेरै भयो । नेपालमा जम्मा ७५३ स्थानीय तह छन्,काठमाडौं महानगरपालिका मात्रै नेपाल अन्तर्गत पर्ने त हैन होला?
अरु ७५२ स्थानीय तहको विकासको लागी पनि बजेट विनियोजन गर्ने पो हो कि?
समग्रमा राष्ट्र विकास हुनुपर्यो राजधानी मात्रै विकास गरेर त हुदैन नि तब पो पूरा राष्ट्र विकास हुन्छ।
जाबो आफ्नै देशको कुनै भु-भाग जान पनि भारत सङ निर्भर हुनुपर्ने हामी नेपाली !!! 🤔

19/11/2025

यहि मंगसीर ६ गते शनिबार को दिन ANTF बाट ख्याति पाएका चर्चित र्यापर
AKA "माईला" भद्रपुर-२,सगरमाथा,दश कठ्ठे,आमा चोकमा आउदै छन् ।
सम्पुर्ण दर्शकहरु मनोरञ्जन लिन अवस्य आउनु होला।

सम्पुर्ण भद्रपुर-६ निवासीले सेवा लिन नछुटाउनु होला।
19/11/2025

सम्पुर्ण भद्रपुर-६ निवासीले सेवा लिन नछुटाउनु होला।

 #केवल_३दिन_मात्रै_बाकीभोटर कार्ड बनाउन अब केवल ३ दिन अर्थात मंगसीर ५ गते सम्म मात्रै बाकी रहेको छ। यदि अझै पनि कसैले भो...
19/11/2025

#केवल_३दिन_मात्रै_बाकी
भोटर कार्ड बनाउन अब केवल ३ दिन अर्थात मंगसीर ५ गते सम्म मात्रै बाकी रहेको छ।
यदि अझै पनि कसैले भोटर कार्ड बनाउन छुट्नु भएको छ भने छिटोभन्दा छिटो बनाउनु नछुटाउनु होला।

🔷प्रक्रियाहरु ;
🔹अनलाइन मार्फत मतदाता परिचयपत्र प्रि-रजिष्ट्रेशन अध्यावधिक (Online Pre-Enrollment) फार्म भरेर
त्यो फार्म लगेर निर्वाचन आयोगमा गएर बायोमेट्रिक्स गर्ने ।
🔹यदि तपाईंको राष्ट्रिय परिचयपत्रको नम्बर भएको खण्डमा https://applyvr.election.gov.np वेबसाईट मार्फत सजिलै घरमै बसेर मतदाता परिचयपत्र बाट दर्ता गर्नु सक्नु हुनेछ।

नोट : आफ्नो नागरिक अधिकार प्रयोग गर्नका लागी ढिलाइ नगरी तुरुन्तै मतदाता सूचीमा आफ्नो नाम सुनिश्चित गर्न होला।

-धन्यवाद

बिर्तामोड, मंसिर ३ । जेनजी आन्दोलनको नाममा विध्वंश मच्चाउने क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुई...
19/11/2025

बिर्तामोड, मंसिर ३ ।
जेनजी आन्दोलनको नाममा विध्वंश मच्चाउने क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बिर्तामोड-८ गरामनीका ३६ वर्षीय गंगाराम लिम्बू र बिर्तामोड-७ मुसहरडाँडाका १९ वर्षीय सेसेहाङ इङ्नाम लिम्बू रहेका छन् ।

हिजो बिहान अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवैजनालाई आआफ्नो घरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका लिम्बू र इङनामलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी गर्ने विध्वंशकारीहरु हालसम्म १५ जना पक्राउ परेका छन् ।

सम्पुर्ण भद्रपुर-१ निवासीले सेवा लिन नछुटाउनु होला।स्रोत : Sandef Limbu Phurumbo
18/11/2025

सम्पुर्ण भद्रपुर-१ निवासीले सेवा लिन नछुटाउनु होला।
स्रोत : Sandef Limbu Phurumbo

फिच क्रेडिट रेटिङले नेपाललाई यो वर्ष पनि BB– (डबल बी माइनस) को सोभरेन रेटिङ दिएको छ। 🔹 बलियो पक्ष: कम सरकारी ऋण, १३.५ मह...
18/11/2025

फिच क्रेडिट रेटिङले नेपाललाई यो वर्ष पनि BB– (डबल बी माइनस) को सोभरेन रेटिङ दिएको छ।

🔹 बलियो पक्ष: कम सरकारी ऋण, १३.५ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सको मजबुत प्रवाह, जलविद्युत् क्षेत्रको मध्यमकालीन उच्च सम्भावना।
🔹 चुनौती: राजनीतिक अनिश्चितता, प्राकृतिक जोखिम, कमजोर निजी क्षेत्र, शासन सूचकांक कमजोर।
🔹 अर्थतन्त्र: FY26 मा वृद्धि २.५% मा झर्ने अनुमान, तर हाइड्रो परियोजनाले मध्यमकालीन स्थिरता कायम।

नेपालको आर्थिक विश्वसनीयता जोगिएको छ—अब स्थिर नेतृत्व र दिगो नीति नै निर्णायक! 🇳🇵📈

दुर्गा प्रसाईलाई चार दिन हिरासत राख्न अनुमित!!!कृपया आफ्नो धारणा व्यक्त गर्नुहोला ।
18/11/2025

दुर्गा प्रसाईलाई चार दिन हिरासत राख्न अनुमित!!!
कृपया आफ्नो धारणा व्यक्त गर्नुहोला ।

  #सुनौलो_अवसरनेपालमा विदेशी रोजगार (श्रमिक) भिसा लिएर विदेशमा काम गर्न गएका नेपाली मजदुरलाई लक्षित गरेर धेरै कम्पनीहरूल...
18/11/2025


#सुनौलो_अवसर
नेपालमा विदेशी रोजगार (श्रमिक) भिसा लिएर विदेशमा काम गर्न गएका नेपाली मजदुरलाई लक्षित गरेर धेरै कम्पनीहरूले"वैदेशिक रोजगार (Foreign Employment) कोटा" भनेर छुट्टै IPO quota राख्ने व्यवस्था छ ।

तर धेरै श्रमिकहरूलाई यो जानकारी नै हुँदैन,
जसका कारण उनीहरूले सिधै सामान्य सर्वसाधारण (public) IPO मा आवेदन दिन्छन् र आफ्ना लागि छुट्याइएको विशेष अवसरको उपयोग गर्न सक्दैनन्।

सरल विश्लेषण र फाईदाहरु ;

* नेपालमा धेरै कम्पनीहरूको IPO मा वैदेशिक रोजगार कोटा छुट्याइन्छ (१०%–?% बीच)।
* यो कोटा विदेशमा श्रमिक भिसामा काम गरिरहेका नेपालीका लागि मात्र हो।
* आवेदन दिने प्रक्रिया सामान्य भन्दा सजिलो हुन्छ, प्रतिस्पर्धा पनि कम हुने हुँदा लगानी पाउने सम्भावना धेरै हुन्छ।
* तर जानकारी अभावका कारण धेरै श्रमिकलाई यसको बारेमा थाहा नै हुँदैन।

#निष्कर्ष;
वैदेशिक रोजगारी कोटा श्रमिकहरूको लागि राम्रो अवसर हो तर जानकारी नहुँदा धेरैले उपयोग गर्न सकिरहेका छैनन्।
सरल जानकारी प्रचार र वित्तीय साक्षरता बढेमा श्रमिकहरूले यसबाट बढी लाभ लिन सक्छन्।
त्यसैले आज नै गएर नजिकै को बिदेशमा रहेको नेपाली बैंकमा गएर रेमिट्यान्स खाता खोलेर मेरो शेयरको लागी आएको भन्नुहोस् बाकी कार्य बैंक आफैले गरिदिने छन् ।
अझ थप जानकारीको लागी "Youtube" मार्फत यस सम्बन्धी जानकारी लिन सक्नु हुनेछ।

भारतमा रेल दुर्घटनामा परी झापा कचनकवलका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-४ स्थित पगलीभिट्टा निव...
17/11/2025

भारतमा रेल दुर्घटनामा परी झापा कचनकवलका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-४ स्थित पगलीभिट्टा निवासी कार्तिक मियाँका छोरा फरमुद आलम रहेका छन् ।

पारिवारिक स्रोतका अनुसार आलम दिल्लीबाट रेल चढेर घर फर्कने क्रममा गएराति उत्तर प्रदेश राज्य जागिपुर रेलवे स्टेसन नजिकै लडेर गम्भीर घाइते भएका थिए । घाइते उनको त्यही क्रममा मृत्यु भएको हो।

उनी कामको शिलशिलामा केही महिना अगाडि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । यता शवको कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

 #हार्दिक_श्रद्धाञ्जली कचनकवल गाउँपालिकाका कर्मचारी गणेशको निधन।।।कचनकवल गाउँपालिकाका कर्मचारी वसन्त गणेशको सोमबार राति ...
17/11/2025

#हार्दिक_श्रद्धाञ्जली
कचनकवल गाउँपालिकाका कर्मचारी गणेशको निधन।।।

कचनकवल गाउँपालिकाका कर्मचारी वसन्त गणेशको सोमबार राति निधन भएको छ। कचनकवल –५ डाँगावारि निवासी गणेश गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । गणेश लामो समयदेखि मल्टिअर्गन फेलियर रोगबाट पीडित थिए।

शरीरले रगत उत्पादन गर्न छाडेपछि उनी उपचाररत अवस्थामा मेची प्रादेशिक अस्पतालमा सोमबार बिहान करिब २ बजे निधन भएका पारिवारिक स्रोतले जनाएको छ। निधनपछि उनको शव घर ल्याइएको पारिवारिक स्रोतले जनाएको छ।

Address

Sombare
Bhadrapur

Telephone

+9779845450020

Website

Alerts

Be the first to know and let us send you an email when Prithvinagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share