Lokboli

Lokboli Online News Portal From Nepal

बन्चरे डाँडामा फेरि अवरोध: मध्यपुर थिमि नगरपालिकाद्वारा नगरवासीलाई फोहोर घरमै व्यवस्थापन गर्न आग्रह .​भक्तपुर। काठमाडौं ...
20/11/2025

बन्चरे डाँडामा फेरि अवरोध: मध्यपुर थिमि नगरपालिकाद्वारा नगरवासीलाई फोहोर घरमै व्यवस्थापन गर्न आग्रह .

​भक्तपुर। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने मुख्य थलो बन्चरे डाँडा ल्यान्डफिल साइटमा फेरि अवरोध सिर्जना भएपछि मध्यपुर थिमि नगरपालिकाले आफ्ना नगरवासीहरूलाई घरबाट निस्कने फोहोरलाई सुरक्षित साथ आ-आफ्नो स्थानमै व्यवस्थापन गर्न अपिल गरेको छ।
​नगरपालिकाले हालै एक सूचना जारी गर्दै मिति २०८२ साल मंसिर २ गते (सोमबार) देखि बन्चरे डाँडामा फोहोर व्यवस्थापन कार्यमा रोक लागेको जानकारी दिएको छ। बन्चरे डाँडामा फोहोर फाल्न नपाएपछि नगरपालिकाले तत्कालका लागि फोहोर संकलन र ढुवानी गर्न नसक्ने अवस्था आएको हो।
​के भन्छ नगरपालिकाको सूचना?
​नगरपालिकाले जारी गरेको सूचनामा स्पष्ट भनिएको छ:
​“बन्चरे डाँडा ल्यान्डफिल साइटमा मिति २०८२/०८/०२ गतेदेखि फोहोर व्यवस्थापनमा अवरोध भएको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि मध्यपुर थिमि नगरपालिकाका सम्पूर्ण नगरवासीहरूलाई आ-आफ्नो घर/आँगनबाट निस्कने फोहोरलाई सुरक्षित साथ आफ्नै स्थानमा व्यवस्थापन गरिदिनुहुन यो सूचना प्रकाशित गरिएको छ।”
​नगरवासीलाई कसरी गर्ने व्यवस्थापन?
​यस विषम परिस्थितिमा नगरपालिकाले नगरवासीलाई फोहोर घरमै कुहाउने (कम्पोस्ट बनाउने) वा सुक्खा फोहोरलाई सुरक्षित राखेर फोहोर संकलन सुरु भएपछि मात्रै दिन अनुरोध गरेको छ। वातावरण स्वच्छ राख्न र संक्रमणको जोखिमबाट बच्नका लागि सबैले यस अपिललाई पालना गर्नुपर्नेमा नगरपालिकाले जोड दिएको छ।
​बन्चरे डाँडाका स्थानीय बासिन्दाहरूले विगतका सहमतिहरू कार्यान्वयन नभएको भन्दै पटक-पटक फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन्। यस अवरोधको समाधान नभएसम्म उपत्यकाभरिका नगरपालिकाहरूको फोहोर व्यवस्थापन कार्य प्रभावित भइरहने देखिएको छ।
​[लोकबोलि डट कम]

``प्राङ्गारिक मलमा अनुदान कार्यक्रम,मात्र १३ दिन बाँकी!´´लोकबोलि.कम / भक्तपुर।मध्यपुर थिमि नगरपालिकाले रासायनिक मलको प्र...
19/11/2025

``प्राङ्गारिक मलमा अनुदान कार्यक्रम,मात्र १३ दिन बाँकी!´´

लोकबोलि.कम / भक्तपुर।
मध्यपुर थिमि नगरपालिकाले रासायनिक मलको प्रयोगलाई घटाउदै स्थानीय कृषि उपजलाई पूर्णतया प्राङ्गारिक बनाउने आफ्नो महत्त्वाकांक्षी अभियान शुरु गरेको छ। नगरपालिकाले सुरु गरेको ५० प्रतिशत अनुदानमा प्राङ्गारिक मल वितरण अभियान मा सहभागी हुनका लागि किसानहरूले निवेदन दिने म्याद सकिन अब मात्र १३ दिन (२०८२/०७/२७ गतेसम्म) बाँकी रहेको छ।

नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले यो कार्यक्रमलाई केवल माटोको स्वास्थ्य सुधारका लागि मात्र नभई स्वस्थकर कृषि उपजको उत्पादनमा वृद्धि गराई उपभोक्तालाई स्वस्थकर खाद्यान्न उपलब्ध गराउने बृहत् योजनाको पहिलो खुड्किलो रहेको स्पष्ट पार्नुभएको छ।

प्राङ्गारिक मलपछि अब बीउ, सिँचाइ र उपकरणमा लगानी!

प्राङ्गारिक मलको वितरणलाई निरन्तरता दिँदै नगरपालिकाको समग्र कृषि पेशालाई आधुनिकरण गर्नका लागि थप कदमहरू चालिने जसका लागि नगरपालिकाले कृषि उत्पादकत्व वृद्धि गर्दै स्वस्थकर जीवन बनाउने नगरपालिकाको लक्ष्यलाई साकार पार्नका लागि स्थानिय बीउ, सिँचाइ, कृषि उपकरण तथा कृषि सामाग्रीमा अनुदान तथा वितरण जस्ता कार्यक्रमहरू पनि क्रमिक रूपमा कार्यान्वयनमा ल्याउनेछ।जसका लागि नगरपालिकाले आवश्यक बजेटसमेत सुनिश्चित गरिसकेको उपप्रमुख श्रेष्ठले जानकारी गराउनु भयो।

"हामी किसानहरूलाई केवल प्राङ्गारिक मल दिएर मात्र सीमित हुँदैनौं," उपप्रमुख श्रेष्ठले भन्नुभयो, बीउबिजन,सिँचाइ र उन्नत कृषि उपकरणमा अनुदान दिई कृषि उत्पादनको लागत घटाउँदै उत्पादकत्व बढाउनु हाम्रो मुख्य उद्देश्य हो। यसले किसानको आम्दानी बढाउँछ र अन्ततः स्वस्थ समाज निर्माणमा टेवा पुग्छ।"

मध्यपुर थिमि नगरपालिकाले १३ दिनभित्र निवेदन दिन कृषकलाई आग्रह :

रासायनिक मलको प्रयोग घटाएर जैविक खेती प्रविधी प्रयोगमा ल्याउन नगरपालिकाले गरेको यो पहलमा सहभागी हुन इच्छुक कृषक, कृषक समूह र कृषि सहकारीहरू लाई तोकिएको म्याद (२०८२/०७/२७) भित्र आवश्यक कागजातसहित नगरपालिकाको कृषि विकास शाखामा निवेदन दिन अपिल गरिएको छ।
प्राङ्गारिक मलमा अनुदान र कृषि पूर्वाधारमा बजेट सुनिश्चितताको घोषणाले मध्यपुर थिमि नगरपालिकालाई रसायन मुक्त कृषि र व्यवसायिक कृषि तर्फ डोर्याउने सहयोग मिल्ने स्पष्ट सन्देश दिएको छ।

🚨 ब्रेकिङ न्युज: मध्यपुर थिमि नगरपालिकाको अल्टिमेटम: मंसिर मसान्तभित्र व्यवसाय दर्ता नगरे जरिवाना लाग्ने ।लोकवोलि संवादद...
18/11/2025

🚨 ब्रेकिङ न्युज:
मध्यपुर थिमि नगरपालिकाको अल्टिमेटम: मंसिर मसान्तभित्र व्यवसाय दर्ता नगरे जरिवाना लाग्ने ।

लोकवोलि संवाददाता, भक्तपुर
मध्यपुर थिमि नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका सम्पूर्ण व्यवसायहरू लाई २०८२ साल मंसिर मसान्तभित्र अनिवार्य रूपमा नगरपालिकामा दर्ता गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र दर्ता प्रक्रिया पूरा नगर्ने व्यवसायलाई नगरपालिकाले आर्थिक ऐन बमोजिम कारबाही र जरिवाना गर्ने चेतावनी दिएको छ।
नगरपालिकाको राजस्व प्रशासन शाखाले आज (२०८२/०७/३० गते) सार्वजनिक गरेको सूचनामा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नगरपालिकाको आर्थिक ऐनले हरेक व्यवसायलाई अनिवार्य दर्ता गर्नुपर्ने कानूनी व्यवस्था गरेको स्मरण गराइएको छ।

सूचनामा उल्लेख भएअनुसार, म्याद (२०८२ मंसिर मसान्त) भित्र दर्ता नभएका व्यवसायलाई मध्यपुर थिमि नगरपालिकाको आर्थिक ऐन, २०८२ मा तोकिएबमोजिमको जरिवाना र कारबाही हुनेछ। यसबाट पछि पछुताउनु नपरोस् भनेर नगरपालिकाले सम्पूर्ण सरोकारवालालाई समयमै दर्ता गर्न हार्दिक अनुरोध गरेको छ।
कसरी गर्ने दर्ता?
सम्बन्धित व्यवसायीहरूलाई आफ्नो व्यवसाय दर्ता गर्नका लागि नजिकैको सम्बन्धित वडा कार्यालय मार्फत सम्पर्क गरी आवश्यक कागजात सहित दर्ता प्रक्रिया अगाडि बढाउन भनिएको छ।

07/11/2025

ङतभूलु अजिमा ( नरदेवी ) श्वेतकली १२ बर्षे देविनाच- बनेपा

18/10/2025

नेपाल प्राकृतिक सौन्दर्यले भरिएको छ । कमी छ मात्र सकारात्मकताको ।

मध्यपुर उज्यालो अभियान कार्यान्वयन : दशैंअगावै सडक उज्यालोमध्यपुर थिमि नगरपालिका ।मध्यपुर थिमि नगरपालिकाले महत्वाकांक्षी...
28/09/2025

मध्यपुर उज्यालो अभियान कार्यान्वयन : दशैंअगावै सडक उज्यालो

मध्यपुर थिमि नगरपालिका ।
मध्यपुर थिमि नगरपालिकाले महत्वाकांक्षी योजना “मध्यपुर उज्यालो अभियान” अन्तर्गत दशैंको मुखैमा नगरका सडकहरू उज्यालो पारेको छ । करिब दुई वर्षअघि सुरू गरिएको यो अभियान नगरवासीलाई सुरक्षित र सहज जीवन दिने लक्ष्यका साथ अघि बढाइएको हो ।

नगरवासीलाई सेवा–सुविधा उपलब्ध गराउन समर्पित जनप्रतिनिधिहरूको प्रतिबद्धता स्वरूप ३ करोड ५० लाख भन्दा बढीको लागतमा १६ किलोमिटर सडकमा सडक बत्ती जडान गरिएको हो ।

हालको प्रतिकूल सुरक्षा अवस्थाले जनजीवन त्रासमा रहेको र प्रहरी पक्षबाट पर्याप्त सुरक्षा सुनिश्चित हुन नसकेको सन्दर्भमा सडक बत्ती प्रमुख आवश्यकता बनेको थियो । नेपाल विद्युत प्राधिकरणले पूर्णरूपमा काम सम्पन्न नगरेको अवस्थामा पनि दशैंअघि नै म्यानुअल विधिबाट बत्ती बाल्ने व्यवस्था मिलाइएको छ ।

नगर उपप्रमुख विजय कृष्णका अनुसार दशैंपछि नगरका सम्पूर्ण सडकमा स्मार्ट विधिबाट सडक बत्ती संचालनमा ल्याइनेछ । साथै, यो महत्वाकांक्षी योजना नेपाल विद्युत प्राधिकरण र मध्यपुर थिमि नगरपालिकाबीच ६५% र ३५% लागत साझेदारीमा कार्यान्वयनमा ल्याइएको हो ।

सडक उज्यालो भएपछि दशैं नजिकिँदै गर्दा स्थानीयवासीहरू खुशी र उत्साहित बनेका छन् ।

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Lokboli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lokboli:

Share