Dolakha Online

Dolakha Online New news page .

दाेलखामा भत्कियाे एमाले किल्ला : पार्वत र आनन्दकै गाउँपालिका गुमेलामाे समय देखिकाे आफ्नो गढ जिल्ला दाेलखाका धेरै स्थानबा...
18/05/2022

दाेलखामा भत्कियाे एमाले किल्ला : पार्वत र आनन्दकै गाउँपालिका गुमे

लामाे समय देखिकाे आफ्नो गढ जिल्ला दाेलखाका धेरै स्थानबाट एमाले बढारिएकाे छ ।

२०७४ मा ९ मध्ये ७ स्थानीय तह र ७४ मध्ये ४४ ओटा जितेकाे एमाले या निर्वाचनमा नराम्ररी खुम्चिएकाे छ ।

बुधबार साँझसम्म सकिएकाे मतगणना अनुसार एमालेले दुई ओटा स्थानीय तहमा मात्रै प्रमुख र उपप्रमुख जितेकाे छ । ५८ वडाकाे मतपरिणाम आउँदा एमालेले १५ वडा जितेकाे छ ।

माओवादीले २१ वडा जितेकाे छ । कांग्रेसले २० ओटा वडामा अध्यक्ष विजयी भएका छन् । दुई ओटा वडामा स्वतन्त्रले अध्यक्ष जितेका छन् ।

६ ओटा स्थानीय तहकाे मतगणना सकिदा जिरी नगर र मेलुङ गाउँपालिकामा मात्र एमालेले जितेकाे छ । जिरीका ९ मध्ये एउटा मात्र वडा अध्यक्ष जितेर अल्पमतकाे कार्यपालिकाकाे नेतृत्व गर्ने गरि एमालेका मेयर र उपमेयर विजयी भएका छन् ।

कांग्रेसले कालिञ्चाेक गाउँपालिका र वैत्येश्वर गाउँपालिकामा अध्यक्ष जितेकाे छ । वैत्येश्वरमा कांग्रेसका जिल्ला उपसभापति छवि लामा अध्यक्ष र कांग्रेसकै कल्पना उप्रेतीले उपाध्यक्ष पदमा चुनाव जितेका छन् । छवि यश अघि समेत गाउँपालिका अध्यक्ष थिए । कालिञ्चाेकमा कांग्रेसका अर्का जिल्ला उपसभापति अर्जुन शिवाकोटीले अध्यक्ष र माओवादी केन्द्रका कुलबहादुर बुढाथोकीले उपाध्यक्ष जितेका छन् ।

गाैरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विश्वास कार्कीले अध्यक्ष र कांग्रेसका श्यामसुन्दर तामाङले उपाध्यक्ष जितेका छन् । याे एमालेका पाेलिटब्युराे सदस्य एवं पूर्व सञ्चारमन्त्री पार्वत गुरुङको गाउँपालिकामा हाे ।

२०७४ काे स्थानीय चुनावमा पालिका अध्यक्ष र उपाध्यक्ष सहित ७ ओटा वडा जितेको एमाले एउटा वडामा खुम्चिएकाे छ । ९ ओटा वडा रहेकाे पालिकाका ५ ओटामा माओवादी केन्द्र र तीन ओटा वडामा नेपाली कांग्रेसले जितेकाे छ । याे गाउँपालिकालाई एमाले नेता गुरुङले आफ्नो किल्लाका रुपमा घाेषणा गर्ने गरेका थिए ।

यस्तै अर्का पाेलिटब्युराे सदस्य एवं पूर्व पर्यटन मन्त्री आनन्द पाेखरेलकाे तामाकाेशी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अध्यक्ष जितेको छ । उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएकी छन् ।

विगु र शैलुङ गाउँ पालिका साथै भीमेश्वर नगरपालिकाकाे मतपरिणाम आउन बाकी छ । भीमेश्वरकाे मेयरमा कांग्रेसका ईश्वर मानन्धरले अग्रता लिईरहेका छन् । एमालेका गढ वडाहरुकाे गणना गर्दा समेत उनी नै अगाडि देखिएकाले उनले सहजै जित निकाल्ने आकलन गरिएकाे छ। उपमेयरमा एमालेकी कमला बस्नेत र समाजवादीकि संगीता पाख्रिन बिच प्रतिष्पर्धा छ । बस्नेतकाे वडा सकेर पाख्रिनकाे वडा गणना हुन बाकी रहेकाले कमलालाई समेत उपमेयरमा चुनाैती छ । एमाले गढ मानिने वडा नं १ काे सुष्पाक्षमावतीमा कांग्रेसकाे प्यानलनै विजयी भएकाे छ । याे कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीकाे वडा हाे ।
विगु र शैलुङमा माओवादी केन्द्रका अध्यक्षहरुले अग्रता लिईरहेका छन्।

Bolichali.com बाट साभार गरिएको

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Dolakha Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share