12/06/2026
आज बीपी राजमार्गमा भएको दुःखद बस दुर्घटनामा घाइते भएकी यी नानी हाल धुलिखेल अस्पतालमा उपचाररत छिन्। तर विडम्बना, अहिलेसम्म उहाँका आफन्त वा परिवारजनको पहिचान हुन सकेको छैन।
एक नाबालिका अस्पतालको शय्यामा आफ्ना प्रियजनको प्रतीक्षामा छिन्। सायद उहाँका आमाबुबा, दाजुभाइ, दिदीबहिनी वा आफन्तहरू पनि चिन्तित मन लिएर खोजीमा हुनुहुन्छ होला।
कृपया यो सन्देशलाई सकेसम्म धेरै ठाउँमा शेयर गरिदिनुहोस्। यदि कसैले यी नानीलाई चिन्नुहुन्छ वा उहाँका परिवारजनबारे जानकारी छ भने तत्काल धुलिखेल अस्पतालमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ।
तपाईंको एउटा शेयरले यी नानीलाई आफ्ना आफन्तसम्म पुग्न मद्दत गर्न सक्छ। मानवताको खातिर यो सूचना फैलाऔँ। 🙏
#कृपया