Rafat Sanchar Club

Rafat Sanchar Club आवाज विहीनहरुको आवाज, शान्तिका लागि र?

सत्यतामा बसी सामाजिक विकासका लागि उठाउनुस् आवाज, हामी तपाईंको साथमा छौं । स्थानीय स्तरका विषय नबनुन् राष्ट्रिय समस्या, प्रेस संयोजनका लागि रफतको सदा रहनेछ रचनात्मक भूमिका ।

07/06/2026

संसद अवरोध राष्ट्रहितका लागि हो, कुनै व्यक्ति वा दलविरुद्ध होइन : ऐन महर

28/05/2026

गणतन्त्रको बिकल्प गणतन्त्र नै हो । नेपालमा १०० खर्बको युरोनियम छ कसले आँखा नलाओस्, नेपाल सरकारले यता ध्यान दिनु पर्छ । दैलेखको पट्रोल खानीले नेपालीको आर्थिक जीवनमा कायापल्ट गर्न सक्छ : पूर्व मन्त्री पाण्डे

दैलेख पेट्रोलियम परियोजनामा ढिलाइ नगर्न कांग्रेसको चेतावनीभक्तपुर ।  नेपाली कांग्रेसकी प्रमुख सचेतक वास्ना थापा ले दैलेख...
19/05/2026

दैलेख पेट्रोलियम परियोजनामा ढिलाइ नगर्न कांग्रेसको चेतावनी

भक्तपुर । नेपाली कांग्रेसकी प्रमुख सचेतक वास्ना थापा ले दैलेखको पेट्रोलियम उत्खनन परियोजनालाई सरकारले प्राथमिकतामा राख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

रफत सञ्चार क्लबमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले सुर्खेत–दैलेख सडकको कमजोर अवस्थाका कारण उत्खनन कार्य प्रभावित भएको बताइन्। नेपालकै आर्थिक रूपान्तरण गर्न सक्ने क्षमता बोकेको यो परियोजनालाई तीव्र गतिमा अघि बढाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

थापाले संसदमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमाथि पनि प्रश्न उठाइन्। सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्रीले प्रत्यक्ष जवाफ नदिनुले संवैधानिक जिम्मेवारी र संसदीय मर्यादामाथि प्रश्न उठेको उनको टिप्पणी थियो।

उनले नेपाली कांग्रेस संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिने स्पष्ट पार्दै सरकारका सकारात्मक कामलाई समर्थन र कमजोरीमाथि खबरदारी गरिरहेको बताइन्।

कांग्रेसभित्र विभाजनको चर्चा चलिरहेको विषयमा प्रतिक्रिया दिँदै थापाले पार्टीभित्रको बहस, गुट–उपगुट र विचार मन्थनलाई लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गरिन्। महाधिवेशन नजिकिँदै जाँदा यस्ता गतिविधि स्वाभाविक हुने भन्दै उनले शीर्ष नेतृत्वले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विश्वास व्यक्त गरिन्।

देशैभर ‘मादलमय’ अभियान चलाउन सुवालको आह्वान, ‘नेमकिपा नै राष्ट्रवादी विकल्प’भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)...
23/02/2026

देशैभर ‘मादलमय’ अभियान चलाउन सुवालको आह्वान, ‘नेमकिपा नै राष्ट्रवादी विकल्प’

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले देशव्यापी रूपमा ‘मादलमय’ अभियान चलाउन मतदातासँग आह्वान गरेका छन्।

रफत सञ्चार क्लबमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले २१ गतेको निर्वाचनलाई राष्ट्रवादी र राष्ट्रघाती शक्तिबीचको निर्णायक प्रतिस्पर्धा भएको दाबी गरे। “निर्वाचन हाम्रो लागि ब्यारोमिटर हो। यसले देश कता जाने भन्ने दिशा तय गर्छ,” उनले भने।

सुवालले विगतमा देश लुट्नेहरू फेरि मत माग्न आउने भन्दै मतदातालाई सचेत हुन आग्रह गरे। “मत नै देश परिवर्तनको अन्तिम अस्त्र हो। मादल चिन्हको विकल्प छैन,” उनले जोड दिए।

कामदार वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएकाले जनताले नेमकिपालाई जिताउनुपर्ने उनको भनाइ थियो। उनले संसदलाई पद र सत्ताको थलो होइन, देश र जनताको सेवा गर्ने मञ्चका रूपमा लिँदै आएको उल्लेख गर्दै गलत ऐन–नियम पारित हुन नदिन नेमकिपाले भूमिका खेलेको दाबी गरे।

सीमा अतिक्रमण, विदेशी विस्तारवाद र एमसीसीजस्ता सम्झौताविरुद्ध आफ्नो पार्टीले निरन्तर आवाज उठाएको उनले बताए। जलविद्युत् स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने, विदेशी नागरिकता लिएकाहरूको नागरिकता खारेज गर्नुपर्ने तथा बंशज आमा–बुबाका सन्तानलाई मात्र बंशजको नागरिकता दिनुपर्ने माग पनि उनले दोहोर्‍याए।

युवालाई अनिवार्य सैनिक तालिम, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण, प्रत्येक प्रदेशमा हिमाल–पहाड–तराई समेटिने गरी संविधान संशोधन, तराईलाई अन्न भण्डार बनाउने र चुरे दोहन रोक्ने जस्ता एजेन्डा आफ्नो घोषणापत्रमा समेटिएको उनले जानकारी दिए।

देशका उद्योग–कलकारखाना निजीकरणभन्दा सामाजिककरणमार्फत सञ्चालन गर्नुपर्ने, गोरखा भर्ती केन्द्र बन्द गर्नुपर्ने र राष्ट्रिय सार्वभौमसत्तामाथि आघात पुग्ने सम्झौता अस्वीकार गर्नुपर्ने उनको भनाइ थियो।

नेमकिपाले १२० स्थानमा प्रत्यक्ष उम्मेदवारी दिएको र ४५ जना महिला उम्मेदवार उठाएको उल्लेख गर्दै उनले महिलाको अधिकार सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको बताए।

भदौ २३–२४ को घटनामा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै सुवालले अन्य दललाई मत दिनु “भष्मासुरलाई वरदान दिनुजस्तै” हुने टिप्पणी गरे।

भक्तपुर–२ मा गठबन्धनभन्दा बढी मतसहित काँग्रेसको ऐतिहासिक जित हुन्छ : राणाभक्तपुर । भक्तपुर क्षेत्र नं–२ मा चुनावी माहोल ...
22/02/2026

भक्तपुर–२ मा गठबन्धनभन्दा बढी मतसहित काँग्रेसको ऐतिहासिक जित हुन्छ : राणा

भक्तपुर । भक्तपुर क्षेत्र नं–२ मा चुनावी माहोल तातिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार कबिर राणाले आफू गठबन्धनले अघिल्लो निर्वाचनमा पाएको मतभन्दा बढी मतसहित विजयी हुने ठोकुवा गरेका छन्।

रफत सञ्चार क्लबद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै राणाले भक्तपुर–२ काँग्रेसको परम्परागत गढ रहेको स्मरण गराउँदै यसपटकको निर्वाचनमा “इतिहास दोहोरिने मात्र होइन, नयाँ कीर्तिमान बन्ने” दाबी गरे।

उनका अनुसार विगतमा गठबन्धनका कारण काँग्रेसका धेरै मतदाताले खुला रूपमा आफ्नो पार्टीलाई मत हाल्न नपाएको अवस्था थियो। तर यसपटक आफ्नै उम्मेदवार मैदानमा रहेकाले काँग्रेस समर्थकहरू पूर्ण रूपमा सक्रिय भएको उनले बताए। “यो पटक काँग्रेसको मत काँग्रेसकै बाकसमा खस्नेछ,” राणाको विश्वास छ।

भक्तपुर–२ मा हालसम्म भएका सात निर्वाचनमध्ये चार पटक काँग्रेसले विजय हासिल गरिसकेको तथ्य प्रस्तुत गर्दै उनले यस क्षेत्रको ऐतिहासिक आधार अझै बलियो रहेको जिकिर गरे। देशव्यापी रूपमा काँग्रेसप्रति बढ्दो समर्थनले पनि आफ्नो जित सुनिश्चित भएको उनको भनाइ छ।

३६ वर्ष लामो पत्रकारिता यात्रासँगै राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका राणाले आफूलाई “अनुभव र नयाँ सोचको संयोजन”का रूपमा प्रस्तुत गरेका छन्। नयाँ अनुहारका रूपमा मतदातासँग प्रत्यक्ष संवाद बढाएको उल्लेख गर्दै उनले स्पष्ट शब्दमा भने, “भक्तपुर–२ मा मेरो जितमा कुनै शंका छैन, काँग्रेस पहिलो शक्ति बन्नेछ।”

https://www.rafatnews.com/2025/11/04/60286
04/11/2025

https://www.rafatnews.com/2025/11/04/60286

भक्तपुर । देश अहिले चुनाव र संवैधानिक संकटबीचको सेन्टर पोइन्टमा उभिएको नेताहरूको टिप्पणी छ। एकातिर निर्वाचनको .....

https://youtu.be/8tDnjMCpxGg?si=u6Qx0YDvTnGATAs9
27/09/2025

https://youtu.be/8tDnjMCpxGg?si=u6Qx0YDvTnGATAs9

यो सरकार जनताको अभिमतबाट होइन, तोडफोड र आगजनीबाट बनेको होः ओली | kp sharma oliयस भिडियोमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व .....

Address

Suryabinayak
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Rafat Sanchar Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rafat Sanchar Club:

Share