Newa Dey Daboo

Newa Dey Daboo About Nepal

08/07/2026

अमेरिकी CIA को लागि सुदन गुरुङले काम गर्छ...

08/07/2026

चीनको एक अदालतले करिब २.२ अर्ब युआन (३२५ मिलियन अमेरिकी डलर) बराबर घुस लिएको अभियोगमा नान्जिङका पूर्वसरकारी अधिकारी याङ योउलिनलाई मृत्युदण्डको सजाय सुनाएको छ।

६९ वर्षीय याङले सन् १९९३ देखि २०२३ सम्म नान्जिङ शहरमा विभिन्न सरकारी पदमा रहँदा इन्जिनियरिङ ठेक्का, जग्गा हस्तान्तरण तथा वित्तीय सुविधा दिलाइदिने नाममा ठूलो रकम र बहुमूल्य वस्तु घुस लिएको अदालतले ठहर गरेको छ। उनीमाथि भ्रष्टाचारसँगै सरकारी सम्पत्ति हिनामिना, अधिकारको दुरुपयोग तथा सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) को आरोप पनि पुष्टि भएको छ।

जियाङ्सु प्रान्तको छाङझोउ अदालतले याङका अपराधहरू "अत्यन्त गम्भीर" रहेको र त्यसबाट राज्य तथा जनताको हितमा ठूलो क्षति पुगेको उल्लेख गर्दै मृत्युदण्ड सुनाएको हो।

याङविरुद्धको अनुसन्धान राष्ट्रपति शी जिनपिङले सञ्चालन गर्दै आएको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गत गरिएको थियो। पछिल्ला वर्षहरूमा उक्त अभियानले उच्च सरकारी अधिकारी, सैन्य नेतृत्व तथा बैंकिङ क्षेत्रका प्रभावशाली व्यक्तिहरूमाथि पनि कारबाही गरेको छ।

याङले अनुसन्धानमा सहयोग गर्दै दोष स्वीकार गरेका थिए र अन्तिम बयानमा पश्चातापसमेत व्यक्त गरेका थिए। तर अदालतले उनको सहयोग अपराधको गम्भीरताका तुलनामा पर्याप्त नरहेको निष्कर्ष निकाल्दै सजायमा कुनै सहुलियत नदिएको जनाएको छ।

चीनमा आर्थिक अपराधमा मृत्युदण्ड दुर्लभ भए पनि अत्यधिक रकमको भ्रष्टाचार भएका घटनामा यस्तो सजाय सुनाइने गरेको छ। यसअघि सन् २०२१ मा पूर्ववित्तीय अधिकारी लाइ सियाओमिनलाई १.८ अर्ब युआन घुस लिएको अभियोगमा मृत्युदण्ड दिइएको थियो भने सन् २०२४ मा भित्री मंगोलियाका पूर्वअधिकारी ली जियानपिङलाई ३ अर्ब युआनभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मृत्युदण्ड कार्यान्वयन गरिएको थियो।

07/07/2026
याेमरी उत्सव भक्तपुर २०८२
06/12/2025

याेमरी उत्सव भक्तपुर २०८२

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

Address

Hakufalcha
Bhaktapur
44800

Website

Alerts

Be the first to know and let us send you an email when Newa Dey Daboo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share