09/12/2024
बालबालिकाले किन सिक्न सक्दैनन् ?
सिकाइ सम्बन्धी केही आधारभूत कठिनाइहरू जसका कारण बालबालिका सिक्न सकिरहेका हुँदैनन्।
१. पढ्न कठिनाइ
शब्द/वर्ण चिन्न नसक्नु, न्यूनतम शब्द पढ्न नसक्नु, शब्दावली कम हुनु, विषयवस्तुको बोध गर्न नसक्नु, पढ्ने उत्साह नहुनु,
२. लेख्न कठिनाइ
यस अन्तर्गत लेख्न आइडिया नहुनु, विचारलाई व्यवस्थित गर्न नसक्नु, वाक्य र व्याकरण कमजोर हुनु, पर्याप्त शब्दावली नहुनु
३. ध्यान केन्द्रित गर्न नसक्नु
यस अन्तर्गत पढाइको बेवास्ता गर्नु,
अति चञ्चल स्वभावको हुनु, मन अस्थिर हुनु आदि हुन् ।
४. हिसाब गर्न कठिनाइ
यस अन्तर्गत अङ्कको धारणा नहुनु, हिसाबको प्रक्रिया अवलम्बन गर्न नसक्नु, शाब्दिक समस्या समाधान गर्न नसक्नु, गणितका साधारण तथ्यको जानकारी नहुनु , हिसाबको डर
५. स्मरण सम्बन्धी कठिनाइ
यस अन्तर्गत सक्रिय स्मरण गर्न नसक्नु, अल्पकालीन स्मरण कमजोर हुनु, दीर्घकालीन स्मरण कमजोर हुनु , मस्तिष्कमा संकेतिकरण गर्न नसक्नु, मस्तिष्कमा भण्डारण गरिएका कुरा पुन प्राप्त गर्न नसक्नु आदि।
६. सिकाई शैली
दृश्यात्मक सिकाई शैली, श्रोतात्मक सिकाई शैली, संवेगात्मक सिकाई शैली र मिश्रित सिकाई शैली आदि ।
सिकाउने व्यक्तिको शैली र सिक्ने व्यक्तिको शैली नमिल्दा पनि सिकाइमा समस्या हुन सक्छ।
७. सिकाई स्रोतको अभाव
पाठ्यपुस्तक नहुनु, प्रविधिमा पहुँच नहुनु, कम गुणस्तरीय शिक्षक, विद्यार्थी धेरै हुनु, कक्षाकोठामा संरचना कमजोर हुनु आदि ।
८ . सिकाई उत्साहको कमी
सिकाई प्रति रुचि नहुनु , विषयवस्तु कठिन हुनु, संवेगात्मक तत्त्वहरू एवम् अन्य तत्त्वहरू आदि ।
कक्षाकोठा सिकाइमा जति विद्यार्थीको सक्रिय सहभागिता हुन्छ सिकाइ उति नै सफल हुन्छ ।स्मरण रहोस् विद्यार्थीको सिकाइ समस्या समाधान नगरी कक्षाकोठामा सिकाइ हुँदैन ।