Aajakokhabar.com

Aajakokhabar.com सत्य तथ्य समाचार अनि मनोरञ्जन का निम्ती ।

Help Post: बाराको निजगढ नगरपालिका वडा नं ११ रतनपुर निवासी डिल बहादुर मोक्तानको १३ वर्षिय छोरा सम्रीद मोक्तान शुक्रबारको ...
25/04/2025

Help Post: बाराको निजगढ नगरपालिका वडा नं ११ रतनपुर निवासी डिल बहादुर मोक्तानको १३ वर्षिय छोरा सम्रीद मोक्तान शुक्रबारको दिनदेखि हराइरहेकाले तस्बिरमा भएका बालकलाई हेर्नुहुनेले तल दिएको नम्बरमा सम्पर्क गरी सहयोग गर्न अनुरोध गर्दछौं।🙏
सम्पर्क: 9844965030, 9746689965 (डील बहादुर मोक्तान)

Aajakokhabar.com

25/04/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

  रास्वपा सभापति रबिलाई पक्राउ गर्न कास्की जिल्ला अदालतमा भएको  सेटिङ्गvxको पर्दाफास भएको छ !१. कांग्रेस एमाले सरकार बने...
20/10/2024



रास्वपा सभापति रबिलाई पक्राउ गर्न कास्की जिल्ला अदालतमा भएको सेटिङ्गvxको पर्दाफास भएको छ !
१. कांग्रेस एमाले सरकार बनेपछी आफू अनुकुलका न्यायधिश मिलाउनका लागि गत श्रावण ९ गते अर्घाखाँची जिल्ला अदालतमा कार्यरत न्यायाधीश कृष्णजंग शाहलाई पोखरा जिल्ला अदालतमा सरुवा गरिन्छ

२. अनि सुक्रबार कास्की जिल्ला अदालतका ७ मध्ये ६ जना न्यायाधीशले एकैसाथ बिदा लिन्छन तर तिनै कृष्णजंग शाह भने नेपालगन्जबाट हतारहतार जहाजमार्फत पोखरा आउछन र करिब ३ बजे पछि अदालतमा हाजिर गर्छन ।
रबि पक्राउ पर्ने दिन ६ जनाले सक्थ्यो र पुर्जी जारी नहुन पनि सक्थ्यो , तर अरु सबै दबाबका कारण बिदा बस्दिएपछी त्यो काम कांग्रेस एमालेले चाहेकै न्यायाधीशको इजलासमा पुग्यो ।

४. र अन्त्यमा ती न्यायाधीश कृष्णजंग शाहले रबि बिरुद्द पक्राउ पुर्जी जारी गरे

कुरा छर्लङ्ग छ , कर्मचारी पुलिस न्यायाधीश सबै तिर कांग्रेस एमालेको सेटिङ छ । नेपाली जनता अब जाग्नुपर्छ !!

आजबाट ३ दिन राष्ट्रिय शोक ।
01/10/2024

आजबाट ३ दिन राष्ट्रिय शोक ।

सिर्सिया नदीमा एक बालिकाको शव देखिएको छ ।शव रानीघाट पुलबाट सिर्सियामा हाम फाल्ने बालिकाको हुनसक्ने अनुमान गरिएको छ ।
01/10/2024

सिर्सिया नदीमा एक बालिकाको शव देखिएको छ ।
शव रानीघाट पुलबाट सिर्सियामा हाम फाल्ने बालिकाको हुनसक्ने अनुमान गरिएको छ ।

23/09/2024



रामेछापमा जीप दुर्घटना २ जनाको मृत्यु !

23/09/2024


धनुषाको हिरासतबाट ९ थुनुवा फरार !!

23/09/2024

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको सम्पूर्णमा हार्दिक शुभकामना ॥

12/09/2024

वीरगंज महानगरपालिकाको बारेमा अनर्गल समाचार सम्प्रेषण गर्ने यस्ता टिभी च्यानललाई हामीले बहिष्कार गर्नुपर्छ एक स्थानीयले बताएका छन्। महानगरपालिकाको कुनै चासो र सरोकार नरहेको सरसफाई कर्मीहरुप्रति प्राइम टिभीका ब्युरो चिफले बीरगंज महानगरपालिकाको हकमा कुनै किसिमको वास्तविकता सत्य तथ्य नबुझी समाचार सम्प्रेषण गर्नु निन्दनीय रहेको यहाँका स्थानीय सञ्चारकर्मीहरुले प्रतिक्रिया दिएका छन् ।जसको फलस्वरूप बीरगंजमा प्राइम टिभी बहिष्कार अभियान सुरु भएको छ ।
ठेक्कापट्टामा गइसकेको सरसफाईलाई मेयरको नाम बदनाम हुनेगरी रिसिवी साध्न नै बिरगंजक
प्राईम टि. भि. का रिपोर्टर लगायत टिमको यो हर्कतले स्थानीय आक्रोशित भएका छन्। साथै
प्राईम टि. भि.का ब्यूरो प्रमुखले यथार्थ कुरालाई सम्प्रेषण नगरेको भन्ने स्थानीयवासीको आरोप छ ।

वीरगंज महानगरका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलब अबदेखि सोझै आफ्नै खातामा जानेवीरगंज / २६/ भदौ वीरगंज महानगरपा...
11/09/2024

वीरगंज महानगरका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलब अबदेखि सोझै आफ्नै खातामा जाने
वीरगंज / २६/ भदौ
वीरगंज महानगरपालिकाले महानगरभित्रका सामुदायिक शिक्षकहरुको तलब अबदेखि सोझै शिक्षकहरुकै व्यक्तिगत खातामा जाने प्रबन्ध मिलाएको छ । विगतमा विद्यालयमा पठाएर तलब बुझ्दै आएका शिक्षकहरुले अबदेखि भने आफ्नै खातामा मासिक रुपमा तलब बुझ्ने भएका हुन् ।
महानगरपालिकाले बुधबार सूचना निकाल्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुलाई आफ्नो तलबी खाता खोलेर विवरण तत्काल उपलब्ध गराउन आह्वान गरेको छ ।
सूचनामा भनिएको छ, ‘महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुको तलब निजहरुकै व्यक्तिगत खातामा पठाउने निर्णयअनुसार सबैले नबिल बैंकमा खाता खोली विद्यालयगत रुपमा संकलन गरी आउँदो सोमबारभित्र आर्थिक प्रशासन महाशाखा (शिक्षा) मा बुझाउन अनुरोध छ ।’
यसअघि सामुदायिक विद्यालयको बैंक खातामा रकम जम्मा गर्ने गरिएकोमा अबदेखि भने सिधै सम्बन्धित शिक्षक कर्मचारीको खातामा तलब जाने व्यवस्था मिलाइएको महानगर प्रमुख राजेशमान सिंहले बताए । विद्यालयमा तलब भत्ता पठाउँदा शिक्षकहरुले समयमै तलब बुझ्न नपाएको र उहाँहरुको दैनिकी पनि असहज भएको महसुस भयो,’ उनले भने, ‘त्यसैले अब देखि भने उहाँहरुको खातामा सोझै महानगरले नै तलब भत्ता पठाउँदा केही हदसम्म सहज हुने अपेक्षा छ ।’
महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले शिक्षक कर्मचारीले उपलब्ध गराएको नबिल बैंकको खातामा तलब पठाइने जानकारी दिए ।
विगतमा विद्यालयको खातामा तलब निकासा हुँदा समयमै तलब लिन शिक्षकहरुलाई झन्झट हुने गरेकोमा अब भने महानगरले शिक्षकहरुको समस्या बुझेर सोझै खातामा तलब जाने व्यवस्था मिलाएको पनि उनले बताए । ‘संचय कोष, नागरिक लगानी कोष र बीमा रकम भने विद्यालय मार्फत नै भुक्तानी गर्नु पर्ने भएकाले त्यो बाहेक शिक्षकहरुले खुद पाउने तलब भने अब सोझै शिक्षककै खातामा जाने व्यवस्था मिलाएका छौँ,’ उनले भने । महानगरमा रहेका ९१ वटै सामुदायिक विद्यालयमा यस्तो व्यवस्था लागू हुने पनि उनले जनाए ।
त्रिजुद्ध माद्यमिक विद्यालयका प्रधानाध्यापक नविन मिश्रले वीरगंज महानगरपालिकाले शिक्षकहरुको तलब मासिक रुपमा उनीहरुकै ब्यक्तिगत खातामा सोझै निकासा गर्ने व्यवस्था मिलाउनुलाई प्रसंसनीय भएको बताए । उनले यस अघि शिक्षकहरुलाई निकै सास्ती हुने गरेको भन्दै अब भने निजामति र सेना–प्रहरी सरह नै मासिक सोझै खातामा तलब पाउने सुन्दा उत्साहित बनेको सुनाउँछन् ।
शिक्षकको व्यक्तिगत खातामा मासिक रुपमा सोझै तलब जाँदा शिक्षकको जिवन सहज बनाउने भन्दै उनले वीरगंज महानगरपालिकाले शिक्षकहरुले उठाउँदै आएको माग र उनीहरुको समस्या सम्बोधन गरेर सार्वजनिक शिक्षा सुधारको काम गरेको पनि बताए ।

09/09/2024

जथाभावी पर्चापम्प्लेट टाँस्दै गरेका एक जना वीरगंज महानगरको नियन्त्रणमा
वीरगंज / २४ / भदौ
वीरगंज महानगरपालिकाले शहरलाई कुरुप बनाउने गरी विद्युतका पोल तथा खाली भित्ताहरुमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्नेलाई कारबाही गर्न सुरु गरेको छ ।
केही समयदेखि नै महानगरपालिकाले जथाभावी पोस्टर–पम्प्लेट नटाँस्नका लागि आग्रह गरे पनि अटेर गरी टाँस्नेलाई समातेर कारबाही गर्न सुरु गरेको हो ।
आइतबार राति जथाभावी पर्चा, पम्प्लेट टास्दै गरेको अवस्थामा महानगरको सरसफाई टोलीले एक जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाएको छ ।
छिमेकी देश भारत रक्सौलका चिकित्सकको नाममा हाइड्रोसिल, बबासिर, भकन्दर, गुप्त रोग, चर्म रोग लगायतको रोगको उपचार हुने भन्दै वीरगंजका विभिन्न स्थानमा जथाभावी पम्प्लेट टाँस्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरिएको महानगरको सरसफाई शाखा प्रमुख सर्फुद्धिन मियाँले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको जिल्ला लुधियाना ग्राम सिक्रीका संजय मलिक रहेका छन् । उनलाई थप कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको मियाँले जानकारी दिए ।
विभिन्न शिक्षण संस्था, इन्स्टिच्युट, सीपमूलक तथा व्यावसायिक तालीम दिने संस्था र वैदेशिक अध्ययनमा पठाउने संस्थाका साथै भारतीय झोले छाप डाक्टरहरुले यसप्रकारको प्रचार सामग्री शहरका पोलपोल र भित्ताहरुमा टाँस्नुका साथै वितरण गर्ने गरेको पाइएको छ ।
महानगरको सरसफाई शाखा र नगर प्रहरीको टोलीले अहिले नियमितरुपमा अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाएको सरसफाई शाखा प्रमुख मियाँले जानकारी दिए ।
घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल) मा पम्प्लेट र पोष्टर टाँस्न नदिने गरि सडकलाई सफा बनाउने अभियानलाई महानगरले तिब्रता दिएको हो । शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न महानगरले रोक लगाएको मियाँले बताए ।
मियाँका अनुसार यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने महानगरको तयारी छ । ‘पोस्टरमा टास्ने र टाँस्न लगाउनेहरुलाई नगरको नियम अनुसार कारवाही गछौं,’ उनले भने, ‘महानगर क्षेत्रलाई सुन्दर बनाउन विशेष योजनाका साथमा हामी लागेका छौँ ।’
शहरभरि बिजुलीका पोल, पर्खाल, भित्ता, बसपार्क, बस स्टपलगायतका सार्वजनिक स्थलभरि पोष्टर र पम्प्लेटको बिगबिगी हटाउन लागिएको बताउँदै उनले अब त्यसरी पोस्टर पम्प्लेट टाँसिएको पाइएमा नियन्त्रणमा नै लिएर कडा कारबाही गर्ने चेतावनी दिए ।

Address

Kathmandu
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when Aajakokhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aajakokhabar.com:

Share