Bageswori

Bageswori आफ्नो ठाउँ आफै बनाउँ। सोच बदलौं देश आफै बन्छ।

“नेपाली सेनाले नयाँ पुल बनाएको हैन। पुल प्लेन चढेर आएको हो। सेनाले नटबोल्ट कसेको हो।”- लालबाबु पण्डित
13/09/2026

“नेपाली सेनाले नयाँ पुल बनाएको हैन। पुल प्लेन चढेर आएको हो। सेनाले नटबोल्ट कसेको हो।”
- लालबाबु पण्डित

झापाको कन्काई पुल निर्माणमा ढिलाइ गरेपछि सरकारले पप्पु - महादेव खिम्ती जेभीलाई रु. १ अर्ब ९९ करोड १२ लाख तिर्न आदेश दिएक...
13/09/2026

झापाको कन्काई पुल निर्माणमा ढिलाइ गरेपछि सरकारले पप्पु - महादेव खिम्ती जेभीलाई रु. १ अर्ब ९९ करोड १२ लाख तिर्न आदेश दिएको छ।😯

७२३ मिटर लामो पुल निर्माणका लागि २०११ मा रु. ३४.०९ करोडमा ठेक्का सम्झौता भएको थियो। २०१५ सम्म सम्पन्न हुनुपर्ने पुल पाँच पटक म्याद थपिँदा पनि ५६% मात्रै निर्माण भएको थियो।

तीजको दिन बिहानै ३ बजेदेखि पशुपतिनाथका चारै ढोका दर्शनार्थीका लागि खुला गरिने भएको छ। हर हर महादेव! 🙏(All four gates of ...
13/09/2026

तीजको दिन बिहानै ३ बजेदेखि पशुपतिनाथका चारै ढोका दर्शनार्थीका लागि खुला गरिने भएको छ। हर हर महादेव! 🙏
(All four gates of Pashupatinath will be open for devotees starting from 3 AM on the day of Teej. Har Har Mahadev! 🙏)

काठमाडौं महानगरले कीर्तिपुर अस्पतालसँगको सहकार्यमा विपन्न, हिं'सा पीडित र बेवारिसे बिरामीका लागि २ लाख रुपैयाँसम्मको ज'ल...
13/09/2026

काठमाडौं महानगरले कीर्तिपुर अस्पतालसँगको सहकार्यमा विपन्न, हिं'सा पीडित र बेवारिसे बिरामीका लागि २ लाख रुपैयाँसम्मको ज'लन उपचार निःशुल्क गर्ने भएको छ। यसका लागि महानगरले अस्पताललाई २ करोड रुपैयाँ सहयोग गरेको छ।
(The Kathmandu Metropolitan City (KMC), in collaboration with Kirtipur Hospital, is providing free burn treatment worth up to Rs 200,000 for impoverished citizens, victims of violence, and unclaimed patients. To support this initiative, the metropolis has provided financial assistance of Rs 20 million (Rs 2 crore) to the hospital.)

बाढीले क्षतिग्रस्ता महादेव फाँट–छब्बिसे सडक निर्माण तीव्र रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि क्षतिग...
13/09/2026

बाढीले क्षतिग्रस्ता महादेव फाँट–छब्बिसे सडक निर्माण तीव्र

रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि क्षतिग्रस्त बनेको गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत महादेव फाँट–छब्बिसे सडकको पुनर्निर्माण तथा मर्मत कार्य तीव्र पारिएको छ। विशेषगरी नदी कटान भएका क्षेत्रमा सडकको पुरानो संरचना जोगाउन कठिन भएपछि वैकल्पिक मार्ग तथा अस्थायी संरचनामार्फत यातायात व्यवस्थापन गर्ने प्रयास भइरहेको छ।

आज दर खाने दिन : हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभि...
13/09/2026

आज दर खाने दिन : हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दरको मिठास जस्तै जीवन पनि सधैं मीठो र रमाइलो रहोस् । हार्दिक शुभकामना ! 🌸
(Today is Dar Khane Din!
​Celebrated on the eve of Hartalika Teej, today is marked by enjoying Dar—a traditional festive feast. On this day, families, relatives, and neighbors gather to share a rich variety of delicious dishes, dance, and celebrate together.
​May your life always be as sweet, joyful, and delightful as the flavors of Dar. Warmest wishes to everyone celebrating! 🌸)

13/09/2026

बिहानीको पहिलो सम्झना पाथीभरा माताको नामबाट गरौँ। माताको कृपाले हरेक दुःख टाढा होस्, मनमा शान्ति छाओस् र आजको दिन नयाँ आशा, खुसी र सफलताले भरियोस्। तपाईं र तपाईंको परिवारमाथि माताको आशीर्वाद सधैं रहिरहोस्। ❤️🌺
जय पाथीभरा माता 🙏✨ शुभ प्रभात!
(Let us begin the morning with the sacred memory of Goddess Pathibhara. May Her grace ward off all sorrow, bring peace to the mind, and fill this day with new hope, happiness, and success. May the blessings of the Mother always remain upon you and your family.
​Jai Pathibhara Mata 🙏✨ Good morning!)

बज्रयोगिनी माता : हिन्दू र बौद्ध धर्मकी साझा शक्तिदेवीकाठमाडौं उपत्यकाको साँखु (शंखरापुर) मा अवस्थित बज्रयोगिनी मन्दिर न...
13/09/2026

बज्रयोगिनी माता : हिन्दू र बौद्ध धर्मकी साझा शक्तिदेवी

काठमाडौं उपत्यकाको साँखु (शंखरापुर) मा अवस्थित बज्रयोगिनी मन्दिर नेपालका प्राचीन तथा शक्तिशाली शक्तिपीठहरूमध्ये एक मानिन्छ। यहाँ विराजमान बज्रयोगिनी मातालाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले समान श्रद्धा र भक्तिका साथ पूजा गर्ने परम्परा रहेको छ। धार्मिक सहिष्णुता, तान्त्रिक साधना र ऐतिहासिक महत्वका कारण यो मन्दिर नेपालकै विशिष्ट तीर्थस्थलका रूपमा परिचित छ।

बौद्ध धर्मको वज्रयान परम्परामा बज्रयोगिनीलाई प्रज्ञा, ज्ञान र बुद्धत्व प्राप्तिको प्रतीक देवी मानिन्छ भने हिन्दू धर्ममा उहाँलाई दुर्गा वा कालीको शक्तिशाली तान्त्रिक स्वरूपका रूपमा आराधना गरिन्छ। यही कारण यो मन्दिर दुवै धार्मिक परम्पराको साझा आस्थाको केन्द्र बनेको छ।

गर्भगृहमा रहेको माताको मूर्ति भव्य वस्त्र, गहना र तान्त्रिक स्वरूपले सजिएको छ। धार्मिक मान्यताअनुसार उहाँको हातमा रहेको खड्गले अज्ञान, अहंकार र अधर्मको विनाशको सन्देश दिन्छ। मूर्तिको दायाँ र बायाँ सिंहबाहिनी तथा व्याघ्रबाहिनी देवीहरूको उपस्थितिले शक्तिको संरक्षणात्मक स्वरूपलाई झल्काउँछ।

इतिहासअनुसार साँखुको बज्रयोगिनी मन्दिर अत्यन्त प्राचीन मानिन्छ। राजा शंखदेवले कलिगत संवत् १८०१ मा यसको निर्माण गराएको विश्वास गरिन्छ। मन्दिर परिसरका शिलालेख, मूर्तिकला र प्राचीन संरचनाले नेपालको समृद्ध धार्मिक तथा सांस्कृतिक इतिहासलाई आज पनि जीवित राखेका छन्।

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि सुरु हुने बज्रयोगिनी जात्रा साँखुको प्रमुख धार्मिक उत्सव हो। यस अवसरमा बज्रयोगिनी माताको खटयात्रा बाजागाजासहित नगर परिक्रमा गराइन्छ, जसमा हजारौँ भक्तजन सहभागी हुन्छन्। मन्दिर वरपर रहेका प्राचीन गुफाहरूमा तान्त्रिक साधक र बौद्ध भिक्षुहरूले साधना गरेको विश्वास गरिन्छ। त्यसैले बज्रयोगिनी क्षेत्रलाई आज पनि आध्यात्मिक ऊर्जा, तान्त्रिक साधना र शक्तिको पवित्र केन्द्रका रूपमा श्रद्धापूर्वक मानिन्छ।

🙏 पाथीभरा माताको पवित्र दर्शनले जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। माताको कृपा सधैं सबै भक्तजनमाथि रहिरहोस्। जय पाथीभरा...
12/09/2026

🙏 पाथीभरा माताको पवित्र दर्शनले जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। माताको कृपा सधैं सबै भक्तजनमाथि रहिरहोस्। जय पाथीभरा माता!
(May the sacred sight of Pathibhara Mother Goddess bring happiness, peace, and prosperity to your life. May Mother's grace always remain upon all devotees. Hail Pathibhara Mother!)
🌺🙏 #पाथीभरा_माता #जयमाता #दर्शन #भक्तिभाव

🙏🌺 ऊँ जय श्री माँ गढिमाई देवी 🌺🙏माताको दिव्य दर्शनले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। ❤️जय माता दी 🙏🚩(Om Jai Sh...
12/09/2026

🙏🌺 ऊँ जय श्री माँ गढिमाई देवी 🌺🙏
माताको दिव्य दर्शनले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। ❤️
जय माता दी 🙏🚩
(Om Jai Shree Maa Gadhimai Devi. May the divine sight of Mother Goddess bring happiness, peace, and prosperity to everyone's life.)
#गढिमाई #जयमातादी #भक्ति

Address

Bagmati/03
Bhaktapur
44804

Website

Alerts

Be the first to know and let us send you an email when Bageswori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share