Madhyapur Sanchar SAMAJ

Madhyapur Sanchar SAMAJ Reporter Team

13/04/2026

आज चैत्र ३० गते ३ बजे, नीगुपुखुमा हार्दिक निमन्त्रणा

12/04/2026

बिस्का: जात्रा २०८३ या भिंतुना ।

मध्यपुरमा कब÷ब्राउनी बिटिसी÷पिटिसी तालिममध्यपुर थिमि नगरपालिकाको लागत साझेदारीमा नेपाल स्काउट, मध्यपुर थिमि स्थानीय स्का...
17/01/2026

मध्यपुरमा कब÷ब्राउनी बिटिसी÷पिटिसी तालिम
मध्यपुर थिमि नगरपालिकाको लागत साझेदारीमा नेपाल स्काउट, मध्यपुर थिमि स्थानीय स्काउट कार्यालयको आयोजनामा कब बिटिसी तथा ब्राउनीआउन पिटिसी तालिम हालै मध्यपुर थिमिको बालप्रेमी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा स्थानीय आयुक्त तुल्सीहरी प्रजातिको सभापतित्वमा सञ्चालन भएको सो तालिमको उदघाटन समारोहमा नगरप्रमुख तथा मध्यपुुर स्काउट संरक्षक श्री श्रेष्ठले स्काउटले गरेको कामको प्रशंसा गर्नुभयो । मध्यपुर थिमि नगरपालिकाका नगर उपप्रमुख एवं मध्यपुर थिमिका प्रमुख स्काउट विजयकृष्ण श्रेष्ठले सामाजिक विकासको लागि स्काउट शिक्षा अत्यन्त आवश्यक भएको चर्चा गर्नु हुँदै स्काउटलाई आगामी दिनमा पनि सहयोग गर्दै जाने बताउनु भयो । नेपाल स्काउट, बागमती प्रदेश प्रमुख स्काउट शिवकुमार त्वायनाको प्रमुख आतिथ्यता तथा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा प्रमुख स्काउट बिजयकृष्ण श्रेष्ठको सभापतित्वमा तालिमको समापन समारोह सञ्चालन भएको थियो भने मध्यपुर थिमि नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख ज्ञानेन्द्र भट्ट तथा शिक्षा बिकास शाखा प्रमुख सुनेश अधिकारीले स्काउटको महत्वबारे प्रकाश पार्नु भयो ।
प्रमुख अतिथिलगायत सहभागीहरुलाई स्वागत गर्नुहुँदै पूर्व स्थानीय आयुक्त हरिवहादुर श्रेष्ठले नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय मध्यपुर थिमिको उद्देश्य हरेक विद्यालयमा स्काउट इकाइ तथा हरेक घरमा एक जना स्काउट बनाउने रहेको बिगतमा स्काउट बिटिसी, स्काउट एडभान्स तथा हाल कब बिटिसी र ब्राउनआउन पिटिसी तालिम सञ्चालन गरेको बताउनु हुँदै आगामी दिनमा रोभर विटिसी र रेञ्जर पिटिसी तालिम सञ्चालन गर्ने योजना रहेको बताउनु भयो ।
कब बिटिसी तर्फ राष्ट्रिय प्रशिक्षक भूवनचरण श्रेष्ठ कोर्ष लिडर तथा सहायक राष्ट्रिय प्रशिक्षक हरिबहादुर श्रेष्ठ सहायक कोर्ष लिडर ब्राउनीआउल तर्फ रुकमणी श्रेष्ठ कोर्ष लिडर र मेरिना सैंजु सहायक कोर्ष लिडर रहेको सो तालिम पाँचरात छदिन दिनसम्म आवाशिय रुपमा सञ्चालन गरिएको थियो । कब तर्फ १५ जना र ब्राउनीआउल तर्फ २० जना सहभागी रहेको उक्त तालिम पछि सहभागीहरुले ६ वर्षदेखि १० वर्षसम्मका बालबालिकाहरुलाई स्काउट शिक्षा प्रदान गरिनेछ ।

नेपाल आदिवासी जनजाती महासंघ, भक्तपुरको तेस्रो अधिवेशनभक्तपुर÷ नेपाल आदिवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद, भक्तपुरक...
17/01/2026

नेपाल आदिवासी जनजाती महासंघ, भक्तपुरको तेस्रो अधिवेशन
भक्तपुर÷ नेपाल आदिवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद, भक्तपुरको तेस्रो अधिवेशन हालै मध्यपुर थिमिमा सम्पन्न भएको छ ।
नेपाल आदिवासी महासंघ, संघिय परिषदका सचिव गोविन्द ह्याल्मोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो महाधिवेशनले हरिवहादुर श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सचिवालय र जातिय संस्थाको सिफारिसमा ३ जना सदस्य गरी जम्मा १४ जनाको नेपाल आदिवासी जनजाती महासंघ, जिल्ला परिषद, भक्तपुरको सर्वंसम्मतीबाट निर्वाचित भएका छन् ।
नेपाल आदिवासी जनजाती, जिल्ला परिषद भक्तपुरका अध्यक्ष कान्छा आलेमगरको अध्यक्षतामा सञ्चालन भएको सो अधिवेशनमा नेवा देय् दबु, भक्तपुरका संस्थापक अध्यक्ष एवं नेपाल आदवासी जनजाती महासंघ भक्तपुरका सल्लाहकार कृष्णबहादुर घजु, नेवाः देय् दबु भक्तपुरका अध्यक्ष नरेश नेवाः, किरात राई यायोक्खा, भक्तपुरका अध्यक्ष चन्द्र राई, तामाङ घेदुङ संघका ज्वाला तामाङ, सुनुवार सेवा समाजका भुवन सुनुवार र किरात याक्थुम चुम्लुङका तेजवहादुर केरुङ लिम्बुलगायतका बक्ताहरुले आदिवासी जनजातीहरुको हक र अधिकारको लागि एकजुृट भएर लागिरहनु पर्ने बताउनु भयो ।
हालै जारसिंह पौवाको बस दुर्घटनामा परी देहवसान भएका किरात याक्थुम चुम्लुङका सदस्यहरुको दिवंगत आत्माको चीर शान्तिको कामना गरिएको सो अधिवेशनमा कार्यसमिति सदस्य रत्नबहादुर राईले स्वातग तथा सहसचिव कान्छा तामाङले धन्यबाद मन्तव्य दिनु भएको थियो भने अधिवेशनलाई मनोरञ्जक तथा रौनक बनाउनका लागि नेवारी समुदाय तथा राई समुदायको साँस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो ।
नव निर्वाचित सो कार्यसमितिको अन्य पदहरुमा उपाध्यक्ष तेजवहादुर केरुङ, रत्नवहादुर राई, संगिता मगर र महिला उपाध्यक्षमा सरिता दुवाल, सचिव कान्छा तामाङ, सह–सचिव विर्ख माझी, केदार थापामगर, कविता तामाङ र बिणा चामलिङ तथा कोषध्यक्षमा लालबहादुर सुनुवार रहेका छन् भने जातिय संस्था नेवाः देय् दबु भक्तपुरको सिफारिसमा नरेश नेवाः र कृष्णप्रसाद प्रजापति रहेका छन् भने सुनुवार सेवा समाजको सिफरिसमा कमलमाया सुनुवार समेत गरी १४ जनाको कार्यसमिति सर्वसम्मतीबाट निर्वाचित भएका छन् ।

Address

Madhyapur Thimi
Bhaktapur
01

Telephone

9841246698

Website

Alerts

Be the first to know and let us send you an email when Madhyapur Sanchar SAMAJ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhyapur Sanchar SAMAJ:

Shortcuts

Share