Deep Reader

Deep Reader Tell me and I forget. Teach me and I remember. Involve me and I learn.

मेरो लागि श्रमपिता भनेका अधियाँ गरी, पसिना बगाई, दुःख–सुख सहेर हामीलाई हुर्काउने आफ्नै पुर्खा हुन्। मैले त्यही पुस्ताबाट...
03/06/2026

मेरो लागि श्रमपिता भनेका अधियाँ गरी, पसिना बगाई, दुःख–सुख सहेर हामीलाई हुर्काउने आफ्नै पुर्खा हुन्। मैले त्यही पुस्ताबाट अर्म–पर्म, गुहार र संयुक्त सहकार्यको जीवन्त संस्कार देखेको छु। आफ्नै पुर्खाको योगदानलाई बेवास्ता गर्दै, उनीहरूले जोतेको खेतबारी बाजो राखेर फाउन्डेसनका अगुवालाई श्रमपिता घोषणा गर्नु र तिनैबाट श्रमको अर्थ सिक्नुपर्छ भन्नु इतिहास, श्रम र आफ्नै जरोप्रतिको अपमानबाहेक केही होइन। श्रमको पाठ हामीलाई कुनै फाउन्डेसनले होइन, पुस्तौँदेखि माटोसँग संघर्ष गर्दै आएका हाम्रा पुर्खाले सिकाएका हुन्।

अहिले देखिएको राजनीतिक रोइकराइ, विरोध र असन्तुष्टिका कारणहरू धेरै हदसम्म स्पष्ट छन्।१. एमाले, काङ्ग्रेस र ने. क.पा. भन्न...
02/06/2026

अहिले देखिएको राजनीतिक रोइकराइ, विरोध र असन्तुष्टिका कारणहरू धेरै हदसम्म स्पष्ट छन्।
१. एमाले, काङ्ग्रेस र ने. क.पा. भन्ने पार्टीको म्युजिकल चेयर खेल समाप्त नै हुनु।
२. जे गरे पनि अबको ५ बर्ष पछि पनि हर्क अभियन्ता प्रधानमन्त्री बन्न सक्ने सम्भावना कुनै पनि हालतमा न्यून भन्दा न्यून देखिनु।
३. दशकौंदेखि चल्दै आएको लुटतन्त्रका साझेदार कार्यकर्ता, कर्मचारी र युनियनमा संलग्नहरुको रोजिरोटी खोसिनु।
यी रोइकराइले हुने त केही होइन , यदि केही गरि यसपछी पनि अस्थिरता र द्वन्द नै विकल्प हो भने त्यसपछि दक्षिण एसियाकै सबैभन्दा कमजोर IQ भएका नेपाली जनताले गर्ने भनेकै शाह बंशको राजतन्त्रको पुनः परिक्षण हो। हामी नेपाली हो त्यसैले - दोष अरूको, जिम्मेवारी अरूको, गल्ती अरूको - हामी त सधैं पीडित मात्र। सत्यले प्रमाण माग्छ, त्यसैले सत्यभन्दा कथा, अफवाह र काल्पनिक वीरगाथा धेरै प्रिय लाग्छ।
B***n

01/06/2026

सीमाका विषय भावनाले मात्र होइन, नक्सा, इतिहास र तथ्यले तय गर्छन्। कूटनीतिक वार्ता गरौं, लिनुपर्ने लिऔं र दिनुपर्ने ससम्मान दिऔं। सरकारसँग यहि आग्रह गरे कुरै सक्यो। एन्टि इन्डिया सेन्टिमेन्ट हामीमा छ र धेरैको राजनीति त्यसैको वरिपरि घुम्छ पनि। तलको भिडियोमा कैद सिमानामा बस्ने यी भुइँमान्छे नेपालीको कुरा सुनौ र बुझौं ।
***n

“हर्केको सरकार” को बजेट भाषण यस्तै हुन्थ्यो होला 😄1. देशभर काठै काठका पुल निर्माण गरिनेछ, पानी आए बग्यो भने फेरि श्रमदान...
29/05/2026

“हर्केको सरकार” को बजेट भाषण यस्तै हुन्थ्यो होला 😄

1. देशभर काठै काठका पुल निर्माण गरिनेछ, पानी आए बग्यो भने फेरि श्रमदानबाट बनाइनेछ।
2. प्रत्येक नागरिकले महिनामा कम्तीमा १५ दिन अनिवार्य श्रमदान गर्नुपर्नेछ, नगरे “देशप्रेम कर” तिर्नुपर्नेछ।
3. ढुङ्गा, गिट्टी, बालुवा उत्खननलाई राष्ट्रिय गौरवको परियोजना घोषणा गरिनेछ।
4.विदेशी कपडा पूर्ण निषेध — बरु नाङ्गै हिँड्दा पनि स्वदेशी भावना झल्किने हुनाले त्य्सलाई प्रोत्साहन दिइनेछ।
5. पेट्रोलियम पदार्थ आयात घटाउन “एक व्यक्ति, एक घोडा” नीति लागू गरिनेछ।
6. कार, बाइक चढ्नेहरूलाई आलसी नागरिक घोषणा गरिनेछ, हिँड्ने र दौडिनेहरूलाई विशेष सम्मान।
7. सबै सरकारी बैठक अब डाँडामा बसेर गरिनेछ ताकि “प्रकृतिसँग नजिक सरकार” देखियोस्।
8. सडक बिग्रियो भने ठेकेदार होइन, जनता आफैंले बेल्चा बोकेर मर्मत गर्नुपर्नेछ।
9. बेरोजगारलाई जागिर होइन, कुटो–कोदालो र जिम्मेवारी दिइनेछ।
10. विकासको नयाँ मापदण्ड: “कति पसिना बग्यो ?” भन्ने बनाइनेछ।
11. प्रत्येक वडामा कम्तीमा एक “जनता आफैं बनाऊ” योजना अनिवार्य — सामग्री सरकारको होइन, भावना जनताको।
12. नगरपालिकाको डोजर बिग्रिएपछि अब विकासको मुख्य साधन: गैंती, बेल्चा र करेसाबारीको कोदालो।
13. विद्यालयमा नयाँ विषय थपिनेछ — “ढुङ्गा फुटाउने सीप तथा पुल बाँध्ने व्यवहारिक शिक्षा।”
14. विदेश जान चाहने युवाले पहिले ६ महिना नाला सफाइ र बाटो खन्ने राष्ट्रिय सेवा गर्नुपर्नेछ।
15. गाउँमा Wi-Fi होइन, “Whistle-Fi” लागू — खबर गर्न सिठी फुक्ने व्यवस्था।
16. ट्राफिक जाम हटाउन शहरमा घोडा लेन र गोरुगाडा पार्किङ निर्माण गरिनेछ।
17.सिंहदरबार छिर्नुअघि सबै मन्त्रीले दुई डोको गिट्टी बोक्नुपर्ने नियम लागू।
18. राष्ट्रिय खेल भलिबल होइन, अब “बालुवा बोकेर उकालो दौड।”
19. सरकारी कर्मचारीको फिटनेस परीक्षण: ५० बोरा सिमेन्ट उचाल्न सके मात्र बढुवा।
20. “काम गर, पोस्ट गर” अभियान अन्तर्गत फेसबुक लाइभ गरेर काम गरेजस्तो देखाउनेलाई सम्मान गरिनेछ।
21. आगामी बर्ष देखि बजेट भाषण संसदमा होइन, खोलाको किनारमा श्रमदान गर्दै सुनाइनेछ।
22. हेलिकोप्टर चढ्ने नेताले कम्तीमा १० किलोमिटर नाङ्गो खुट्टा हिँडेर जनताको पीडा बुझ्नुपर्नेछ।
23. देश बिकासको नयाँ नारा: “GDP होइन, KDP —( कति ढुङ्गा फुट्यो) ।” भन्ने हुनेछ।😂

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Deep Reader posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share