31/07/2025
हृदयेन्द्रको भिडियोले अहिले धेरैको मन बेचैन बनाएको छ । भिजिट भिसामा मान्छे बेच्ने तस्करको निद्रा गायब भएको छ । पतञ्जलीलाई जग्गा पोस्ने भूमाफियाको नारी गलेको छ । शेरा दरबार बेचेर ६८ लाख ८० हजारको घडी लगाउनेको सुई उल्टो चलेको छ । हृदयेन्द्रको सादगी र विनम्रताले ख्याति कमाइरहेको छ ।
जसले देशको यात्रा गर्छ, माटो र जनतालाई बुझ्छ ऊ देशको प्रिय हुन्छ । महेन्द्रको प्यारो ठाउॅं थियो कर्णाली । २०२४ सालमा स्थापना भएको जुम्ला कृषि विभागमा बसेर पनाती हृदयेन्द्रले स्थानीयसॅंग गरेको संवादले उनको माटोप्रतिको प्रेम देखाएको छ ।
जुम्लाको माटोमा जुम्ली जनतासँग भलाकुसारी गर्दै सभ्यता, संस्कार र कर्तव्यबोधको जीवित पाठ हृदयेन्द्रले सुन तस्कर नेता पुत्रपुत्रीलाई पढाएका छन् । ‘संस्कार के हो’ हृदयेन्द्रबाट सिकौं र बुझौं । वास्तवमा दलाल नेता र उनका पुत्रपुत्रीहरू देशका होइनन्, देशका सच्चा भविष्य यिनै संस्कारी युवा पुस्ता हुन् ।
हृदयेन्द्र फलेको वृक्षको हाँगो देखिॅंदा, नेता र उनका पुत्रपुत्रीहरु सुकेको पात भए ।
Rajib Khatry