Jatayu

Jatayu naturally nepal: once is not enough

पर्यटन भनेकोकेवल view point बाट हिमाल हेर्ने कुरा मात्र होइन,यो हाम्रो संस्कृति, खेती, परम्परा ,बस्ने बास  र बानी व्यवहा...
11/11/2025

पर्यटन भनेको
केवल view point बाट हिमाल हेर्ने कुरा मात्र होइन,
यो हाम्रो संस्कृति, खेती, परम्परा ,बस्ने बास र बानी व्यवहारको ऐना हो।

पर्यटन भनेको
सडकको छेउमा बेच्ने स्थानीय चिया हो,
गाउँको मुस्कान हो,
र सहानुभूति सहितको “Namaste” हो।

यो होटलका कोठा सङ्गै,
गाउँको आँगन, खेतका गहुँका लहर र गाईको घण्टीको आवाज पनि हो।

पर्यटन भनेको
देश देखाउने होइन देश बुझाउने हो।
यहाँको आत्मा, जीवनशैली र सरलपन देख्दा
पर्यटकले नेपाल महसुस गर्न पाउँछन्,
त्यो नै वास्तविक पर्यटन हो।

गित भित्रको नेपाल र यात्रा सङै गित ।मलाइ र तपाइँहरुलाइ सबैभन्दा मन पर्ने ब्यान्डमध्ये एक अमृत गुरुङको नेपथ्या नचिन्ने कम...
08/11/2025

गित भित्रको नेपाल र यात्रा सङै गित ।
मलाइ र तपाइँहरुलाइ सबैभन्दा मन पर्ने ब्यान्डमध्ये एक अमृत गुरुङको नेपथ्या नचिन्ने कमै होलान। उहाँका गीतहरूमा केवल संगीतको ताल होइन नेपालकै आत्मा मिसिएको हुन्छ। दुई दशक अगाडिका उहाँका गीतहरू आज पनि उत्तिकै चाखलाग्दा अर्थपूर्ण अनि आत्मासँग जोडिने लाग्छन ।उहाँका गीतहरू सुन्दा हामी कुनै यात्रामा निस्किएका छौँ जस्तो पक्कै लाग्ला यमखरा भिरै भिर, फुपाल बोकि, पोखरा, पर्वत, जोमसोम, भेडेटार, मनाङ, घलेगाउँ, जुम्ला, धोरपाटन जस्ता ठाउँहरू गीतकै स्वरमा गुञ्जिन थालेका हुन्छन्। यी गीतहरूले नेपालको भूगोल मात्र होइन, यहाँका मानिसहरूका मुहार, संस्कार, र जीवनको कथा बोलेजस्तो लाग्छ
उहाँले आफ्ना संगीतलाई केवल मनोरञ्जनको माध्यम मात्र बनाउनुभएन उहाँले त्यसलाई नेपाल बुझाउने एउटा सेतु बनाइदिनुभयो। उहाँका स्वरमा गाउँको र शहरको धड्कन मिसिएको हुन्छ । उहाँका शब्दहरूले हामीलाई सम्झाउँछन नेपाल केवल हिमाल र मन्दिरहरूको देश होइन भावनाको देश हो, गाउँहरूको आत्मा हो, र गीतकै देश हो।
नेपथ्यका गीतहरू सुन्दा हामी केवल संगीत होइन यात्रा पर्यटन र नेपालकै पहिचान सुन्दैछौं। Salute to Amrit Gurung The man who turned Nepal’s geography into melody, and made every hill and village sing 😍
Nepathya
Amrit Gurung

via

सूर्यको न्यानो छेउमा गाउँको आँगन चहलपहलले रंगिएको थियो।दिदीले हातमा टीका मिसाउँदै थिइन् भने दाजु मुस्कुराउँदै नजिक सर्दौ...
22/10/2025

सूर्यको न्यानो छेउमा गाउँको आँगन चहलपहलले रंगिएको थियो।
दिदीले हातमा टीका मिसाउँदै थिइन् भने दाजु मुस्कुराउँदै नजिक सर्दौ थिए । त्यो पलमा न शब्द चाहियो, न फोटोको पोज। गोबर र रातो माटोले लिपिएको आँगन, बलेका दियाहरू
मायाले नै कथा कोरिरहेको थियो। त्यो तिहार, त्यो माया, अझै मनको कुनामा जिउँदै छ।
१९६७/बहिनीले दाजुलाइ टीका लगाइदिदै गरेको तस्विर :
via: peace corps

हिमाल बोल्छन यहाँ , हावा ले गाउछन यहाँ , मन शान्त हुने ठाउँ हो यहाँ Discover the untouched beauty of Nepal! Numbur Regio...
17/10/2025

हिमाल बोल्छन यहाँ , हावा ले गाउछन यहाँ , मन शान्त हुने ठाउँ हो यहाँ
Discover the untouched beauty of Nepal!
Numbur Region Solukhumbu is not just a destination, it’s a peaceful Himalayan dream.Perfect for trekking, culture, nature and unforgettable mountain views.
If paradise exists on Earth, it’s here in the Himalayas.

📍 | |
📸: dhakal

पर्यटन क्षेत्र हाम्रो पहिचान हो, यसलाई फोहोर गरेर होइन, संरक्षण गरेर सुन्दर बनाऔँ। जहाँ गए पनि डस्टबिन खोज्ने बानी बसालौ...
17/10/2025

पर्यटन क्षेत्र हाम्रो पहिचान हो, यसलाई फोहोर गरेर होइन, संरक्षण गरेर सुन्दर बनाऔँ। जहाँ गए पनि डस्टबिन खोज्ने बानी बसालौँ र जथाभावी फोहोर नगरी जिम्मेवार यात्रुको पहिचान बनाऔँ। प्रकृतिले हामीलाई धेरै दिएको छ, अब हाम्रो पालो हो यसको रक्षा गर्ने। “Clean Travel, Green Future.

तस्वीर मात्र हेर्दा पनि मनमै शान्ति बस्छ। पहाडको काखमा चिसो कुहिरो सँगै निदाएको यो मौसम माथिबाट पर्खालझैँ उभिएका पहाडहरू...
16/10/2025

तस्वीर मात्र हेर्दा पनि मनमै शान्ति बस्छ। पहाडको काखमा चिसो कुहिरो सँगै निदाएको यो मौसम माथिबाट पर्खालझैँ उभिएका पहाडहरूको गोद र बिहानको निलो आकाश यही हो नेपाल प्राकृतिक सौन्दर्यको खुला क्याम्पस र आत्मिक शान्तिको स्रोतमाथि टेकेको देश।
पर्यटकीय गन्तव्य खोज्दै धेरै टाढा धाउनु पर्दैन नेपालले प्रकृतिको त्यस्तो अनमोल सौन्दर्य बोकेको छ जसले हरेक आगन्तुकलाई फेरि एकपटक फर्केर आउँछु भन्न बाध्य पार्छ। यहाँका पहाड केवल भू आकृति मात्र होइनन्, भावनाहरूको पहिचान हुन्। कुहिरो केवल हावा होइन, रहस्य र रोमान्सको सुगन्ध हो। नेपालको पर्यटन केवल हिमाल हेर्ने कुरा मात्र होइन यो प्रकृति महसुस गर्ने यात्रा हो आत्मालाई ताजा बनाउने अवसर हो र संस्कृतिसँग भेटघाट गर्ने अनुभव हो।
नेपाल घुमौँ आफ्नो देश पहिचान गरौँ सौन्दर्य महसुस गरौँ। 🌄🇳🇵
तस्वीर : सिलुवा पाल्पा बाट बिहान 7:51 मा खिचेको हात्ति लेक को दृश्य।
pangeni
Visit Nepal

नेपालको पर्यटन र स्थानीयको भूमिका!! नेपाल संसारकै सुन्दर र सम्भावनायुक्त पर्यटन गन्तव्य मध्ये एक हो। यहाँका हिमाल, संस्क...
15/10/2025

नेपालको पर्यटन र स्थानीयको भूमिका!!

नेपाल संसारकै सुन्दर र सम्भावनायुक्त पर्यटन गन्तव्य मध्ये एक हो। यहाँका हिमाल, संस्कृति, परम्परा र प्राकृतिक सम्पदाले नेपाललाई विशेष बनाएका छन्। तर पर्यटनको वास्तविक शक्ति स्थानीय समुदायको हातमै हुन्छ।
गाउँघरमा बसोबास, होमस्टे, स्थानीय खानपान, हस्तकला, गीत संगीत, सरसफाइ र संस्कृतिको जगेर्ना यी सबैले मिलेर नेपाललाई पर्यटकका लागि अझ आकर्षक बनाउँछन्। “अतिथि देवो भव” को भावना बोकेर पर्यटकलाई स्वागत गर्नु नै सबैभन्दा प्रभावकारी प्रचार हो।
नेपालका नागरिकले आफ्नै गाउँ र संस्कृतिलाई गर्वका साथ देखाउने हो भने हरेक मानिस आफ्नै ठाउँको ब्रान्ड एम्बासाडर बन्न सक्छ। सँगसँगै दीर्घकालीन योजना, पूर्वाधार विकास र प्रचारप्रसारमा सानो सुधार मात्र गरे पनि ठूलो फाइदा लिन सकिन्छ।
नेपालमा पर्यटनको अपार सम्भावना छ त्यसलाई संरक्षण, सम्मान र सहकार्यका माध्यमबाट विश्वसामु उजागर गर्न सक्नु नै हाम्रो साझा जिम्मेवारी हो।

जुम्ला पुग्दा लाग्छ, प्रकृतिले यति सुन्दर चित्र कहिल्यै कोरेको थिएन। शान्ति, सौन्दर्य र नेपाली आत्माको साँचो रूप यही हो।...
15/10/2025

जुम्ला पुग्दा लाग्छ, प्रकृतिले यति सुन्दर चित्र कहिल्यै कोरेको थिएन। शान्ति, सौन्दर्य र नेपाली आत्माको साँचो रूप यही हो। ❤️
स्थान : तिला 3 दानिबाडा जुम्ला
Jumla isn’t just a destination it’s a feeling. A reminder that peace still lives in the valleys, and beauty still breathes in Nepal’s untouched corners.
area
pic: 📸 AR Rawat

“मकैको भात (आटो) हाम्रो गाउँघरको पुरानो स्वाद,धान नहुने बेला जनजीवन चलाउने शक्ति यही थियो।आज हामी शहरमा बिर्सिंदैछौँ तर ...
14/10/2025

“मकैको भात (आटो) हाम्रो गाउँघरको पुरानो स्वाद,
धान नहुने बेला जनजीवन चलाउने शक्ति यही थियो।
आज हामी शहरमा बिर्सिंदैछौँ तर यही परम्परागत खाना
नेपालको पहिचान बोकेको स्वाद हो।

Taste of tradition : “Ancient flavor, timeless pride


Old pic from: RONB

Address

Bharatpur

Telephone

+9779805283185

Website

Alerts

Be the first to know and let us send you an email when Jatayu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jatayu:

Share