28/07/2026
मुग्लिन नारायणगढ सडक खण्डको खहरे खाेला मुग्लिन नजिकै २०८३/०४/१२ गते मंगलबार समय बिहान ११:३० सुख्खा पहिरो जाँदा सडक दुईतर्फि अवरुद्ध भएको थियाे । पहिरो पन्छाउनकाे लागि सम्बन्धित स्थानमा ३ वटा मेशिनद्वारा पहिरो हटाउने कार्य भैरहेको छ । हाल आवागमन एकतर्फी खुलाई आपतकालीन सेवाका सवारीसाधन र साना सवारीसाधनहरूलाई खुला गरिएको छ ।
पहिराेका कारण राेकिनु भएका सम्पूर्ण यात्रुमहानुभावहरू धैर्य गरि बसिदिनुहुन आग्रह गरिन्छ ।
- सडक डिभिजन भरतपुर