06/11/2025
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई चितवनका प्रमुख महेश रेग्मीका अनुसार यो आर्थिक वर्षमा चितवनमा १० वटा विभिन्न कृषि सम्बन्धी कार्यक्रम सञ्चालन हुने भएका छन्।
पारदर्शीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख रेग्मीले कृषि तथा पशुपालन क्षेत्रको समग्र विकासका लागि करिब १४ करोड रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार धान, मकै, कोदो लगायतका बाली तथा पशुपालनका लागि ‘सुपर जोन’ योजना कार्यान्वयनमा ल्याइनेछ।
रेग्मीले चितवनलाई कृषिका क्षेत्रमा अत्यन्त सम्भावनायुक्त जिल्ला बताउँदै हाल कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुने किसानको संख्या निरन्तर वृद्धि भइरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार यी कार्यक्रमहरूले उत्पादन वृद्धिसँगै किसानको आयस्तरमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।