Watch Your MP

Watch Your MP They speak for you. We watch them for you. Raw, unfiltered clips of political leaders inside and outside parliament. Hit follow to stay informed!!

23/06/2026

"खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न..."

संसदमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेको यो शक्तिशाली र मार्मिक प्रस्तुति। आत्मसम्मान र स्वाभिमानको यो भन्दा सुन्दर परिभाषा अरू के हुन सक्छ र? आफ्नै पसिनामा विश्वास गर्ने र कसैको सामु नझुक्ने वीर नेपालीको वास्तविक भावना समेटिएको यो भिडियो पूरा हेर्नुहोस्।

तपाईंलाई उहाँको यो कवितात्मक प्रहार कस्तो लाग्यो? भिडियो मन परेमा सेयर गरेर सबै नेपालीमाझ पुर्‍याउनुहोला! 🙏🇳🇵

23/06/2026

Bhisma Raj Angdembe को संसदमा प्रखर भनाइ: "म त्यो देशको नागरिक हुँ, जुन देश इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन।" वीर गोर्खालीको यो गौरवशाली इतिहास र पहिचानलाई सधैं उच्च राखौँ।

के हामीले हाम्रो यो ऐतिहासिक गौरवलाई बचाएर राख्न सकेका छौँ? आफ्नो विचार तल कमेन्ट गर्नुहोला र भिडियो सेयर गरेर सबैमाझ पुर्याउनुहोला!

नेकपा (एमाले) संसदीय दलको बैठक २०८३ असार ९ गते च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी। वर्तमान राजनीतिक घटनाक्रम र...
23/06/2026

नेकपा (एमाले) संसदीय दलको बैठक २०८३ असार ९ गते च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी। वर्तमान राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे महत्वपूर्ण छलफल हुँदै।

" यदि ३५ वर्ष सार्वजनिक जीवन र राजनीतिमा बिताएका विष्णु पौडेलको सम्पत्ति छानबिन हुन सक्छ भने ३५–३६ वर्षको उमेरमै उल्लेख्...
23/06/2026

" यदि ३५ वर्ष सार्वजनिक जीवन र राजनीतिमा बिताएका विष्णु पौडेलको सम्पत्ति छानबिन हुन सक्छ भने ३५–३६ वर्षको उमेरमै उल्लेख्य सम्पत्ति आर्जन गरेका बालेन, सुधन गुरुङ लगायतको सम्पत्तिबारे पनि उस्तै गम्भीरता र पारदर्शिताका साथ छानबिन हुनुपर्छ। छानबिनको मापदण्ड व्यक्ति, पार्टी वा राजनीतिक निकटताअनुसार फरक हुनु हुँदैन।
जनताले कसैलाई दोषी वा निर्दोष घोषणा गरिदिन भनेका होइनन्, सत्य सार्वजनिक होस् भनेका हुन्। त्यसैले विष्णु पौडेल सँगै बालेन, सुधन गुरुङ लगायत सवैको सम्पत्ति, आर्जनको स्रोत र त्यससम्बन्धी छानबिन प्रतिवेदनहरू जनतासामु ल्याइनुपर्छ।
पूर्व न्यायाधीस राजेन्द्रप्रसाद भण्डारीको अध्यक्षतामा गठन गरिएको सम्पत्ति छानविन आयोगको प्रतिवेदन सुदन गुरुङलाई चोख्याएर, लुकाएर राख्ने र् पुन नियुक्ति दिने नाटक जनताले बुजेकै छन। निष्पक्ष छानबिन र पूर्ण पारदर्शिताबाट मात्रै सत्य स्थापित हुन्छ र राज्यका निकायप्रति जनविश्वास कायम रहन्छ। यो विषय सबैको चासोको विषय हो. "

- Mahesh Basnet

" उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीका सन्दर्भमाः कुनै पनि विषयमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, तथ्य र प...
23/06/2026

" उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीका सन्दर्भमाः
कुनै पनि विषयमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, तथ्य र प्रमाण संकलन गर्ने, र अभियोजन (मुद्दा दायर) पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने प्रक्रिया नै न्यायसम्मत हुन्छ भन्ने मान्यताका विपरित नेकपा(एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेत आएका वेला नियोजित रुपमा नियन्त्रणमा लिने काम भएको छ ।
केही समय पहिले सम्पत्ति सुद्धिकरण विभागका डिजिले फोनमा कुराकानी गरेर भोली काठमाडौमा आएपछि सम्पर्कमा आउनु होला भनेर अनुरोध गरेको र त्यसको केही समय पश्चात सुर्खेत प्रहरीलाई पत्रचार गरेर नियन्त्रणमा लिन निर्देशन दिएको घटनाले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृष्य शक्तिकेन्द्रले संचालन गरेको देखिन्छ ।
राज्यका कुनै पनि न्यायिक अनुसन्धानमुलक निकाय स्वतन्त्र र निष्पक्ष हुनु पर्दछ । उसका निर्णयहरू राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियता (Populism) बाट प्रेरित हुनुहुँदैन। अनुसन्धान र अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरशः पालनामा आधारित हुनुपर्दछ, न कि कसैलाई सिध्याउने वा रिसइबी साँध्ने हतियारका रूपमा प्रयोग हुनु हुदैन ।
नेकपा (एमाले) न्यायपूर्ण समाज र निष्पक्ष न्यायका पक्षमा सदैव अटल छ, जहाँ कसैलाई पनि पूर्वाग्रहको सिकार बनाइने छैन र वास्तविक दोषी कानुनी कठघराबाट उम्कने छैन। तर उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी उक्त मान्यताको विपरित पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन्छ । सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यसप्रकारको प्रतिशोधपूर्ण कार्यको कानूनी र राजनीतिक रुपमा दृढतापूर्वक प्रतिवाद गरिनेछ । "
- Shankar Pokhrel

23/06/2026

" रा स्व पा लडयों भने आफ्नै गोढ़ाम अलझेर लढ़छ।"

- Rastriya Swatantra Party - RSP सभापति रबी लामिछाने

22/06/2026

रवि लामिछाने, बालेन र रास्वपा: कसरी सुरु भयो यो आन्दोलन? पूरा कथा एकै भिडियोमा

22/06/2026

रा स्व पा महाधिवेशनमा परराष्ट्र मंत्री शिशिर खनाल को वक्तव्य





22/06/2026

" नेपालमा राजा चाहिन्छ भन्नेहरुको भोट पनि छ तपाईं हरुलाई। बालेन ले राजा ल्याउछ भनेर भोट दिएका मान्छे पनि छन। "

- राप्रपा नेता राजेन्द्र लिंगदेन, रास्वपा महाधिवेशन, चितवन





22/06/2026

"संख्या र सरकार अस्थाई हो।"

- नेकपा नेता बर्षमान पुन, रास्वपा महाधिवेशन, चितवन

Address

Bharatpur,chitwan
Bharatpur
44207

Website

Alerts

Be the first to know and let us send you an email when Watch Your MP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share