04/06/2026
एउटा स्वास्थ्यकर्मिको पिडा! जनप्रतिनिधि भनेको कर्मचारिका मालिक होईनन! एउटै रथका दुईटा पाङ्रा हुन ।
"म सि.अ.न.मि. छैठौ रुपमा चङ्खेलि गाउपालिका अन्तर्गत श्रीमस्टा स्वास्थ्य चौकिमा दरबन्दि रहेको र हाल म सोहि स्वास्थ्य चौकि अन्तर्गत पिप्लाङ बर्थिङ सेन्टरमा कामकाजको रुपमा कार्यरत छु मैले आ ब २०८१/०८२ को आठ महिना तलब सहित पोसाक भत्ता हाल सम्म नि पाएको छैन यसमा न त हाकिमको न त लेखापालको कसैको दोस छैन, यसको दोसी वडाअध्यक्ष र सो सङ्ग सम्बन्धित ब्यक्ति हरु नै जिम्मेबार छ्न मैले सोचे गाउ घरमा सबै आफ्ना हुन कुनै दिन देलान भन्ने सोचेर अहिले सम्म चुप बसे पहुच र शक्तिको घमण्ड देखाएर एउटा बच्चाको आमा महिला कर्मचारी माथि जुन किसिमको अत्यचार गरेका छ्न तेस्को नालिबेलि आज म भन्न बाध्य छु । नाताबाद र कृपाबादको खोल ओढेर जुन ब्यक्तिगत सिरिभि राखेर मलाइ दुख दिएका छौ देउ अहिले तिमिहरुको साथमा समय छ एक्तर्फि सबै मिलेर जुन बिष घोलेका छौ घोल समय एकदिन सबैको आउला नि। जब म दुइ महिनाको सुत्केरि आफ्नो कार्यलय जाने समय भयो मेरो कार्यलय उकालो दुइ घण्टा अझ बच्चा सङ्ग त तिन घण्टा नै लाग्छ तेसरि नै घर आउनु पर्ने त्यसैले मलाइ उत्त स्वस्थ्य चौकि बाहेक मलाइ पालिका भित्रको अन्त स्वास्थ्य सस्थामा जहा प्रत्येक ठाउँमा गाडि जाने सिबाय (श्रीमस्ठा स्वस्थ्य चौकि बाहेक )पदस्थापन गर्दिनु भनेर बारम्बार मौखिक लिखित रुपमा अनुरोध गरे तर कतै बाट सुनुवाइ भएन बल्ल २०८१/०९/१९ गतेको पालिका निर्णयमा पिप्लाङ बर्थिङ सेन्टरमा राखियो तर तेस्को केहि दिनमै २०८१/१०/२३ गतेका दिन वडाध्यक्षले कर्मचारिलाइ डर धम्कि दिइ एक्लो निर्णयले काज फिर्ता गरियो सोहि समयमा म सोहि बर्थिङ सेन्टरमा काम गरिरहेको थिए तर कार्यलयको हाजिर वडा कार्यलयमा लुकाउने हाजिर गर्न नदिने मेरो नाम पद सहित पुरै पाना रातो मसिले कटेको बेलाबेला धम्कि दिने कहिले घरमा कहिले कार्यलयमा आएर, पुन मैले मिमि स्वस्थ्य चौकिमा पदस्थापनाको लागि पालिकामा निबेदन दिए उत्त ठाउमा कामकाजको लागि पालिकाले २०८२/०१/०८ गते चिठि काट्यो म गएर उत्त ठाउमा काम गर्दै गर्दा मिति २०८२/०२/६ गते पुन श्रीमस्ठा स्वस्थ्य चौकिमा फिर्ता गरेको पत्र पाए म काज फिर्ता भएर कार्यलय फर्केर काम गर्न थाले सुखदुख काम गरि रहे त्यो समयमा मलाइ न कुनै तालिम गोष्ठीमा समाबेश गराउनु त परको कुरा सामन्य कार्यलयको बैठकमा समेत समाबेश गरिएन । मानसिक यातना दिने धम्कि दिने कार्य पटकपटक गरिरहे जागिर छोड्न बाध्य बनाए सोहि कारणले मैले सिम्ता गाउपालिका सुर्खेतको सरुवा सहमति बमोजिम 20८२/०४/२६ गतेको काज खटाइएको पत्र पाए रमानाको लागि म कार्यलय जादा तेता नजान र सहजता मिलाइदिने कार्यापालिकाको निर्णय भयो र म सोहि अनुसार काम गरिर्हेको पनि छु तर अझै सम्म नि उत्त ८ महिनाको तलब नपाएकोले मैले जिल्ल प्रशासन कार्यलयमा सम्पुर्ण प्रमाण संलग्न सहित तलब भुक्तानी गरि पाउँ र मानवता नभएका अपराधीहरुलाई कार्वाहीको माग सहितको निबेदन पनि दिएको छु तर अझै पनि मलाइ बारम्बार धम्काउने कानुन हातमा लगि,कोले के गर्न सक्छ CDO ले भनेर के हुन्छ त्यो CDO को हो र उस्ले भनेको किन मान्ने जस्ता कुराहरु भन्ने हामीलाइ कोले के गर्न सक्छ भन्ने जस्ता अभिब्यति कार्यलयमा आएर धम्काउने, उनिहरुकै सबै जनप्रतिनिधि देखि कर्मचारी सबै मिलेर मेरो एक तर्फि कुरा लगाउने गरिरहेका छ्न उनिहरु सङ्ग म एक्लै बोल्न नि सक्दिन उनिहरु पावर पहुच शर्त्तिमा छन् बोल्ने वातावरण नै दिदैनन अफिस देखि घर सम्म उनिहरुकै आफ्नत मिलेर एक्लो बनाएर आरोप लगाउछ्न, उनिहरुको यहि अत्यचारले गर्दा मलाइ आज सामाजिक सन्जालमा हाल्न बाध्य बनाए म आफ्नै गाउघरमा यति दुख भोगिरहेको छु। म घरमा एक्लैछु, मेरो सबै परिवार गाउँबाहिर छन् बाकी कुनै घटना घटेमा वडा अध्यक्ष र सम्बन्धित शाखाले जिम्मालिनु पर्नेछ । अति गर्नु अत्यचार नगर्नु ।"
©️Ramesh Kunwar