AVASS TV HD

AVASS TV HD AVASS Television HD is the no. 1 Community Television in Chitwan District. We keep our viewers and f
(1)

एड्वानको आयोजनामा महिलाको लागि सुधारिएको जिविकोपार्जन तथा आर्थिक अवसर परियोजना अन्तर्गत खैरहनी ३ सिद्विपुर साहसी महिला स...
10/06/2026

एड्वानको आयोजनामा महिलाको लागि सुधारिएको जिविकोपार्जन तथा आर्थिक अवसर परियोजना अन्तर्गत खैरहनी ३ सिद्विपुर साहसी महिला समुहका १५ जना महिलालाई मौसमी तथा बेमौसमी तरकारी खेती तालिम दिइएको छ । तालिमको एक कार्यक्रमका बीच खैरहनी नगरपालिका प्रमुख शशी कुमार खनियाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ ।
Photo : Bips Media - बिप्स मिडिया

समुदायको उत्थानशीलता सुदृढ गर्न समुदायद्वारा व्यवस्थापित वनको भूमिकाजेठ २७, चितवन । तस्विर कोमल चन्द्र भगत ।  वन विज्ञान...
10/06/2026

समुदायको उत्थानशीलता सुदृढ गर्न समुदायद्वारा व्यवस्थापित वनको भूमिका
जेठ २७, चितवन । तस्विर कोमल चन्द्र भगत ।

वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय बल्खु, र नेपाल विश्वविद्यालय अनुदान आयोगको सहकार्यात्मक अनुसन्धान तथा नवप्रवर्तन अनुदानको आर्थिक सहयोगमा सञ्चालित हिन्दुकुश अर्थात हिमालय क्षेत्रमा जलवायु उत्थानशील उपायका रुपमा सामुदायिक वन व्यवस्थापन परियोजना सञ्चालन गरेको छ ।
यस परियोजनाले वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि विकसित भएका अनेक अवधारणामध्ये, नेपालमा विकसित भएको समुदायद्वारा व्यवस्थित वन आज विश्वसामु एक उदाहरणीय अभ्यासका रूपमा उभिएको छ । परियोजना अन्तर्गत करिब २३ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरू हाल यस अभियानमा सहभागी छन्, जहाँ जनसहभागिता केवल कर्तव्य होइन, साझा जिम्मेवारी र गौरवसमेत बनेको छ । समय परिवर्तनसँगै वन व्यवस्थापनको स्वरूप पनि परिवर्तन हुँदै आएको छ । एक समय केवल संरक्षणमा केन्द्रित यो प्रणाली, आज सामाजिक र आर्थिक आवश्यकतासँग गाँसिँदै, आय–आर्जन र समृद्धिको बाटोतर्फ उन्मुख भएको देखिन्छ । किनकि, वनसँगको सम्बन्ध पनि ठाउँ र परिस्थिति अनुसार फरक–फरक हुन जान्छ । त्यसैले कसैका लागि यो जीवनयापनको आधार हो भने कसैका लागि सम्भावनाको स्रोत ।
ग्रामीण भेगमा वन घाँस, दाउरा र पशुपालनसँग जोडिएको जीवनशैलीको अभिन्न अङ्ग हो । शहरी परिवेशमा भने यसको उपयोग र अर्थ फरक ढङ्गले अनुभूत हुन्छ । त्यसैले वन व्यवस्थापन पनि समय, स्थान र आवश्यकताअनुसार परिवर्तनशील हुन नितान्त जरुरी छ ।
खस्किएको वन क्षेत्रलाई जोगाउनु एउटा लक्ष्य हो, तर पुनर्जीवित वनलाई विवेकपूर्ण ढङ्गले उपयोग गर्नु अर्को महङ्खवपूर्ण दायित्व हो । यदि व्यवस्थापन सदा संरक्षणमै सीमित रह्यो भने, वनका सम्भावित लाभहरू ओझेलमा पर्न सक्छन्, र समुदायसँगको सम्बन्धमा नै दूरी पैदा हुन सक्छ । यही सन्दर्भमा, नेपालमा विभिन्न समुदायमा आधारित वन व्यवस्थापनका मोडलहरू विकसित भएका छन् । यिनीहरूले आर्थिक, सामाजिक र पर्यावरणीय तीनै क्षेत्रमा भिन्न तरिकाले योगदान पु¥याएका छन् । तर, यिनीहरूको योगदान कत्तिको सन्तुलित छ भन्ने विषयमा विश्वविद्यालय अनुदान आयोगद्वारा सहयोगार्थ अनुसन्धानले विभिन्न समुदायद्वारा व्यवस्थित वनको अध्ययन गर्दा, सामुदायिक वन– उपयोगितासँग मध्यम धारमा व्यवस्थापन गर्ने हुनाले त्यहाँको वनको हैसियत राम्रो रही पर्याप्त स्रोतको सदुपयोग लिन सक्ने र स्थानीय स्वायत्तता, संस्थागत सुदृढता र सामाजिक एकता कायम भएको पाइएको छ । यी आयामहरूलाई मध्यनजर गर्दै मध्यम गतिको वन व्यवस्थापन अपनाउँदा पर्यावरणीय अखण्डता जोगिनुका साथै, स्थानीय तहमा आय–आर्जनका नयाँ अवसर एवम् सम्भावनासमेत सिर्जना भएका छन् ।
अर्कोतर्फ, मध्यवर्ती क्षेत्रका वनहरू भने अझै पनि बढी संरक्षणमुखी र न्यून व्यवस्थापनमा आधारित देखिन्छन् । यसले गर्दा वन त बाक्लो भएको छ, तर सोचे अनुरूपको हैसियत बन्न सकेको छैन । यद्यपि, सहभागितामूलक शासन र पर्या–पर्यटनको लाभलाई न्यायोचित रूपमा बाँडफाँड गर्दै, यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणमा ठूलो सघाउ पु¥याएको छ ।
कबुलियती वन— हैसियत बिग्रिएका वन भए तापनि, सीमान्तकृत समुदायका लागि आशाको किरण र चरम व्यवस्थापनमुखी रहेकाले यसले जीविकोपार्जनमा सुधार ल्याउँदै सामाजिक र आर्थिक सशक्तीकरणको मार्ग प्रशस्त गरेको छ ।
वनका यी सबै मोडलहरू संरक्षणको मूल भावनामा आधारित छन् । सामाजिक अनुशासनको माध्यमबाट यिनीहरूले वन व्यवस्थापनलाई थप सुदृढ बनाएका छन् । यसले वन मात्र जोगाएको छैन, बरु जलवायु परिवर्तन र संकटसँग जुध्न समुदायको अनुकूलन क्षमता समेत बढाएको छ । आज समुदायमा आधारित वन व्यवस्थापन, जीविकोपार्जनको सामान्य आवश्यकताभन्दा माथि उठेर सामाजिक, आर्थिक र वातावरणीय लचिलोपन निर्माण गर्ने मुख्य आधार बनेको छ ।
तर, विडम्बना, नीतिगत तहमा यस्ता महङ्खवपूर्ण योगदानलाई अझै पनि पर्याप्त रूपमा समेट्न र पहिचान दिन सकिएको छैन । बदलिँदो परिवेशमा, समुदायमा आधारित वनले खेलेको यो ऐतिहासिक भूमिकाको सही मूल्याङ्कन हुनुपर्छ । अबको आवश्यकता भनेको एउटै नीति सबै ठाउँमा लागू गर्नु होइन, बरू सामुदायिक वनमा जीविकोपार्जनका अवसर विस्तार गर्ने, मध्यवर्ती वनमा स्थानीय समुदायको निर्णय अधिकार बढाउने र कबुलियती वनमा, वनमा आधारित साना उद्यम तथा समावेशी संस्थागत प्रणालीलाई सुदृढ बनाउने हो । र, यसलाई उचित मान्यता दिने प्रभावकारी संयन्त्र निर्माण गर्नु नै आजको मुख्य आवश्यकता हो ।
अन्ततः केबल परम्परागत ढङ्गले मात्र नभई, समग्र भूपरिधि तहमा सबै वन प्रारूपलाई रणनीतिक रूपमा जोड्ने ’मोज्याक शैली’ अवलम्बन गरिएमा मात्र पारिस्थितिकीय पुनस्र्थापना र सामाजिक–आर्थिक सशक्तीकरणबीच सन्तुलन कायम भई जलवायु परिवर्तन जस्तो विश्वव्यापी सङ्कटको सामना गर्न सक्ने उत्थानशील समुदायको निर्माण हुनेछ । कुल ४६ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकिएको नेपाल प्राकृतिक सम्पदाले सम्पन्न देश हो । वन केवल प्रकृतिको शृङ्गार मात्र होइन, हाम्रो जीवन, भविष्य र अस्तित्वसँग गहन रुपमा गाँसिएको अमूल्य निधि हो ।

10/06/2026

प्रतिनिधि सभा बैठक, २०८३ जेठ २७ गते

10/06/2026

मन्त्री बनेपछि सिंहदरबार सरे महाविर पुन

10/06/2026

भक्तपुरको गुन्डुमा बाईक अनियन्त्रित भएर दु'र्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घा'इते भएका छन् ।

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको सपथ लिएका छन्।
09/06/2026

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको सपथ लिएका छन्।

09/06/2026

सरकारले जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएका २५ प्रकारका अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उक्त निर्णय सार्वजनिक गरेको हो।

गृह मन्त्रालयका अनुसार यी अत्यावश्यक सेवामा कुनै पनि प्रकारको हडताल, अवरोध वा सेवा ठप्प पार्ने गतिविधि गर्न पाइने छैन। सरकारले यी सेवाहरूलाई निरन्तर सञ्चालनमा राख्नु राज्यको दायित्व भएको भन्दै निर्णय कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ।

सरकारले सार्वजनिक गरेको सूचीअनुसार हडताल निषेध गरिएका अत्यावश्यक सेवाहरूमा डाँक, टेलिफोन तथा सञ्चार सेवा, जल, स्थल र हवाई यातायात सेवा समावेश छन्। त्यस्तै हवाई अड्डा सञ्चालन, हवाईजहाजको मर्मत तथा व्यवस्थापन सेवा, रेल्वे स्टेसन सञ्चालन तथा सरकारी गोदाममा मालसामान ओसारपसार र व्यवस्थापन सेवा पनि यस सूचीमा परेका छन्।

त्यसैगरी सरकारी छापाखाना, रक्षा तथा सैनिक सामग्री उत्पादन र वितरण, आन्तरिक सुरक्षा सेवा, खानेपानी तथा विद्युत् सेवा र पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, मोटेल, रेस्टुराँ तथा रिसोर्ट सेवामा समेत हडताल गर्न पाइने छैन।

यसैगरी पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरणलाई पनि सरकारले अत्यावश्यक सेवामा राखेको छ। स्वास्थ्य क्षेत्रतर्फ अस्पताल तथा स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, औषधि उत्पादन र वितरणलाई अत्यावश्यक सेवा घोषणा गरिएको छ।

फोहोरमैला व्यवस्थापन, बैंकिङ तथा बीमा सेवा पनि यो सूचीमा समावेश छन्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित आपूर्ति प्रणालीलाई विशेष प्राथमिकतामा राख्दै दैनिक उपभोग्य वस्तुको आपूर्ति, मौसम तथा बाढी पूर्वानुमान र पूर्वसूचना सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा, राहदानी सेवा, मास्क तथा ह्यान्ड स्यानिटाइजर उत्पादन र वितरण सेवा एवं इन्टरनेट सेवासमेत अत्यावश्यक सेवाको सूचीमा समेटिएका छन्।

यी सेवाहरू कुनै पनि अवस्थामा अवरुद्ध भए जनजीवन प्रभावित हुने, सार्वजनिक सुरक्षा जोखिममा पर्ने तथा राज्य सञ्चालनमै असर पर्ने भएकाले हडताल निषेध गरिएको गृह मन्त्रालयले जनाएको छ।

विशेषगरी स्वास्थ्य, सुरक्षा, आपूर्ति र सञ्चारजस्ता क्षेत्रमा सेवा अवरुद्ध हुँदा ठूलो संकट उत्पन्न हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको हो। यसअघि पनि सरकारले समय–समयमा अत्यावश्यक सेवाको सूची अद्यावधिक गर्दै आएकोमा पछिल्लो निर्णयसँगै सेवा प्रवाहलाई अझ व्यवस्थित र निरन्तर बनाउन खोजेको देखिन्छ।

सरकारले सूचनामार्फत सबै सम्बन्धित निकायलाई यो निर्णय दृढताका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै नियम उल्लंघन गरिए कानुनअनुसार कडा कारबाही हुने चेतावनीसमेत दिएको छ।

09/06/2026

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका...
09/06/2026

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।
प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्।
प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दुई मन्त्री नियुक्तिका लागि सिफारिस भइसकेको सेतोपाटीलाई जानकारी दिइन्।गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नाम सिफारिस भएको हो।गुरूङ यसअघि पनि २७ दिन गृहमन्त्री भएका थिए। सम्पत्ति स्रोत विवाद देखिएपछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानबिन पनि भएको थियो।छानबिन प्रतिवेदन आजै मन्त्रिपरिषदले ग्रहण गर्ने निर्णय गरेको छ। गुरूङ गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा १ बाट निर्वाचित भएका थिए।

चितवनको क्षेत्रपुरमा लिम्बा थकालीभरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरमा 'लिम्बा थकाली', एउटा फरक प्रकृतिको रेष्टुरेन...
09/06/2026

चितवनको क्षेत्रपुरमा लिम्बा थकाली
भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरमा 'लिम्बा थकाली', एउटा फरक प्रकृतिको रेष्टुरेन्ट संचालनमा आउन लागेको यहाँहरुलाई जानकारी गराउन चाहान्छौं । पछिल्लो समय थकाली खाना खानका लागि शहर भरि भौतारिदाँ पनि उपभोक्ताले भने जस्तो स्वाद पाउन सकिरहेका छैनन् । वास्तविक थकाली खानाको स्वाद पस्कने उद्देश्यले हामीले उपभोक्ताको चाहना र खोजी अनुसार नै लिम्बा थकाली रेष्टुरेन्ट संचालनमा ल्याएका हौं ।
थकाली खांना भन्ने वित्तिकै यसको स्वाद र परिकारका प्रकारहरु प्रति उपभोक्ताको चासो रहने गर्छ । थकाली खानामा प्रयोगमा आउने परिकारका कच्चा पदार्थ (मुस्ताङको कालो सिमी, जिम्बू, टिमुर, जेठो वुढो चामल) प्राय मुस्ताङबाट ल्याएका छौं । खाना पकाउनका लागि समेत हामीले थकाली समुदायका अनुभवी व्यक्तिहरुलाई ल्याएका छौं ।
यस अघि जापनीज ढुंगामा पोलेको मासुको परिकार पस्केर उपभोक्ताबाट चर्चा र धन्यवाद पाएका हामीले शहरमा नयाँ स्वाद पस्कने उद्देश्यले एउटै व्यवस्थापनबाट लिम्बा थकाली संचालन गर्ने तयारी गरेका हौं ।

Address

Bihani Tole, Basantachowk, Gondrang, Bharatpur/09
Bharatpur
44207

Alerts

Be the first to know and let us send you an email when AVASS TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AVASS TV HD:

Share

Category