Hamro Khabar Nepal

Hamro Khabar Nepal यो हाम्रो खबर नेपालको आधिकारिक फेसबुक पेज हो।
"हाम्रो खबर नेपाल: खबरहरूको साँचो स्रोत।"
(5)

"हाम्रो खबर नेपाल: खबरहरूको साँचो स्रोत"
हाम्रो खबर नेपाललाई विश्वासनीय र वास्तविक समाचारको स्रोतको रूपमा प्रस्तुत गर्दछौँ। यस प्लाटफर्मले सटीक र विश्वसनीय जानकारीको लागि उपयुक्त स्थानको रूपमा रहेकछौँ ।

भोलिदेखि अस्ट्रेलियामा हुने टप एण्ड टी–२० सिरिजअघि नेपालका कप्तान रोहित पौडेलले पाकिस्तान शाहिन्सका कप्तान मुहम्मद इरफान...
13/08/2025

भोलिदेखि अस्ट्रेलियामा हुने टप एण्ड टी–२० सिरिजअघि नेपालका कप्तान रोहित पौडेलले पाकिस्तान शाहिन्सका कप्तान मुहम्मद इरफान खानसँग भेट गरे। नेपालले पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरीटोरी स्ट्राइकसंग खेल्नेछ।

धरान उपमहानगरको बुधबारको बजेट सिलिङ नेकपा एमालेको असहमति पछि स्थगित।
13/08/2025

धरान उपमहानगरको बुधबारको बजेट सिलिङ नेकपा एमालेको असहमति पछि स्थगित।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभामा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डविरुद...
13/08/2025

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभामा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डविरुद्ध बोल्दा कुनै खैरियत नहुने बताए।

काठमाडौँ महानगरपालिकाको नगर शिक्षा समितिको बैठक २०८२ साउन २८ गते प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न भएको छ।
13/08/2025

काठमाडौँ महानगरपालिकाको नगर शिक्षा समितिको बैठक २०८२ साउन २८ गते प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न भएको छ।

सत्यवतीमा बाढीः यात्रुहरूले खोलामा अड्किएको जिप धकेल्दैरिडी–वामीटक्सार सडक अन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलामा अवि...
13/08/2025

सत्यवतीमा बाढीः यात्रुहरूले खोलामा अड्किएको जिप धकेल्दै
रिडी–वामीटक्सार सडक अन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलामा अविरल वर्षाले आएको बाढीका कारण यात्रुवाहक जिप अड्किएको छ। यात्रुहरूले जिपलाई धकेल्दै मार्ग खुलाउने प्रयास गरेका छन्।
तस्बिर : जनार्दन घिमिरे/रासस

बिराटनगर–३ स्थित बाल सुधार गृहमा बुधबार सुर्ती (खैनी) भित्र्याउने विवादले हिंसात्मक झडप भयो। इँटा प्रहारबाट असई शम्भु चौ...
13/08/2025

बिराटनगर–३ स्थित बाल सुधार गृहमा बुधबार सुर्ती (खैनी) भित्र्याउने विवादले हिंसात्मक झडप भयो। इँटा प्रहारबाट असई शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरणकुमार मण्डल घाइते भए। ३०–५० जना बालबन्दीले गेट तोडेर भाग्ने प्रयास गरे पनि प्रहरीले नियन्त्रणमा ल्यायो। घटनामा भवन र सामग्री तोडफोड भई ठूलो क्षति भयो। ५० जनाको क्षमता भए पनि हाल २४९ जना राखिँदा वातावरण असुरक्षित बनेको छ।

13/08/2025

कुलमान घिसिङ र वेलायतका सांसद एलेक्स बेकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवाले अन्तर्राष्ट्रिय युवा दिवसमा नेपाली युवामाझ बढ्दो टिकटकको लतप्रति चिन्ता व्यक्त ग...
13/08/2025

परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवाले अन्तर्राष्ट्रिय युवा दिवसमा नेपाली युवामाझ बढ्दो टिकटकको लतप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जाललाई विवेकपूर्वक प्रयोग गरी शिक्षा र सीप विकासमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले नकारात्मक अनलाइन व्यवहारले समय र ऊर्जा दुवै खेर जाने चेतावनी दिँदै सामाजिक सञ्जाललाई सिकाइ र आत्म-विकासको माध्यम बनाउन युवालाई प्रेरित गर्नुभयो।

प्रतिनिधि सभामा आवश्यक संख्याका सांसद नहुँदा बैठक स्थगितकाठमाडौं – बुधबारको प्रतिनिधि सभा बैठकमा आवश्यक ७९ मध्ये ६६ मात्...
13/08/2025

प्रतिनिधि सभामा आवश्यक संख्याका सांसद नहुँदा बैठक स्थगित
काठमाडौं – बुधबारको प्रतिनिधि सभा बैठकमा आवश्यक ७९ मध्ये ६६ मात्र सांसद उपस्थित भएपछि बैठक स्थगित भएको छ। सभामुखले कार्यसूचीका सबै काम रोक्दै बैठक बिहीबार दिउँसो १ बजेका लागि सार्ने घोषणा गरेका छन्।

चक्रे मिलनलाई काठमाडौं अदालतले बुधबार ३० हजार रुपैयाँ धरौटीमा छाडेपछि अभद्र व्यवहार मुद्दा अनुसन्धानका लागि भक्तपुर लगिए...
13/08/2025

चक्रे मिलनलाई काठमाडौं अदालतले बुधबार ३० हजार रुपैयाँ धरौटीमा छाडेपछि अभद्र व्यवहार मुद्दा अनुसन्धानका लागि भक्तपुर लगिएको छ। उनीसँगै १९ जना धरौटीमा रिहा भएका छन्।

खगेन्द्रमल्ली उपभोक्ता समितिको अध्यक्षमा धर्मराज सेढाई सर्व-सहमत निर्वाचित चितवन पूर्वी चितवनको खैरहनीको कठारमा रहेको खग...
13/08/2025

खगेन्द्रमल्ली उपभोक्ता समितिको अध्यक्षमा धर्मराज सेढाई सर्व-सहमत निर्वाचित
चितवन पूर्वी चितवनको खैरहनीको कठारमा रहेको खगेन्द्रमल्ली उपभोक्ता समितिको अध्यक्षमा धर्मराज सेढाई सर्व-सहमत निर्वाचित भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत रहेको समितिमा सेढाईको अध्यक्षतामा ९ सदस्ययी समिति सर्वसहमत चयन गरेको हो । जसको
उपाध्यक्षमा गणेश थपलिया, सचिव मंगल महतो र कोषाध्यक्ष रमेशराज गोतामे रहेका छन् ।
यस्तै सदस्यमा मिना महतो, नमराज पाठक, सुकवहादुर तमाङ, वावन महतो र भिमप्रसाद महतो रहेका छन् ।

13/08/2025

ऊर्जामन्त्री दीपक खड्काका अनुसार अब नेपालमा लोडसेडिङ हुँदैन। सरकारले विद्युत् उत्पादन र आपूर्तिलाई तीव्रता दिँदै बिजुली निर्यातबाट ५ अर्ब नाफा कमाएको उनले जानकारी दिए।

Address

Bharatpur

Telephone

+9779749402107

Website

https://www.hamrokhabarnepal.com/

Alerts

Be the first to know and let us send you an email when Hamro Khabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Khabar Nepal:

Share