Manisha khadka

Manisha khadka Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manisha khadka, Digital creator, Bharatpur.

नेपालको चर्चित हास्य कलाकार एवं मोडल Sagar Lamsal Kshetri “बले” आज बैबाहिक जिबनमा बाधिनुभएको छ, दाम्पत्य जिबन सफल रहोस ह...
14/07/2024

नेपालको चर्चित हास्य कलाकार एवं मोडल Sagar Lamsal Kshetri “बले” आज बैबाहिक जिबनमा बाधिनुभएको छ, दाम्पत्य जिबन सफल रहोस हार्दिक शुभकामना❣️🙏💐 #सक्किगोनि

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेका छ । बालुवाटारमा बसेको आकस्मिक बैठकले राजीनाम...
02/07/2024

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेका छ । बालुवाटारमा बसेको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । 😲

26/06/2024

करण परियार लाई प्रधान मन्त्री ले घर मै बोलाए र दिय गीतार उपहार💝

24/05/2024

सुन तोलाको 5 लाख नपुगे सम्म त यत्रो नि बिहे गरिन्न🤣

18/05/2024

*मोबाइल बढी चलाउने विद्यार्थीलाई सजाय !*

केही महिनाअघि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले बालबालिकाको मोबाइल प्रयोग समय घटाउन के उपाय लगाउन सकिन्छ भनी अध्ययन गराउन एउटा समिति बनाए। समितिले गत साता मात्र एउटा अध्ययन प्रतिवेदन सरकारसमक्ष पेस गर्‍यो।
यतिबेला फ्रान्सेली केही विद्यालयले आफ्ना विद्यार्थीलाई मोबाइल प्रयोगबारे पाठ सिकाइरहेको छ। १४० पृष्ठको अध्ययन प्रतिवेदनमा ११ वर्षसम्मका बालबालिकालाई मोबाइलको पहुँच नदिने, १३ वर्षसम्मका बालबालिकालाई स्मार्टफोनको पहुँच नदिने, १५ वर्षको उमेरसम्मका बालबालिकालाई सामाजिक सञ्जालमा सीमित प्रवेश दिनेजस्ता उपाय सुझाइएको थियो।
त्यसयता १५ वर्षभन्दा माथिका स्कुले विद्यार्थीले मोबाइल कति चलाउँछन्, त्यसको जाँच गर्न थालिएको छ। विद्यालयका एक शिक्षकले विद्यार्थीले सातामा कति घण्टा मोबाइल चलायो, त्यसका आधारमा उसलाई विभिन्न दण्ड सजाय दिने व्यवस्था मिलाइएको छ।
औसतमा विद्यार्थीले मोबाइलमा दैनिक सात घण्टाभन्दा बढी बिताएको पाइन्छ। बढी समय मोबाइलमा बिताउने बालबालिकामा प्रायः मोटोपनको समस्या देखिएको छ। खासगरी विद्यालय बिदाका बेला विद्यार्थीको मोबाइल प्रयोग निकै बढ्ने गर्छ।
यस्तोमा विद्यालयले आफ्ना विद्यार्थीले दैनिक बढीमा चार घण्टाभन्दा बढी मोबाइलमा समय बिताएको खण्डमा उसलाई कुनै सजायको व्यवस्था दिइएको छैन। एक दिनमा ६ घण्टाभन्दा बढी समय बिताउनेलाई दुई घण्टा विभिन्न खेलकुद तथा गृहकार्य दिइन्छ। जसले आठ घण्टाभन्दा बढी समय बिताउँछन्, तिनलाई तीन घण्टासम्म विभिन्न गतिविधि गर्नुपर्ने सजाय सुनाइन्छ।
बालबालिकामा मोबाइल आदत एउटा ठुलो समस्याका रूपमा विकसित हुन थालेकाले यसलाई बेलायत र फ्रान्सले राष्ट्रिय रोगका रूपमा विकसित हुन थालेको र यसबाट विभिन्न समस्या निम्तिएको बताउन थालेका छन्।
सरकारले नै स्वयं यसलाई राष्ट्रिय रोगका रूपमा स्विकार्नुलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। त्यसैले पछिल्लो समय विद्यालयले पनि घरमा प्रयोग हुने मोबाइल समयमाथि ध्यान दिन थाल्दा औसतमा मोबाइल प्रयोगको समय घट्न थालेको देखिन्छ।
त्यसो त यो समय त्यति धेरै बढी घटेको भने छैन तर लगभग एक घण्टा घट्नुलाई प्रयोगका रूपमा थालिएको विद्यालयको परीक्षणलाई सफल भएको मान्नेहरूको कमी छैन। त्यसो त यस अभियानलाई सुरुमा धेरै विद्यार्थीले अस्वीकार गरे।
यसविरुद्ध धर्ना र प्रदर्शनी पनि गरे। तर आफ्ना सन्तानको स्वास्थ्यका खातिर अभिभावकले समेत विद्यालयको नियमलाई सघाएपछि भने उनीहरूको आन्दोलन सेलायो।
सुरुमा १५ र १६ वर्षका विद्यार्थीहरूको मोबाइल जाँच थालियो। उनीहरूलाई देशकै प्रख्यात स्नायु विज्ञहरूसँग अन्तरक्रिया गराइयो। स्नायु विज्ञहरूले मोबाइलमा बढीभन्दा बढी समय स्क्रोल गर्दाका बेफाइदाबारे गम्भीर रूपमा बुझाएपछि उनीहरू मोबाइल प्रयोग छोट्याउन सहमत भए।
यसपछि फ्रान्सेली टेलिभिजनमा सो प्रयोगबारे छलफल चलाइएको थियो। टेलिभिजनमा एक विद्यार्थी भन्छन्, ‘पहिला म दैनिक ८ घण्टा ५० मिनेटसम्म मोबाइल चलाउँथें। होमवर्क पछि गरौंला भन्दाभन्दै समय बितेको पत्तै हुँदैनथ्यो।
खासगरी टिकटकले समय खाइदिएको थियो।’ पछि उनले कसरी क्रमशः आफ्नो समय कम व्यतीत गर्न थालें भन्ने अनुभव सुनाउँछन्, जुन टेलिभिजनमा देखापरेका अधिकांश छात्रछात्राको अनुभवसँग मेल खान्थ्यो।
मोबाइलमा कमभन्दा कम समय बिताउन त्यसमा भएका सबै सामाजिक सञ्जालका एप हटाउनुपर्ने विज्ञको सुझाव छ। मोबाइलमा हटाएपछि महत्वपूर्ण कामका लागि ल्यापटप वा डेस्कटप कम्प्युटरमा मात्र खोल्ने बानी बसाल्दा धेरै समय बचत हुने विज्ञहरू बताउँछन्।
त्यसो त विद्यार्थीहरूलाई कम सामाजिक सञ्जाल प्रयोग गर्नु भन्ने आदेश दिने तर आफैं भने झुन्डिरहने शिक्षकहरू पनि विद्यार्थीका लागि खतरनाक भएको विज्ञहरूले टिप्पणी गरेका छन्। शिक्षकलाई आदर्श मान्ने विद्यार्थीले तिनको सिको गर्ने हुनाले स्वयं शिक्षक पनि सामाजिक सञ्जालको नशाबाट बाहिरिनुपर्ने शिक्षक इर्विन च्याप्लियरको टिप्पणी छ।
(एजेन्सीको सहयोग)
नागरिक
काठमाडौँ
२५ वैशाख २०८१

Congratulations brother हार्दिक बधाई सन्दिप लामिछाने दाईखुशीको खबर... क्रिकेटर सन्दिप लामिछानेले अदालतबाट सफाई पाएका छन्...
15/05/2024

Congratulations brother
हार्दिक बधाई सन्दिप लामिछाने दाई
खुशीको खबर... क्रिकेटर सन्दिप लामिछानेले अदालतबाट सफाई पाएका छन्। उच्चले दियो सन्दीपलाई सफाई, जसमा उनी निर्दोष ठहर भएका छन्।❤️🥀🙏🏿

07/02/2024

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Manisha khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share