28/12/2025
रवी र बालेन मिल्दै गर्दा “किन चुनावअघि नै प्रधानमन्त्रीको नाम घोषणा गरियो? के यो कमजोरी हो या होइन?”
रवि लामिछाने र बालेन शाह मिल्दै गर्दा “किन चुनावअघि नै प्रधानमन्त्रीको कुरा?” भन्ने प्रश्न उठाउनु आफैंमा पुरानो र अवसरवादी राजनीतिक सोच हो। चुनाव जितेपछि संसदीय दलको नेता को हुने भनेर भित्रभित्रै खिचातानी गर्ने परम्पराभन्दा नेतृत्व पहिल्यै जनतामाझ राखेर मत माग्नु लोकतान्त्रिक रूपमा इमानदार अभ्यास हो।
चुनावअघि नै भावी प्रधानमन्त्री को हुने भनेर स्पष्ट गर्दा जनताले सजिलै निर्णय गर्न सक्छन्-कसलाई जिताउने, कसलाई हराउने। ‘भावी प्रधानमन्त्री बालेन’ मन नपर्नेले उनलाई चुनावमै अस्वीकार गर्ने अधिकार राख्छन्, यसमा डराउनुपर्ने केही छैन।
नेतृत्व लुकाएर होइन, खुलेर मैदानमा उभिएर जनमतबाट अनुमोदन खोज्नु नै जिम्मेवार राजनीति हो। त्यसैले चुनावअघिको सहमति कमजोरी होइन, पारदर्शिता हो-र यही पारदर्शिताले पुराना दलहरूलाई सबैभन्दा धेरै समस्या हो ।