Min Sth

Min Sth सँसार लाई जित्नु छ, आफैलाई बदल्नु पनी छ, यात्रा मेरो हो अनि यात्री म आफै।

14/09/2026

इज्जत बाऊ या ज्यान!
゚viralシ

14/09/2026

माइती घर मन्डलामा ग्यास दे सरकार भन्दै बिरोध गर्न गएकी एमाले कार्यकर्ताको घरमा ६० ओटा भरिएको सिलिन्डर।

05/09/2026

माननिय ज्युले फेसबुक स्टाटसमा आफु र आफ्ना टोलीको उद्दारको लागी नेपाल सरकार सँग आवहान गर्यो भने अन्यथा नलिनु होला...।

05/09/2026

बन्द कोठा र देश बिदेशमा बसेर टिकटक, फेसबुक र युट्युवमा विज्ञता बनेर ज्ञान बाँडेको जस्तो छैन अवस्था, घटना स्थलमा पुगेपछी बल्ल माननीय ज्युको दिमाकको ढक्कन खुले जस्तो छ।

05/09/2026

हैन यो राहत हो कि कन्यादान हो..?

05/09/2026

च्याट जिपिटी घोकेर फेसबुक स्टाटसमा उद्दार सम्बन्धी राज्यले केहि गरेन केहि भएन भन्ने विज्ञहरू सम्म यो भिडि पुगोस्।

05/09/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले घर बगाएपछि ११ औँ दिनमा चण्डिका श्रेष्ठ जीवितै फेला परेकी छन्।
परिवारले कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेको थियो तर उद्धारकर्ताले उनलाई नुवाकोटको विदुर नगरपालिका–१० मा अर्धचेत अवस्थामा फेला पारे।
त्रिशूलीको किनारमा अड्किएको घर बाढीले बगाएको थियो र चण्डिकाका परिवारले आठ दिनसम्म खोज्दा पनि उनलाई भेट्टाउन सकेका थिएनन्।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले चण्डिका श्रेष्ठको माया मारिसकेका थिए। बाढी आएको आठ दिनसम्म अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर उनको काजकिरिया नै सुरु गरिसकेको थियो। तर, मृत्यु संस्कार चलिरहँदा बाढी आएको ११ औँ दिनमा ६४ वर्षीया चण्डिकालाई उद्धारकर्ताले जीवितै फेला पारेका छन्।

नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो। बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट उनलाई अर्धअचेत अवस्थामा निकालिएको थियो। उद्धारपछि हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेर उनलाई अहिले काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा ल्याइएको छ।

31/08/2026

टुमटुम्... टयाँराऊ....

29/08/2026

अबका दिनमा टोल टोलमा सरकारको बजेट सिध्याउन र काम देखाउनकै लागि दिइने नाम मात्रको इलेक्ट्रीसियन, प्लबिङ, अटो मोबाइलस्, एसि,मोबाइल मर्मत जस्तो ट्रेनिक मात्र दिनु भन्दा २० वर्ष देखि ४५ वर्ष उमेरका स्वस्थ नागरिकहरुलाई अनिवार्य विपत्त व्यवस्थापन र उद्धारको ट्रेनिङ्ग दिनुपर्ने देखियो।

29/08/2026

विनासकारी बाढीको ६० घन्टा पछी जिवितै उद्धार गरेको ६ वर्षीया बालिका मनिषा मगरको परिवारको खोजी भइरहेको छ। उहाँलाई तिमुरे, रसुवाबाट APF Rescue Team ले सकुशल उद्धार गरी प्राथमिक उपचारसहित सुरक्षित राखेको थियो। उद्धार गरिएको बालिका नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल, धुन्चे लगेर थप उपचारपछि काठमाडौं पठाइएको छ।

Address

44200
Bharatpur
44204

Alerts

Be the first to know and let us send you an email when Min Sth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Min Sth:

Shortcuts

Share