जन अपडेट । Jana Update

जन अपडेट । Jana Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जन अपडेट । Jana Update, News & Media Website, Bharatpur.

जन अपडेटले सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, विश्व, अर्थ, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन, लेख, दुर्घटना/घटना, विकास निर्माण, सूचना/प्रविधिलगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

Special thanks for making us a 𝐌𝐞𝐝𝐢𝐚 𝐏𝐚𝐫𝐭𝐧𝐞𝐫 for the ‘ National Level Online Public Speaking Rhetoric - 2025 ’ !
17/12/2025

Special thanks for making us a 𝐌𝐞𝐝𝐢𝐚 𝐏𝐚𝐫𝐭𝐧𝐞𝐫
for the ‘ National Level Online Public Speaking Rhetoric - 2025 ’ !


29/11/2025

सरल नेपालको आयोजनामा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ हुँदै

‘ युवा बोले राष्ट्र बोल्छ ’ भन्ने दृष्टिकोण तथा ‘ स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान ’ भन्ने उद्देश्यले राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ नवलपुरमा सम्पन्न हुने भएको छ । नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको र यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ घोषणा गरिएको छ, जसले देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रम संयोजक समिर लामिछानेका अनुसार यो कार्यक्रम एकै चरणमा सम्पन्न हुने छ र पूर्ण रूपमा अनलाइन मोडमै सञ्चालन हुने छ । यो कार्यक्रम विशेष रूपमा युवाहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । सहभागीहरूले एकै पटक आफ्नो प्रस्तुतीकरण अनलाइन मार्फत गर्ने छन् । यहीँ एक प्रस्तुतीकरणका आधारमा परिणाम तय गरिने छ । उक्त कार्यक्रममा विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकद्वारा मूल्यांकन हुने छ । उक्त कार्यक्रममा देशका जुनसुकै स्थानबाट सहभागिता हुने छन्, भने समय र लागत दुवैको बचत, समान अवसर, डिजिटल प्रविधिको उपयोग, सहज प्रतिष्पर्धा वातावरणजस्ता फाइदाहरू प्रदान गर्ने छ । ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ मा सहभागी इच्छुक युवाहरूले अनलाइन फारम, सामाजिक सञ्जाल लिंक तथा माध्यममार्फत साथै फोन ( ९७४५२९०२८३ ) मार्फत दर्ता गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा सहभागिताको लागि १५ देखि ४० वर्षसम्मका नेपाली युवा हुनु पर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्ने छ । उक्त कार्यक्रमले देशभरिका युवाहरूलाई एउटै डिजिटल मञ्चमा ल्याउँदै एक चरणमै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने छ । उक्त कार्यक्रममा डिजिटल पार्टनरको रुपमा स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनरको रूपमा जन अपडेट र सहकार्य साझेदारको रूपमा लियो क्लब अफ चितवन ग्रिन रहेका छन् । यस्तै, कार्यक्रम व्यवस्थापन साझेदारको रूपमा मोक्षालय बहुउद्देशीय, सहयोगी संस्थाहरुको रूपमा युवा पहल: लुम्बिनी प्रदेश, सामुदायिक विकास फाउण्डेशन नेपाल, युवा अभियान नेपाल र मेडिकल पार्टनरको रूपमा जीवन सिटी अस्पताल प्रा.लि. ( कावासोती, नवलपुर ) र अन्तर्राष्ट्रिय शिक्षा साझेदारको रूपमा लेड्रा कलेज रहेका छन् ।

27/11/2025

सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ हुँदै

‘ युवा बोले राष्ट्र बोल्छ ’ भन्ने दृष्टिकोण तथा ‘ स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान ’ भन्ने उद्देश्यले लुम्बिनी प्रदेशमा पर्ने नवलपुरमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ हुने भएको छ । नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको र यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ घोषणा गरिएको छ, जसले देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । कार्यक्रम संयोजक समिर लामिछानेका अनुसार यो कार्यक्रम एकै चरणमा सम्पन्न हुने छ र पूर्ण रूपमा अनलाइन मोडमै सञ्चालन हुने छ । यो कार्यक्रम विशेष रूपमा युवाहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । सहभागीहरूले एकै पटक आफ्नो प्रस्तुतीकरण अनलाइन मार्फत गर्ने छन् । यहीँ एक प्रस्तुतीकरणका आधारमा परिणाम तय गरिने छ । उक्त कार्यक्रममा विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकद्वारा मूल्यांकन हुने छ ।

उक्त कार्यक्रममा देशका जुनसुकै स्थानबाट सहभागिता हुने छन्, भने समय र लागत दुवैको बचत, समान अवसर, डिजिटल प्रविधिको उपयोग, सहज प्रतिष्पर्धा वातावरणजस्ता फाइदाहरू प्रदान गर्ने छ । ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ मा सहभागी इच्छुक युवाहरूले अनलाइन फारम, सामाजिक सञ्जाल लिंक तथा माध्यममार्फत साथै फोन ( ९७४५२९०२८३ ) मार्फत दर्ता गर्न सक्नेछन् । उक्त कार्यक्रममा सहभागिताको लागि १५ देखि ४० वर्षसम्मका नेपाली युवा हुनु पर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्ने छ । उक्त कार्यक्रमले देशभरिका युवाहरूलाई एउटै डिजिटल मञ्चमा ल्याउँदै एक चरणमै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने छ । उक्त कार्यक्रममा डिजिटल पार्टनरको रुपमा स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनरको रूपमा जन अपडेट र सहकार्य साझेदारको रूपमा लियो क्लब अफ चितवन ग्रिन रहेका छन् । यस्तै, कार्यक्रम व्यवस्थापन साझेदारको रूपमा मोक्षालय बहुउद्देशीय, सहयोगी संस्थाहरुको रूपमा युवा पहल: लुम्बिनी प्रदेश तथा युवा अभियान नेपाल र मेडिकल पार्टनरको रूपमा जीवन सिटी अस्पताल प्रा.लि. ( कावासोती, नवलपुर ) रहेका छन् ।

उक्त कार्यक्रमको उद्देश्यहरू ;
स्पष्ट र प्रभावकारी वक्ता उत्पादन
युवाहरूलाई आत्मविश्वासका साथ विषयवस्तु प्रस्तुत गर्ने क्षमता विकास ।

नेतृत्व विकास
सार्वजनिक संवाद, तर्कशक्ति र निर्णय क्षमतालाई नेतृत्व विकासको आधार बनाउने ।

तर्कशक्ति र विश्लेषण क्षमतामा वृद्धि
स्पष्ट सोच, तथ्य विश्लेषण र विषयवस्तुको संगठित संरचना निर्माणमा दक्षता वृद्धि ।

अभिव्यक्ति सहजता र डिजिटल स्टेज म्यानर
अनलाइन माध्यममा कसरी प्रस्तुत हुने, क्यामेरा म्यानर, भाव - भंगिमा, आवाज, आदिमा सुधार ।

25/11/2025

राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ हुने

‘ युवा बोले राष्ट्र बोल्छ ’ भन्ने दृष्टिकोण तथा ‘ स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान ’ भन्ने उद्देश्यले लुम्बिनी प्रदेशमा पर्ने नवलपुर जिल्लामा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ सम्पन्न गरिने भएको छ । कार्यक्रम संयोजक समिर लामिछानेका अनुसार यो कार्यक्रम एकै चरणमा सम्पन्न हुने छ र पूर्ण रूपमा अनलाइन मोडमै सञ्चालन हुने छ । यो कार्यक्रम विशेष रूपमा युवाहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । ‘युवा पुस्तामा विशाल सम्भावना छ, तर अभिव्यक्ति कमजोर हुँदा उनीहरूको क्षमता दबिन्छ । यो कार्यक्रमले उनीहरूको आवाज, प्रभाव र आत्मविश्वासको ढोका खोल्ने छ’, लामिछानेले भने ।

‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ मा सहभागी इच्छुक युवाहरूले अनलाइन फारम, सामाजिक सञ्जाल लिंक तथा माध्यम साथै फोन ( ९७४५२९०२८३ ) मार्फत दर्ता गर्न सक्नेछन् । उक्त कार्यक्रममा सहभागिताको लागि १५ देखि ४० वर्षसम्मका नेपाली युवा हुनु पर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्ने छ । ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ को शीर्षक र थप व्यवस्थापकीय विवरण केही दिनमै आयोजकले सार्वजनिक गर्ने तय गरेको छ ।

01/09/2025

भक्तपुरको भाष्मासुर मोहिनी नाच

नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजना र चन्द्रागिरि नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको चन्द्रागिरि नगरपालिका -९, मच्छेगाउँमा ‘ आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं ’ भन्ने मूल नाराका साथ ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम – २०८२ ’ मा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको भाष्मासुर मोहिनी नाच ( नागचा नृत्य )

‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ चितवनको भरतपुर महानगरपालिका -२६, ज्...
28/08/2025

‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ चितवनको भरतपुर महानगरपालिका -२६, ज्योतिनगर हाटबजार परिषरमा आयोजित ‘ तीज विशेष साँस्कृतिक कार्यक्रम - २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता ’ को तस्बिरहरु

23/08/2025

काठमाडौंको मच्छेगाउँमा भदौ १४ गते ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ ’ हुँदै

नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजना र चन्द्रागिरि नगरपालिकाको विशेष सहयोगमा ‘ आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं ’ भन्ने मूल नाराका साथ ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम - २०८२ ’ हुने भएको हो । काठमाडौंको चन्द्रागिरि नगरपालिका -९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा भदौ १४ गते उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीले प्रदर्शनीको ब्यानर सार्वजनिक गरेका छन् । लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला - संस्कृति एकै स्थानमा देख्न, हेर्न पाइनुका साथै संस्कृति जगेर्नामा योगदान पुग्ने भन्दै नगरपालिका प्रमुख घनश्याम गिरीले युवापुस्तामा संस्कृति, परम्परा र मौलिकता उजागर गर्न प्रदर्शनीले ठूलो सन्देश दिदै आएको बताए । गिरीले प्रदर्शनीमा सहभागी हुन सम्पूर्ण पालिकाहरुका संस्कृतिप्रेमीहरुलाई आव्हान समेत गरेका छन् । ब्यानर सार्वजनिक भएसँगै महोत्सवको औपचारिक प्रचारप्रसार शुरु भएको छ । प्रदर्शनीमा देशका विभिन्न ५० वटा जिल्लाका लाखेहरु सहभागि हुने अपेक्षा रहेको नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँका अध्यक्ष रमेश शाहीले जानकारी दिए । ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ ’ का लागि भदौ १२ गतेसम्म दर्ता गर्ने समय तालिका रहेको छ । यो कार्यक्रम नेपाली मौलिक परम्पराको गौरवशाली प्रदर्शन हुने छ । जहाँ देशभरका समुदायहरू एकै स्थानमा सांस्कृतिक एकता र उत्सव मनाउन जुट्ने छन् । उक्त कार्यक्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको भाष्मासुर मोहिनी नाच समेत हुने छ । उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जन अपडेट डटकमलगायतका मिडिया रहेका छन् ।

30/07/2025

प्रथम राष्ट्रिय कोदो दिवस - २०८२ भव्य रूपमा मनाऔं !!!

यस वर्षदेखि नेपाल सरकारले साउन १६ लाई ‘ राष्ट्रिय कोदो दिवस ’ को घोषणा गरेको हुनाले नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, चाँगुनारायण नगरपालिका भक्तपुर र खाद्य तथा कृषि संगठनको संयुक्त आयोजनामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा ‘ कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार ’ नाराका साथ ‘ प्रथम राष्ट्रिय कोदो दिवस - २०८२ ’ मिति २०८२ साउन १६ गते, भक्तपुरको चाँगुनारायण नगरपालिका -९, हर्षपुरमा हुँदै छ ।

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when जन अपडेट । Jana Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जन अपडेट । Jana Update:

Share