Aviyan TV

Aviyan TV समाजकाे प्रष्ट तस्विर

नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा उमेश गिरी विजयी, रत्ननगर नगर समितिको प्यानलै गिरी समूहले जित्यो ।रत्ननगर, असोज ८ ।न...
24/09/2026

नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा उमेश गिरी विजयी, रत्ननगर नगर समितिको प्यानलै गिरी समूहले जित्यो ।

रत्ननगर, असोज ८ ।
नेपाली कांग्रेस रत्ननगर नगर समितिको नेतृत्व चयनका लागि भएको निर्वाचनबाट उमेश गिरी नगर सभापतिमा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार गिरीले २९५ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी रामहरि न्यौपानेले १९४ मत प्राप्त गरे। गिरीले न्यौपानेलाई १०१ मतको अन्तरले पराजित गरेका हुन्।
नगर समितिका सबेै पदमा गिरी समूहका उम्मेदवारहरू विजयी भएका छन्। उपसभापतिमा हरि लामिछाने ३१९ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नारायण महतोले १८३ मत प्राप्त गरे।
त्यस्तै महिला उपसभापतिमा सरस्वती चालिसे २६८ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिस्पर्धी रिता काप्रीले २२५ मत प्राप्त गरिन्।

सचिव पदमा भने निकै प्रतिस्पर्धात्मक परिणाम आएको छ। सुरेशजङ्ग पाण्डे २५६ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी सुवर्ण घिमिरेले २४५ मत प्राप्त गरे। पाण्डेले घिमिरेलाई ११ मतको झिनो अन्तरले पछि पारेका हुन्।

सहसचिवमा मिलनकुमार क्षेत्री २६९ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी पुरुषोत्तम लामिछानेले २३० मत प्राप्त गरे।
गिरी समूहका उम्मेदवारहरू विजयी भएसँगै रत्ननगर कांग्रेसको नगर नेतृत्वमा उमेश गिरी नेतृत्वको समूहको प्रभाव देखिएको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यकर्ता तथा समर्थकहरू एवं शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिएका छन्।

वैकुण्ठचोक शान्ति आमा समूहद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख सहयोगमाधव सापकोटाअसोज ६, चितवनप्राकृतिक विप...
23/09/2026

वैकुण्ठचोक शान्ति आमा समूहद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख सहयोग

माधव सापकोटा
असोज ६, चितवन
प्राकृतिक विपद्मा परेका नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले भरतपुर–४, वैकुण्ठपथस्थित वैकुण्ठचोक शान्ति आमा समूहले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग गरेको छ।
पछिल्लो समय रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट नागरिक प्रभावित भइरहेका बेला आमा समूहले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त रकम सहयोग गरेको हो। विपद्का कारण घरबार, सम्पत्ति तथा आफन्त गुमाएर कठिन परिस्थितिमा रहेका परिवारको राहत तथा उद्धारमा योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको समूहले जनाएको छ।
सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको वैकुण्ठचोक शान्ति महिला समूहले विपद्का समयमा पीडितको साथमा उभिनु प्रत्येक समुदायको साझा दायित्व भएको जनाएको छ।
समूहकी अध्यक्ष तुलसी निउरेले विपद् पीडित नागरिकलाई तत्काल राहत र सहयोग आवश्यक पर्ने भएकाले आफ्नो समूहले सामर्थ्यअनुसार सहयोग गरेको बताउनुभयो। उहाँले मानवीय सेवाको भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भोटेकोशी क्षेत्रमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति देशभरबाट चासो र सहयोग जुटिरहेका बेला विभिन्न संघसंस्था, सामाजिक समूह तथा नागरिकस्तरबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम बढेको छ। सरकारी निकायको प्रयाससँगै समुदायस्तरबाट हुने यस्ता सहयोगले विपद् प्रभावित नागरिकसम्म राहत पुर्‍याउन थप सहज हुने अपेक्षा गरिएको छ।
वैकुण्ठचोक शान्ति आमा समूहको यो सहयोगले विपद्मा परेका नागरिकप्रतिको सामुदायिक संवेदना, सामाजिक जिम्मेवारी र मानवीय एकताको उदाहरण प्रस्तुत गरेको छ। समूहले उपलब्ध गराएको रकम विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा उपयोग हुने विश्वास गरिएको छ।

अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेवल ट्रस्टद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई  रू. ११ लाख ५५ हजार ५ सय ५५...
14/09/2026

अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेवल ट्रस्टद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई रू. ११ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान ।ट्रस्टका सस्थापक संरक्षक परम श्रद्धेय श्रीमुक्तिनाथ बाबाज्यूको सचिवालयले एक विज्ञप्ति जारी गर्दै चेक प्रदान गर्नुभएको छ ।

श्रीवैष्णव परिषद् नेपालको राष्ट्रिय महाधिवेशन असोज १० र ११ गते  देवघाटमा हुनेमाधव सापकोटा भदौ २९, चितवन श्रीवैष्णव परिषद...
14/09/2026

श्रीवैष्णव परिषद् नेपालको राष्ट्रिय महाधिवेशन असोज १० र ११ गते देवघाटमा हुने

माधव सापकोटा
भदौ २९, चितवन
श्रीवैष्णव परिषद् नेपाल र श्रीवैष्णव महिला परिषद् नेपालको राष्ट्रिय महाधिवेशन आगामी असोज १० र ११ गते देवघाटधाममा हुने भएको छ।
श्रीवैष्णव परिषद् नेपाल केन्द्रीय कार्यसमितिको २०८३ भदौ २८ गते बसेको बैठकले श्रीवैष्णव परिषद्को चौधौँ राष्ट्रिय महाधिवेशन तथा श्रीवैष्णव महिला परिषद् नेपालको भदौ २९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले श्रीवैष्णव महिला परिषद् नेपालको चौँथो राष्ट्रिय महाधिवेशन आगामी २०८३ असोज १० र ११ गते देवघाटधाममा गर्ने निर्णय गरेको हो।
महाधिवेशनमा सहभागी हुन दुवै परिषद्का आजीवन सदस्य, विशेष सदस्य, जिल्ला समितिका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरूलगायत सम्पूर्ण आचार्यहरू तथा भक्तजनहरूलाई आयोजकले अनुरोध गरेको छ।
श्रीवैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराजाचार्य तथा श्रीवैष्णव महिला परिषद् नेपालकी अध्यक्ष कौशल्या दाहालद्वारा जारी सूचनामा महाधिवेशनमा निर्धारित समयमा सहभागी हुन अनुरोध गरिएको छ।

२०८३ भाद्र ९ गतेरत्ननगर, चितवन।  चितवन क्षेत्र नं. १ का सांसद हरि ढकालज्यू ले  चितवन स्थित संघीय कार्यालय अन्तर्गतका सरक...
25/08/2026

२०८३ भाद्र ९ गते
रत्ननगर, चितवन।
चितवन क्षेत्र नं. १ का सांसद हरि ढकालज्यू ले चितवन स्थित संघीय कार्यालय अन्तर्गतका सरकारी प्रतिनिधिहरुको प्राविधिक टोली सहित चितवन निर्वाचन क्षेत्र नं. १ अन्तर्गत खैरहनी र राप्ती नगरपालिकाका विभिन्न वडाहरूमा पुगेर विकास निर्माणका विभिन्न आयोजना तथा योजनाहरूको स्थलगत अनुगमन गरेका छन् ।
गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेका तथा निर्माणाधीन कामहरूको प्रगति, गुणस्तर र कार्यान्वयनको अवस्थाबारे सम्बन्धित अधिकारी तथा प्राविधिक टोलीसँगै प्रत्यक्ष रुपमा स्थानीयहरुको सहभागितामा जानाकारी लिने तथा कार्यसम्पादनका विषयमा छलफल गरिएको माननीयको सचिवालयले जनाएको छ ।
साथै, चालु आर्थिक वर्षमा सञ्चालन हुने नयाँ आयोजना तथा कार्यक्रमहरूका लागि आवश्यक तयारी र सम्भावित कार्यस्थलबारे समेत स्थलगत अवलोकन तथा छलफल पछि योजनाहरुलाई समयमै कार्य सम्पादन प्रकृयामा लाग्न , गुणस्तरीय र परिणाममुखी रूपमा अघि बढाउने विषयमा सम्बन्धित निकाय(मन्त्रालय) सँग आवश्यक समन्वय र पहल गर्न सदैव साथमा रहेको मानीयज्यूले बताउनुभएको छ । स्थलगत अनुगमनमा जिल्ला स्थित शहरी विकास, सिँचाइ, सडक डिभिजन , भौतिक पूर्वाधार, भूमिगत सिँचाइका प्रमुख तथा प्रतिनिधिहरु सहितको टोलि रहेको थियो ।

२०८३ भाद्र ७ गतेरत्ननगर, चितवन। प्रतिनिधि सभा सदस्य माननीय हरि ढकाल सहित चितवन स्थित संघीय कार्यालय अन्तर्गतका सरकारी प्...
24/08/2026

२०८३ भाद्र ७ गते
रत्ननगर, चितवन।
प्रतिनिधि सभा सदस्य माननीय हरि ढकाल सहित चितवन स्थित संघीय कार्यालय अन्तर्गतका सरकारी प्रतिनिधिहरुको प्राविधिक टोलीले चितवन निर्वाचन क्षेत्र नं. १ अन्तर्गत रत्ननगर नगरपालिकाका विभिन्न वडाहरूमा पुगेर विकास निर्माणका विभिन्न आयोजना तथा योजनाहरूको स्थलगत अनुगमन गरेका छन् ।
गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेका तथा निर्माणाधीन कामहरूको प्रगति, गुणस्तर र कार्यान्वयनको अवस्थाबारे सम्बन्धित अधिकारी तथा प्राविधिक टोलीसँगै प्रत्यक्ष रुपमा स्थानीयहरुको सहभागितामा जानाकारी लिने तथा कार्यसम्पादनका विषयमा छलफल गरिएको माननीयको सचिवालयले जनाएको छ ।
साथै, चालु आर्थिक वर्षमा सञ्चालन हुने नयाँ आयोजना तथा कार्यक्रमहरूका लागि आवश्यक तयारी र सम्भावित कार्यस्थलबारे समेत स्थलगत अवलोकन तथा छलफल पछि योजनाहरुलाई समयमै कार्य सम्पादन प्रकृयामा लाग्न , गुणस्तरीय र परिणाममुखी रूपमा अघि बढाउने विषयमा सम्बन्धित निकाय(मन्त्रालय) सँग आवश्यक समन्वय र पहल गर्न सदैव साथमा रहेको सांसद ढकालले बताउनुभएको छ । स्थलगत अनुगमनमा जिल्ला स्थित शहरी विकास, सिँचाइ, सडक, भौतिक पूर्वाधार, भूमिगत सिँचाइ , नारायणी तटबन्धनका प्रमुख तथा प्रतिनिधिहरु सहितको टोलि रहेको थियो ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का...
04/08/2026

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने साविकको व्यवस्था कायम गर्ने ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ पारित गरेको छ।

17/07/2026

17/07/2026

चितवन रत्ननगर-१३ स्थित अटिजम भएका बालबालिकालाई पढाईने विद्यालयको अवलोकन पच्चात् बोल्नुहुदै नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री माननीय सस्मित पोखरेलज्यू

नेपाल सरकारका शिक्षामन्त्री सस्मित पोखरेल , चितवन क्षेत्र नं १ का सांसद हरि ढकाल तथा चितवनकी सांसद प्रभा ढकालद्वारा रत्न...
17/07/2026

नेपाल सरकारका शिक्षामन्त्री सस्मित पोखरेल , चितवन क्षेत्र नं १ का सांसद हरि ढकाल तथा चितवनकी सांसद प्रभा ढकालद्वारा रत्ननगर-१३ स्थित अटिजम भएका बालबालिका पढाउने विद्यालय अनुगमन तथा शिक्षण–सिकाइ , थेरापी लगायतको अवस्थाबारे अवलोकन एवं जानकारी लिनुहुँदै ।

Address

Bharatpur, Chitwan
Bharatpur
44200

Opening Hours

Monday 05:00 - 17:00
Tuesday 05:00 - 23:00
Wednesday 05:00 - 23:00
Thursday 05:00 - 23:00
Friday 05:00 - 23:00
Saturday 05:00 - 23:00
Sunday 05:00 - 23:00

Telephone

+97756511011

Alerts

Be the first to know and let us send you an email when Aviyan TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aviyan TV:

Shortcuts

Share