05/01/2024
भोजपुर-हतुवागढी-४
अदुवाको निर्यात उत्पादन धेरै, तर किसानहरुले उचित मूल्य पाएका छैनन !
गतवर्ष पर किलो १६० रुपैयाँ
यस वर्षमा पर किलो ८० रुपैयाँ
केन्द्रीय भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार नेपालबाट भारतसहित बंगलादेश, युएई, थाइल्यान्ड, चिनि, जापान, फ्रान्स, स्विजरल्यान्ड, युक्रेन, अमेरिका, पास्तिान र जर्मनीमा अदुवा निर्यात हुने गरेको छ। भारतबाहेकका देशमा नगन्य मात्र निर्यात हुन्छ।
नेपालमा बेमौसममा भने विदेशबाट अदुवा आयात पनि हुने गरेको छ। विशेषगरी माघदेखि चैतसम्म नेपालमा अदुवा उत्पादन हुन्छ। तर, भण्डारण नहुँदा अन्य समयमा अदुवा आयात हुने गरेको छ। नेपालमा म्यानमार, युएई, जर्मनी, बेलायत र चीनबाट अदुवा आयात हुन्छ।
साढे पाँच वर्षमा ७५ करोडको अदुवा आयात
आन्तरिक उत्पादन भण्डारणको व्यवस्था नहुँदा बेमौसममा नेपाली उपभोक्ताले विदेशी अदुवामा निर्भर हुनुपर्छ। स्वदेशी किसानले पनि उचित मूल्य पाउँदैनन्। नेपालमा वार्षिक २६ करोड रुपैयाँभन्दा बढीको अदुवा आयात हुँदै आएको छ।
विभागको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्ष सात महिनामा ७७ करोड बराबरको अदुवा आयात भएको छ। चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा ९ करोड ४५ लाख ८ हजारको अदुवा आयात भइसकेको छ।
आन्तरिक उत्पादनले बजार धान्न सक्ने अवस्था भएकोले अदुवाको आयातमा सरकारले रोक लगाउनु पर्ने भोजपुर-हतुवागढी-४ का अदुवा किसानहरुले बताए का छ्न । अदुवा आयातमा रोक लगाएर नेपाली उत्पादनलाई उच्चित मूल्य निर्धाण गर्नुपर्ने हतुवागढी-४ का किसानहरुको भनाइ छ।
अदुवा भण्डारण गर्ने ठाउँ छैन। लामो समय त्यतिकै राख्न सकिँदैन,’ उनले भने, ‘किसानलाई पनि तुरुन्त पैसाको आवश्यकता हुन्छ, त्यसैले बिक्री गरिहाल्छन्। अनि बेमौसममा आयात गर्नुको विकल्प छैन।’