09/08/2026
PPMO को नयाँ SBD–2026 जारी: Qualification Criteria मा के–के परिवर्तन भयो?
⏩️सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले रु. २ करोडभन्दा माथिका निर्माण कार्यका लागि प्रयोग हुने NCB Single Stage Two Envelope SBD–2026 सार्वजनिक गरेको छ। नयाँ SBD मा निर्माण व्यवसायीको अनुभव, वित्तीय क्षमता, Bid Capacity, Key Activities तथा Complex Works सम्बन्धी योग्यता मापदण्ड थप स्पष्ट गरिएको छ।
🔊नयाँ तथा महत्त्वपूर्ण व्यवस्था📢
⏩️रु. १० करोडसम्मको निर्माण कार्यमा लागत अनुमानको कम्तीमा ४० प्रतिशत बराबरको समान प्रकृतिको काम गरेको अनुभव चाहिने।
⏩️रु. १० करोडभन्दा माथिको काममा लागत अनुमानको कम्तीमा ६० प्रतिशत बराबरको समान प्रकृतिको काम गरेको अनुभव चाहिने।
अनुभव पछिल्लो १० वर्षभित्रको हुनुपर्ने तथा VAT घटाएर राष्ट्र बैंकको Wholesale Price Index अनुसार वर्तमान मूल्यमा समायोजन गरिने।
⏩️Tunnel, major तथा special bridge, airport, hydropower, flyover, viaduct, ठूला खानेपानी र सिँचाइ आयोजना लगायतलाई Complex Works का रूपमा परिभाषित गरिएको।
⏩️Complex Works मा JV को कम्तीमा एक साझेदारले लागत अनुमानको १० प्रतिशत बराबरको एउटै समान ठेक्का गरेको हुनुपर्ने।
⏩️Bidder को Required Bid Capacity लागत अनुमानको सामान्यतः ८० देखि १०० प्रतिशत कायम गर्नुपर्ने।
⏩️Annual Construction Turnover सामान्यतः 1.5 × V/T हुने भए पनि कामको आकार, प्रकृति र जटिलताअनुसार multiplier १ सम्म घटाउन सकिने।
⏩️पछिल्लो १० आर्थिक वर्षमध्ये उत्कृष्ट तीन वर्षको कारोबारबाट Average Annual Construction Turnover गणना गर्न सकिने।
🔊Key Activities मा कडाइ📢
⏩️कुल लागत अनुमानमा कम्तीमा १० प्रतिशत भार भएका कामलाई मात्र Key Activity बनाउन सकिनेछ। आवश्यक annual production rate को करिब ८० प्रतिशतसम्म अनुभव माग्न सकिने तथा फरक–फरक ठेक्काबाट प्राप्त उत्पादन अनुभव जोड्न सकिने व्यवस्था गरिएको छ।
⏩️बजारमा सजिलै उपलब्ध वा subcontract गर्न सकिने lift, elevator, electrical र अन्य विशेष सुविधालाई Key Activity बनाउन पाइने छैन। “International standard”, “high standard” वा “complex technology” जस्ता मापन गर्न नसकिने अस्पष्ट शब्द प्रयोग गरेर qualification निर्धारण गर्न पनि रोक लगाइएको छ।
⏩️Public Entity ले योग्यता मापदण्ड निर्धारण गर्दा बजारमा पर्याप्त योग्य bidder उपलब्ध रहेको सुनिश्चित गरी त्यसको आधार अभिलेखमा राख्नुपर्नेछ।
🔊Equipment र Personnel मा सुधारको अवसर📢
⏩️Equipment वा personnel सम्बन्धी सामान्य कमी भएकै कारण Technical Bid तुरुन्त अस्वीकृत गर्न नहुने व्यवस्था गरिएको छ। मूलतः responsive bid भए clarification तथा rectification मार्फत contract award अघि त्यस्तो कमी पूरा गराउन सकिनेछ।
🔊अन्य महत्त्वपूर्ण प्रावधान📢
⏩️पाँचवटा चालु निर्माण ठेक्का सीमा Form ELI–3 मार्फत परीक्षण गरिने।
⏩️धेरै package मा bid गर्दा turnover, financial resources, bid capacity र key activities को requirement जोडेर मूल्याङ्कन गरिने।
⏩️Employer लाई न्यूनतम लागत पर्ने Least-Cost Combination का आधारमा package award गर्न सकिने।
⏩️Taking-Over Certificate जारी भएको contract मात्र substantially completed मानिने।
⏩️Quantifiable nonconformity Bid Price को १५ प्रतिशतभन्दा बढी भए bid non-responsive हुने।
⏩️Evaluated Bid Price लागत अनुमानभन्दा ३० प्रतिशतभन्दा बढी कम भए bid अस्वीकृत हुने।
⏩️अत्यधिक unbalanced वा front-loaded bid मा rate analysis तथा quoted bid price को थप ८ प्रतिशत Performance Security माग्न सकिने।