Purbeli news.com

Purbeli news.com Please like comment and share and post news update

“विजयादशमीको शुभकामना: बिहान ९:२३ मा देवी विसर्जन, ११:५३ मा टीका साइत, पूर्वतर्फ फर्केर टीका लगाउनुहोस्”।
02/10/2025

“विजयादशमीको शुभकामना: बिहान ९:२३ मा देवी विसर्जन, ११:५३ मा टीका साइत, पूर्वतर्फ फर्केर टीका लगाउनुहोस्”।

अब उर्लाबारी ४ बाट उर्लाबारी ८ जोड्ने भानु स्कुल देखि बाहादुरबाबा सम्मको सड्क पनि सुन्झोडा सडक जस्तै बन्ने ।
12/08/2025

अब उर्लाबारी ४ बाट उर्लाबारी ८ जोड्ने भानु स्कुल देखि बाहादुरबाबा सम्मको सड्क पनि सुन्झोडा सडक जस्तै बन्ने ।

देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा रक्षा बन्धन तथा जनै पुर्णिमाको शुभकामना । ❤️
09/08/2025

देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा रक्षा बन्धन तथा जनै पुर्णिमाको शुभकामना । ❤️

उर्लाबारी बहुमुखी क्याम्पसमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न, सञ्चालक समिति बैठक भदौ ७ भित्र गर्ने निर्णयउर्लाबारी । उर...
13/06/2025

उर्लाबारी बहुमुखी क्याम्पसमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न, सञ्चालक समिति बैठक भदौ ७ भित्र गर्ने निर्णय

उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसमा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले क्याम्पस सञ्चालक समितिको निर्वाचन भोलि नगर्ने निर्णय गर्दै आगामी भदौ ७ गतेभित्र बस्ने गरी सहमति गरेको छ।

क्याम्पस प्रशासनका अनुसार स्थानीय राजनीतिक दलहरूको साझा आग्रहपछि यस्तो निर्णय लिइएको हो। बैठकमा सहभागी सबै दलहरू तथा सरोकारवालाहरूको सुझावपछि तत्कालीन तनाव कम गर्दै संवादमार्फत समाधान खोज्ने उद्देश्यले यो सहमति गरिएको जनाइएको छ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष पुष्प ढकालले उक्त जानकारी दिँदै भने, “स्थानीय राजनीतिक दलहरूबाट आएको एकमुष्ट आग्रहका कारण भोलिका लागि तय गरिएको सञ्चालक समितिको निर्वाचन स्थगित गरिएको हो। अबको निर्वाचन भदौ ७ गतेभित्र गरिनेछ।” अहिले १५ जनाको सिटमा ३९ जनाको उम्मेदवारी रहेको थियो।

उर्लाबारी क्याम्पसको स्ववियु सभापतिमा अर्बिन घिमिरेको चर्चा१० फागुन / उर्लाबारी शुक्रबार त्रिभुवन विश्वविद्यालयले स्वतन्...
22/02/2025

उर्लाबारी क्याम्पसको स्ववियु सभापतिमा अर्बिन घिमिरेको चर्चा

१० फागुन / उर्लाबारी
शुक्रबार त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । चैत ५ गते तय ‍भएको स्ववियु निर्वाचनको लागि विद्यार्थी संगठनहरु चलायमान भैसकेका छन् ।

यसैबिच मोरङको उर्लाबारी-४ स्थित उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा लोकप्रिय विद्यार्थी नेता अर्बिन घिमिरेको नाम चर्चामा आउन थालेको छ । नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ (ने.वि. संघ) को उर्लाबारी नगर समिती सभापति समेत रहेका घिमिरे एक जुझारु, संघर्षशील, विकासप्रेमी र बौद्धिक विद्यार्थी नेताका रूपमा परिचित छन्। उर्लाबारीमा विद्यार्थी हकअधिकारका निम्ति अहोरात्र खटिएका उनी संगठनलाई एकजुट गर्न सफल विद्यार्थी नेता हुन् ।

२६ वर्षीय घिमिरे, जो स्नातक तहका विद्यार्थी हुन् । उनी विद्यार्थी राजनीतिमा वि.सं. २०७४ सालदेखि सक्रिय रहँदै आएका छन्। नेवि संघको उर्लाबारी नगर समितिमा सचिव बनेपछि उनले संगठनलाई चलायमान बनाउने मुख्य भूमिका निर्वाह गरे। यस्तै वि.सं.२०८० सालमा नगर सभापति बनेपछि उनले नेतृत्व क्षमतामा नयाँ उचाइ हासिल गरेका छन्।

विद्यार्थीको मुद्धामा केन्द्रित भई विद्यार्थी अधिकारको निम्ति लड्दै आएका घिमिरे असल व्यक्तित्व भएका उदारवादी नेता हुन् ।

अघिल्लो स्ववियु चुनावमा नेवि संघको विजय सम्भव बनाउने प्रमुख रणनीतिकारका रूपमा रहेका घिमिरे यसपटक प्रत्यक्ष प्रतिस्पर्धामा रहन खोजिएको पाईएको छ । उनको नेतृत्वमा प्यानल बनाई आसन्न स्ववियु निर्वाचनमा नेवि संघ सहभागि हुन चाहेको विद्यार्थी नेता दिपेश चौधरी बताउछन्।

यसैबिच शनिबार क्याम्पसमा नेवि संघले स्ववियु चुनाव लक्षित नेतृत्व छलफल गरेको छ । प्राप्त जानकारीअनुसार सो छलफलमा नेवि संघका विद्यार्थीहरूले एकस्वरमा घिमिरेलाई निर्विरोध उम्मेदवारका रूपमा अघि सार्न खोजिएको छ ।

सो अवसरमा नेवि संघका विद्यार्थीहरुले स्ववियु सभापतिमा नेवि संघको तर्फबाट घिमिरेको विकल्प अन्य उम्मेद्वार नभएको बताएका छन् । यस्तै सभापतिमा घिमिरेलाई लिएर अगाडी बढ्ने विषयमा नेपाली कांग्रेस उर्लाबारी नगर समिती समेत सकरात्मक रहेको पाईएको छ ।

उसो त उनी नेपाली कांग्रेस कोशी प्रदेश समितीका सह महामन्त्री खड्गबहादुर फागो निकटका विद्यार्थी नेता समेत हुन् ।

Address

Morang
Biratnagar
URLABARI

Telephone

+9779827005437

Website

Alerts

Be the first to know and let us send you an email when Purbeli news.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category