Hamronewshub

Hamronewshub हरेक पल, ताजा तथा सत्य, तथ्य र सन्तुलित

02/05/2025

उदयपुरको कटारी नगरपालिका-६ स्थित मदन भण्डारी लोकमार्गमा मे.१ च ३०४० नम्वरको स्कारपियो गाडी दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । वैशाख १८ गते अपरान्ह चितवनबाट झापा तर्फ जादै गरेको स्कारपियो गाडी आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको बेरियरमा ठक्कर लागी दुर्घटना भएको थियो ||

10/04/2025

मौसम अपडेट
पछिल्लो १२ घण्टामा कोशी र मधेश प्रदेशका केही स्थानमा भारी वर्षा तथा देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा मापन गरिएको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै पहाडी भू-भागका केही स्थान र बाँकी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग, नेपाल सरकार

यस वर्ष विजयादशमीको उत्तम साइत आज कात्तिक ७ गते मंगलबार बिहान ११:०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिल...
24/10/2023

यस वर्ष विजयादशमीको उत्तम साइत आज कात्तिक ७ गते मंगलबार बिहान ११:०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ।

पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद

आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद

जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।

देवी विसर्जन
ईति सम्प्राथ्र्य देवीं तु तत उत्थापयेद् बुध ।
उत्तिष्ठ देवी चण्डेशि शुभां पूजा प्रगृह च ।।
कुरुष्व मम कल्याणमष्टाभि शक्तिभिःसह ।
गच्छ गच्छ परं स्थानं स्वस्थानं दवि चण्डिके ।।

“बडा दशैंको” हार्दिक मङ्गलमय शुभकामना!!

30/09/2023

EDV 2024 खुल्ने मिति - असोज १८ गते देखि कार्तिक २२ गतेसम्म ।

06/05/2023

यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री २०२४ को नतिजा सार्वजनिक गरेको छ ।

शनिवार राती नतिजा प्रकाशित भएको हो ।डिभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डिभी प्रोग्राम डट स्टेट डट जिओभी लग इन गरेर हेर्न सकिन्छ ।

नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शु:ल्क नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

04/04/2023

काठमाडौँ – हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का एवम् क्षणिक वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राती देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

01/04/2023

यसले सुन्दर र प्रभावकारी तरिकाले नाटकीय र अपत्यारिलो कथा भनेको छ।

24/03/2023

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।

21/03/2023

आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) तोलामा १ लाख ९ हजार ३००० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मंगलबार) ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० रुपयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ पुगेको हो । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३० रुपैयाँ थियो ।

24/02/2023

विजयकुमार अधिकारी, १२ फागुन, कमल । झापाको कमल-५, पाडाजुँगीस्थित श्री मंगलमय माध्यमिक विद्यालयमा रहेको मंगलमय बाल.....

Address

Biratnagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 02:00
Sunday 09:00 - 17:00

Telephone

+9779800000000

Alerts

Be the first to know and let us send you an email when Hamronewshub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamronewshub:

Share