02/09/2026
PM B***n Shah regarding recent flood says, "विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमाली क्षेत्रको हिउँ चट्टानले हिमपहिरोबाट सिर्जित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपद् बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।"