02/09/2026
सिरहा रमौलबाट बाढीपीडितका लागि रु. १३ लाख ४४ हजार ६०० सहयोग
सिरहा रमौल । बाढी तथा विपद्बाट प्रभावित नागरिकहरूको सहयोगका लागि सिरहा रमौलका मुस्लिम समुदायको पहलमा रु. १३ लाख ४४ हजार ६०० राहत रकम संकलन गरिएको छ।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। राहत संकलन अभियानमा मुस्लिम समुदाय, प्रहरी प्रशासन तथा स्थानीय बासिन्दाहरू मिलेर सक्रिय सहभागिता जनाएका थिए।
विपद्को कठिन समयमा सबै मिलेर गरिएको यस मानवीय सहयोगले सामाजिक एकता, सद्भाव र मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।