चाम्लिङ Fashion Bazar

चाम्लिङ Fashion Bazar WELCOME TO OUR FACEBOOK PAGE.

16/02/2023

31/12/2022

मान्छेले सबै सकाए।

राजनीति गर्छु भन्नेले देश सकाए।
धेरै फलाउछु भन्नेले
माटोमा बिषादी हालेर
माटो सकाए।

धेरै मासु खाउ पैसा कमाउ
भन्ने ले लोकल जिवजन्तु कुखुरा सकाए।
धुध को लोभले पैसाकै लोभले
लोकल गाई भैंसी सकाए।
लोकल बाख्रा सकाए
लोकल साग सब्जी
तरकारी फलफुल सबै सकाए।

हावा बिगारेर सकाए, पानी दुषित बनाएर सकाए।
रैथाने अर्गानिक बीउ बिजन सबै सकाए।

अन्त्यमा रोग भाइरसको डरले
आफुले आफैलाइ घोचाएर सकाए।
अनि कर्म त घुम्दो रहेछ नि!
सारा जीव जन्तु वनस्पति
बीउ बिजन माटो हावा पानी त सकाए सकाए
अन्त्यमा आफू पनि सकिए।
होसमा त छौ नि?

22/10/2022

धराने जनता धेरै बर्षदेखि धारामा पानी आउँछ कि भनेर हेरी रहे तर केही गर्दा नआएकाे पानी आफ्नै हातमा रहेकाे भाेट बदलेकाे २२ दिनमै २४ सै घण्टा पानी झर्‍याे । दिल्लिका जनताले पानी पिउनु स्वतन्त्र भएपछि ७० बर्ष कुर्नु पर्‍याे जब केजरिवाल सत्तामा पुगे बल्ल खिया लागेकाे पाईपमा पानी आयाे । विहारमा हत्या, अपहरण, लुटपाट, गुन्डागर्दी अन्त्य हुन एकछत्र राज गरेका लालु यादबलाइ विदा गरेर नितिसकुमारलाई भाेट हाल्नु पर्‍याे । नेपालमा समेत कतै कतै नयाँ लहर, हावा हुरि चल्न शुरु भएकाे छ । याे बेमौसमी हावा हुरिले देशैभर सफा गर्न नसकेपनि देशका केही आंशिक स्थानमा असर गर्ने छ जसले ठूला भनाउदाहरुलाई सुध्रन बाध्य बनाउने छ । जात जाति, बर्ग, धर्म, लिङ्ग, समुदाय नहेरी असल र क्षमतावान व्यक्ति छान्न जरुरी छ ।

कार्यकर्ता नाम गरेका .....को छोराहरुको कुकुर जीन्दगी“बफादारिता कुकुरको सनातनी रोग तर मान्छेमा नैतिकता र इमान्दारिता हुन्...
18/10/2022

कार्यकर्ता नाम गरेका .....को छोराहरुको कुकुर जीन्दगी

“बफादारिता कुकुरको सनातनी रोग तर मान्छेमा नैतिकता र इमान्दारिता हुन्छ।नैतिकता र बफादारिताबाट मान्छे र कुकुर छट्टिन्छ”।
विश्वजीत

हजुरहरु बस्ने टोलमा यदि कोही नयाँ मान्छेले कुकुरहरुलाई बिस्कुट दियो भने सम्झनुस् की त्यसले त्यहाँ कसैको घर चोर्ने योजना बुन्दैछ। कुकुर बफादारिताको प्रतिक मानिन्छ।कुकुरलाई तपाँईले ९९ लात हान्नुहोस् तर एकचोटी विस्कुट दिनु भयो भने त्यो कुकुरले तपाँईलाई सधैभरी पछ्याउँन थाल्छ।टोलको कुकुरलाई बिस्कुट दिएपछि त्यहि चोर त्यो टोलमा छिर्दा भुक्दैन त्यसैले चोरले चार्नु पूर्व त्यो घर वा टोलको कुकुरलाई बिस्कुट दिन्छ।

नेपालका पार्टीको कार्यकर्ता पनि कुकुरहरुनै हो किनकी नेताले पाँच वर्षमा एकचोटी बिस्कुट हाल्दिन्छ अनि पाँच वर्षसम्म लात्तैलीत्ता हान्दा खेरी पनि खपेर बस्छ। नैतिकता र इमान्दारिताको प्रतिक मानिने मान्छे यस्तै हुन्न।

साभार" biswa jit khadka

27/09/2022

छिमेकी कि 6 बर्षिय छोरी जहिले मेरो कोठामा आउथिन
"Uncle uncle" भन्दै अनि म ल्यापटप मा कार्टुन लाइदिन्थे अनि उ आफ्ना बाउ आमा सबै बिर्सेर कार्टुन हेरेर बस्थिन!
बिहान स्कुल जानू भन्दा अघि अनि स्कुल छुट्टि हुने बितिक्कै आइपुगी हाल्थिन!
मलाइ दिक्क लाग्न थालिसकेको थियो!
"कस्ता बाउ आमा होलान, छोरी कता गै भनेर खोजी नि गर्दैनन" भनेर सोच्थे!
अनि फेरि "छोरी यता पठाएर बुढा बुढी रोमान्स गर्दै बस्छन होला" नि सोच्थे!
एकदिन वाक्क लागेर थर्काए
"आफ्नो घर जाउ" भनेर तर उस्को अनुहार निन्याउरो देखेर सोधेको
उस्का बाउ आमा डेलि झगडा गर्दा रहेछन! त्यही देख्न नसकी मसङ्ग आउदी रहिछिन!
यसो झ्याल बाट मुन्टो निकालेर सुने....
साचिक्कै हानाहान परिरा रहेछ बुढा बुढिको!
बाउ आमा झगडा गर्दा छोरिको कुहिना मा नि लागेको रहेछ!
छाला पिल्सिएको रहेछ!
एउटा घाउको मलम थियो....
त्यो लगाइदिए अनि
"बेलुका सुत्ने बेलामा नि लगाउनु है" भनेर दिए!
उ र म साथी जस्तै भैसकेका थिइम!
म कतै बाहिर गएको बेला उस्लाइ आइस क्रीम नत्र केही न केही चक्लेट लिएर आउथे!
उ आफै ल्यापटप खोलेर युट्युब मा कार्टुन हेर्दै बसेकी हुन्थिन!
एकदिन बेलुका उ गएपछी एक्कासी छिमेकीनि र उस्को पोइ.. छोरी ल्याएर
मलाइ
"त साले बलात्कारि! मेरि यति सानी छोरिलाइ
रेप गर्ने आट कसरी गरिस"
भन्दै सिधै मेरो कपाल जगटाउन थाले!
गाउघर का मान्छे भेला भए!
कतिले मलाइ घेरेर कुटे....
के भैराछ मैले अतोपतो पाइन! मैले केही बोल्ने मौका नै पाइन!
"यस्लाइ फाँसी दिनुपर्छ,
यस्को लि* काट्नुपर्छ" भनेर पुरै जमात खनिएका थिए!
मेरा बाउ आमा
रुदै छुट्याउन खोज्दै थिए तर
भिड ले मलाइ यति कुटे....म त्यही बेहोस भएर ढलेछु!
पुलिस आयो!
मलाइ सिधै हत्कडी लगाएर पुलिस चौकी लगियो रगतै सरि!
अनि पुलिस चौकी मा ती सानी नानिलाइ ल्याएर
पुलिस ले सोध्यो
"नानी...यो uncle ले तिमिलाइ कहाँ कहाँ छोयो" भनेर!
ती नानी चुप लागिन!
अनि फेरि केटि प्रहरीले नानी को प्राइभेट पार्ट देखाउदै
"Uncle ले यहाँ छुनुभयो" भन्दै सोधी!
नानी बोलिन
"Uncle ले मलाइ माया गर्न सिकाउनु पो भाको त!"
पुलिस ले ठुला ठुला आँखा मलाइ तर्दै फेरि सोध्यो नानिलाइ
"कस्तो माया? नडराइ भन तिमिलाइ केही हुन्न"
नानिले आफ्नो हाफ पैन्ट्को गोजि बाट
drawing निकालिन अनि देखाउदै
"यी यसरी! ड्याडी र मामुलाइ झगडा गर्नु हुन्न,
माया गर्नु पर्छ" भनेर सिकाउन लाउनु भाको!
पुलिस ले त्यो drawing हेरे!
दिउँसो मैले
एक छेउमा बाउ अर्को छेउ मा आमा अनि बिचमा सानी नानिको drawing बनाएर
"Dont fight please! It will mentally effect your child"
लेखेर ठूलो smily बनाएर
"तिम्रो ड्याड मामुलाइ देखाउ है" भनेर दिएको थिए!
त्यो drawing देखेर सारा पुलिस चौकी नै स्तब्ध भयो!
सबै मलाइ दयालु भावले हेरिराथे....
म भने एउटा कुनामा कुटाइको पिडाले जिउदो लास जस्तो लमतन्न परेको थिए!
ती नानी मेरो छेउमा आएर बोलिन
"Uncle तपाइले दिएको घाउको औषधि मेरो स्कुल ब्याग मा छ,
भोलि बिहान ल्याएर लगाइदिन्छु ल म"
#साभार

09/09/2022

(एकछिन समय निकालेर पढ्नुस् है) -- साभार--
मलाई रक्तचाप (Blood Pressure) र मधुमेह (Sugar) को समस्या थियाे। त्यसैले सवेरै नियमित जचाँउने डाक्टरकहाँ पुगें। डाक्टरको क्लिनिकबाट बाहिर उनकाे बगैंचाकाे दृष्य स्पष्ट देखिएकाे थियाे। जहाँ डाक्टरसाब याेग र ब्यायाम गर्दै थिए। करिव १ घण्टाको प्रतिक्षा पश्चात् डाक्टर आफ्नाे लागि कागती पानी लिएर आए र कागती पानी पिउदै मेरो रक्तचाप जाँच गर्न थाले। उनले मलाई भने अब तपाईंले औषधी बढाउनु पर्ने भयाे। उनले प्रेस्क्रिप्सनमा ७/८ वटा औषधीकाे नाम लेखे। उनले मलाई औषधी नियमित रुपमा खान सचेत गराए। मैले उत्सुकतावश डाक्टरलाई साेधें के तपाईं सधैं याेग र ब्यायाम गर्नुहुन्छ? डाक्टरले भने- 'विगत १० वर्ष देखि म याेग र व्यायाम गर्दैछु । यही कारण रक्तचाप तथा मधुमेह लगायतका राेगहरुबाट म सुरक्षित छु। म आफ्नाे हातमा लिएकाे प्रेस्क्रिप्सन हेर्दै थिएँ जसमा तिनै डाक्टरले रक्तचाप तथा मधुमेहलगायतका रोग कम गर्नका लागि थुप्रै औषधि लेखिदिएका थिए।.....
एक दिन टाउकाे बेस्सरी दुखिरहेकाे थियाे। त्यसैले म औषधि पसलमा गएँ। पसलमा साहुजी हैन कामदार थिए। उनले मलाई टाउकाे दुखेकाे सञ्चाे हुने १ पत्ता औषधि दिए। उनलाई मैले साेधें- 'साहुजी खै त ?' उनले भने -'उहाँ त टाउकाे बेस्सरी दुख्यो भनेर बाटाेपारीकाे कफीहाउसमा कफी पिउन जानुभाछ।' 'एकछिन मै आइहाल्नु हुन्छ।' म आफ्नाे हातमा लिएकाे औषधिकाे पत्ता हेर्दै थिएँ। ....
अर्को एक दिन म आफ्नाे श्रीमतीका साथ एउटा ब्युटी पार्लरमा गएँ। श्रीमतीजीलाई केशविन्यास (Hair Treatment) गर्नुथियाे किनभने उनकाे कपाल रुखाे र दराे भएकाे थियाे। सोधपुछ कक्षमा बसेकी युवतीले हामीलाई थुप्रै प्याकेजका बारेमा बताईन्। पैसा देखि लिएर ती प्याकेजका फाईदाहरुका बारेमा बेलिविस्तार लगाईन्। प्याकेज ३००० रूपैंया देखि ८००० रूपैंयासम्मकाे रहेछ। केही समय बार्गेनिङ चलेपछि ५००० रूपैंयाकाे प्याकेजमा ५०० रूपैंया छुटगरी ४५०० रूपैंयामा केशविन्यासको मूल्य तय गरियाे। केशविन्यास गर्ने दौरानमा विन्यास गर्ने युवतीकाे कपालबाट मनमाेहक बास्ना आईरहेकाे थियाे। मैले उनलाई साेधें -' तपाईंले आफ्नाे कपालमा के लगाउनु भएकाे छ ?' वास्ना त मीठाे छनि त!' उनले भनिन् - 'तेलमा मेथी र कपुर घाेलेर लगाएकी छु। यसले कपाल नरम, मुलायम बनाउनुका साथै कपाल छिटाे बढ्ने र मजबुत हुने गर्छ।'......म आफ्नी श्रीमतीकाे अनुहार हेर्दै थिएँ जो पैंतालीस सय रूपैंया तिरेर आफ्नाे कपाल नरम बनाउँदै थिईन्।.......
मेराे एउटा हुनेखाने साथीकाे एउटा ठूलो डेरी फार्म छ। म एकदिन उसको दुग्धशालामा पुगें। जहाँ करिव सयओटा विदेशी गाईहरू थिए। गाईहरूको दूध मेशिनद्वारा निकालेर प्रशोधन भइरहेकाे थियाे। केही पर दुईओटा स्थानीय जातका गाईहरू हरियाे घाँसपात र दाना खाँदै थिए। मैले जिज्ञासा राखें - 'किन यी दुई खाले गाई?' साथीले भन्याे - 'आफ्नाे घरमा बिदेशी गाईकाे दूध जाँदैन। घरपरिवारकाे प्रयाेगका लागि त स्थानीय दुईओटा गाईकाे दूध, दही र घ्यू मात्र प्रयाेग हुनेगर्छ।'.......
म तिनीहरुका बारेमा साेच्दै थिएँ - जसले ब्रान्डेड दुधलाई उत्कृष्ट मानेर किन्ने गर्छन्........।
हाम्रो घर नजिक एउटा प्रसिद्ध रेष्टुरेन्ट छ जुन आफ्नाे विशिष्टता, शुद्ध एवम् स्वादिष्ट खानाकाे लागि चर्चित छ । एक दिन हामी जोईपोई खाना खान त्यही रेष्टुरेन्ट गयौं। खाना खाईसेपछि रेष्टुरेन्टबाट निस्कँदैगर्दा त्यहाँकाे मेनेजरले विनय पूर्वक जिज्ञासा राखे - 'सर खाना कस्तो लाग्याे ? हामी विशुद्ध घिउ, तेल र मसला प्रयाेग गर्ने गर्छौ। हाम्रो काेसिस छ घर जस्तै खाना र वातावरणको अनुभव हाेस् हाम्रा ग्राहकहरुलाई।' हामीले खानाकाे प्रशंसा गरेपछि मेनेजर हामीलाई आफ्नाे Visiting Card दिनका लागि आफ्नाे क्याविनमा गए। काउण्टरमा एउटा तीन खण्डकाे स्टिलकाे टिफीनक्यारियर राखिएकाे थियाे । एउटा वेटरले अर्काेसँग भन्याे - 'दिपक, सरकाे खाना भित्र क्याविनमा राखिदेउ। ग्राहक गएपछि खानुहुन्छ सरले।' मैले वेटरसँग साेधें - 'के मेनेजर सावले याहाँकाे खाना खानुहुन्न?' वेटरले जवाफ दिए -' सरले कहिल्यै यहाँकाे खाना खानुहुन्न। सधैं नै घरबाट ल्याएर खानुहुन्छ।'.....म आफ्नाे हातमा रहेकाे झण्डै दुईहजार रुपैंयाको बिललाई हेर्दै थिएँ........

# बुझाई / सिकाई :
उपराेक्त घटनाहरूबाट मेराे जीवनमा तलका जस्ता केही नविनतम सिकाइ हासिल भएकाछन्:-
१. हामी जसलाई असल जीवनशैली भनेर बुझ्दै आएका छौँ, त्याे हामीलाई भ्रमित गर्ने माध्यम मात्र हुन् । हामी बैंकको ATM हौं जसबाट कुशल ब्यापारीले ठूलाे धनराशी निकालिरहेका छन् ।
२. प्रायःजसो जुन चिजहरु हामीलाई बेचिन्छ ती चिज हरु स्वयम् बिक्री गर्नेले भने प्रयाेग वा उपभाेग गर्ने स्तरका हुंदैनन्।

गॉजा किन प्रतिबन्धित ? जब कि गॉजाले नबन्ने कुनै चिज छैन। १. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ।...
28/08/2022

गॉजा किन प्रतिबन्धित ? जब कि गॉजाले नबन्ने कुनै चिज छैन।

१. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ।
२.एक रोपनी गॉजाले ४ रोपनी रूखहरू जतिकै कागज उत्पादन गर्न सक्छ।
३. गॉजालाई ८ पटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छ।
४. गॉजा ४ महिनामा बढ्छ, काठलाई बढ्न २० देखि ५० वर्षमा बढ्छ।
५. गॉजा एक वास्तविक विकिरण जाल हो।
६. गॉजा संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ र यसलाई धेरै कम पानी चाहिन्छ। साथै, यसले किराहरूलाई भगाउन सक्छ, यसलाई किटनाशकहरू आवश्यक पर्दैन।
यदि गॉजाले बनेको कपडा व्यापक भयो भने, किटनाशक उद्योग पूर्ण रूपमा हराउन सक्छ।
७. गॉजाले एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ; कम्तिमा २५० रोगहरु जस्तै बाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता रोगहरुमा यसको प्रयोग गरिन्छ ।
८. गॉजाको बिउको प्रोटिन मूल्य धेरै उच्च छ र यसमा पाइने दुईवटा फ्याटी एसिड प्रकृतिमा अन्त कतै पाइँदैन।
९. गॉजा भटमास भन्दा उत्पादन गर्न सस्तो छ।
१०. गॉजा खुवाइने पशुहरूलाई हर्मोन सप्लिमेन्टको आवश्यकता पर्दैन।
११. सबै प्लास्टिक उत्पादनहरू गॉजाबाट बनाउन सकिन्छ र हेम्प प्लास्टिक प्रकृतिमा फर्कन धेरै सजिलो छ।
१२. यदि कारको बडी गॉजाले बनेको छ भने, यो स्टील भन्दा १० गुणा बलियो हुनेछ।
१३. गॉजा भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ; यो टिकाऊ, सस्तो र लचिलो छ।
१४. हेम्पले बनेको साबुन र सौन्दर्य प्रसाधनहरूले पानीलाई दूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन् ।
-कृषि सन्देश

एक जना मानिसले सर्पलाई आगोमा जलिरहेको देख्छ र आगोबाट मुक्त गर्ने निर्णय गर्छ। सर्पले समात्ने बित्तिकै उसलाई डस्छ र यसले ...
23/08/2022

एक जना मानिसले सर्पलाई आगोमा जलिरहेको देख्छ र आगोबाट मुक्त गर्ने निर्णय गर्छ। सर्पले समात्ने बित्तिकै उसलाई डस्छ र यसले व्यक्तिलाई असाध्यै पीडा दिन्छ। व्यक्तिले तुरुन्तै सर्पलाई फ्याँकिदिन्छ र सर्प दन्किरहेको आगोमा फर्कन्छ।

यस बिन्दुमा व्यक्तिले वरपर हेर्छ र धातुको लठ्ठी फेला पार्छ उसले सर्पलाई आगोबाट बचाउन लट्ठी प्रयोग गर्दछ। घटना हेरिरहेका अर्का एक व्यक्तिले उक्त व्यक्तिको नजिक पुगेर सोधे:

"यो सर्पले तिमीलाई डस्यो! तिमी किन उसको ज्यान बचाउन खोज्दैछौ?" पहिलो मानिसले जवाफ दियो: "सर्पको स्वभाव भनेको डस्नु हो, तर यसले मेरो स्वभावलाई परिवर्तन गर्दैन, र मेरो स्वभाव मद्दत गर्ने हो।" कसैको नराम्रो स्वभावको कारणले वा अरुबाट दुख पाएर आफ्नो व्यवहार नबदल्नुहोस्। आफ्नो मनको शुद्धता गुमाउनु हुँदैन। होसियार भएर काम गर्न सिकौ ! ❤
- शब्द

08/08/2022

मन पर्‍यो साझा गरे है:

चिनिया राष्ट्रपति सि जिनपिङको यो कुरा सारै मन पर्यो !
उनी भन्छन्:
“म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें।

जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो।

एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन। बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत आकलझुकलमात्र अण्डा खाने अवसर जुर्थ्यो—चाडपर्वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गर्दा उनको कचौराको पिंधमा चाउचाउमुनि दुइटा अण्डा देखियो! मलाई ज्यादै पश्चाताप भयो! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो।

मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो— "प्रिय छोरो, तिमीले बुझ्नु पर्छ— तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन् । यदि तिमी अरुबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गुमाउने छौ।"

अर्को दिन मेरा बाबुले फेरि दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमाथि राख्नुभयो— पहिलेजस्तै एउटा कचौरा माथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन ।

बाबुले मलाई भन्नुभयो, "प्रिय पुत्र, कुनचाहिँ कचौरा लिन्छौ, रोज?"
यसपटक म चनाखो भएँ। मैले कचौरामाथि अण्डा नभएको चाहिँ कचौरा छानें र फुर्कँदै चाउचाउ खोतलेर हेरें । कचौराको पिंधमा एउटा पनि अण्डा थिएन । मेरा बाबुले मुस्काराउँदै मलाई भन्नुभयो, "प्रिय छोरा, तिमीले सधैँ अनुभवमाथि भर पर्नु हुँदैन किनभने कहिलेकहीं जीवनले धोखा दिन सक्छ, छल गर्न सक्छ । तर तिमी रिसाउनु वा दुःखी हुन हुँदैन । यसलाई तिमीले एउटा शिक्षाको रुपमा ग्रहण गर्नु पर्छ । यो पाठ तिमी पाठ्यपुस्तकबाट सिक्न सक्तैनौ ।"

मेरा बाबुले तेस्रो दिन फेरि दुई कचौरा चाउचाऊ पकाउनुभयो— एउटा कचौरामाथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन । बाबुले कचौरा टेबुलमाथि राख्दै मलाई भन्नुभयो—"प्रिय पुत्र,चाउचाउको एउटा कचौरा रोज, कुनचाहिँ कचौरा लिन्छौ?"

यसपटक मैले बाबुलाई भनें— "बाबा, कचौरा तपाईं रोज्नुस् । तपाईं घरमुली हुनुहुन्छ । परिवारमा सबैभन्दा बढी योगदान तपाईंकै छ ।"

मेरा बाबुले नाई-नास्ती नगरी एउटा अन्डा भएको कचौरा छान्नुभयो । मैले आफ्नो भाग चाउचाउ खाँदै गर्दा मनमनै सोचें— 'पक्का पनि यसपटक मैले अण्डा गुमाएँ !' तर मैले चाउचाउ खाँदै जाँदा कचौराको पिंधमा चाउचाउले छोपिएको दुइटा अण्डा देखेर म आश्चर्यमा परें !

मेरा बाबुले प्रेमपूर्वक मलाई हेरेर मुस्कुराउँदै भन्नुभयो, "प्रिय पुत्र, तिमीले बुझ्नु पर्छ । जब तिमी अरुको भलाइको बारेमा सोच्छौ स्वाभाविक रुपमा तिम्रो पनि भलो हुनेछ ।"

त्यो दिनपछि, मैले सधैँ मेरा बाबुले भन्नुभएको यी तीन कुरालाई जीवनमा अपनाएको छु—मैले गर्ने हरेक कर्ममा सर्वप्रथम म अरुको भलाइ सोच्छु। “

*(द्रष्टव्यः यो कथा इन्टरनेटमा उपलब्ध अङग्रेजी स्रोतबाट नेपालीमा अनुबाद गरिएको हो!)

भाङ् किन प्रतिबन्धित गरियो ? १. एक एकड भांगले २५ एकड जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ। २.एक एकड भांगले 4 एकड रूखहरू जस...
22/06/2022

भाङ् किन प्रतिबन्धित गरियो ?

१. एक एकड भांगले २५ एकड जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ।
२.एक एकड भांगले 4 एकड रूखहरू जस्तै कागज उत्पादन गर्न सक्छ।
३. भांगलाई ८ पटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छ।
४. भांग 4 महिनामा बढ्छ, काठ 20-50 वर्षमा बढ्छ।
५. भांग एक वास्तविक विकिरण जाल हो।
६. भांग संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ र यसलाई धेरै कम पानी चाहिन्छ। साथै, यसले कीराहरूलाई भगाउन सक्छ, यसलाई कीटनाशकहरू आवश्यक पर्दैन।
यदि भांगले बनेको कपडा व्यापक भयो भने, कीटनाशक उद्योग पूर्ण रूपमा हराउन सक्छ।
७. यसले भांग, एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ; कम्तिमा २५० रोगहरु जस्तै बाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता रोगहरुमा यसको प्रयोग गरिन्छ ।
८. भांगको बीउको प्रोटिन मूल्य धेरै उच्च छ र यसमा पाइने दुईवटा फ्याटी एसिड प्रकृतिमा कतै पाइँदैन।
९. भांग सोया भन्दा उत्पादन गर्न सस्तो छ।
१०. भांग खुवाइने जनावरहरूलाई हर्मोन सप्लिमेन्टको आवश्यकता पर्दैन।
११. सबै प्लास्टिक उत्पादनहरू हेम्पबाट बनाउन सकिन्छ, र हेम्प प्लास्टिक प्रकृतिमा फर्कन धेरै सजिलो छ।
१२. यदि कारको शरीर भांगले बनेको छ भने, यो स्टील भन्दा 10 गुणा बलियो हुनेछ।
१३. यो भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ; यो टिकाऊ, सस्तो र लचिलो छ।
१४. हेम्पले बनेको साबुन र सौन्दर्य प्रसाधनहरूले पानीलाई दूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन्।
चेतना आओस् !

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when चाम्लिङ Fashion Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share