Routine Of Koshi Province Banda

Routine Of Koshi Province Banda आवाज बिहिनहरुको आवाज

पढ्दै कमाउँदै, बिद्यालयमा रमाउँदै ।कार्यक्रम बारे जानकारीका लागि फाेटाे सामाग्री अध्ययन गर्नुहोला ।
09/11/2023

पढ्दै कमाउँदै, बिद्यालयमा रमाउँदै ।
कार्यक्रम बारे जानकारीका लागि फाेटाे सामाग्री अध्ययन गर्नुहोला ।

भूकम्पबाट घाइतेको उपचार गर्न पुगे डा.गोविन्द केसीडा.गोविन्द केसी नेपालगंजस्थित भेरी अस्पताल पुगेका छन्। भूकम्पबाट घाइेहर...
06/11/2023

भूकम्पबाट घाइतेको उपचार गर्न पुगे डा.गोविन्द केसी

डा.गोविन्द केसी नेपालगंजस्थित भेरी अस्पताल पुगेका छन्। भूकम्पबाट घाइेहरुको उपचारका लागि डा. केसी आइतबार भेरी अस्पताल पुगेका हुन्।
अस्पताल पुगेका केसीले त्यहाा उपचार गराइरहेका बिरामीहरुको रिपोर्ट हेरेर उपचारमा संलग्न भएका छन्।

डा. ताेशिमा कार्की भूकम्पबाट घाइतेहरुको उपचारका लागि  जाजरकोटमा हुनुहुन्छ धन्यवाद छ डाक्टर साब ।😍🙏❤️
06/11/2023

डा. ताेशिमा कार्की भूकम्पबाट घाइतेहरुको उपचारका लागि जाजरकोटमा हुनुहुन्छ धन्यवाद छ डाक्टर साब ।😍🙏❤️

नेम्बाङ एग्रो फर्म उर्लाबारी–१ का सञ्चालक अइन्द्र नेम्बाङ र पेन्जिरी नेम्बाङले गरेको फूल खेती । उनीहरुलाई उर्लाबारी नगरप...
05/11/2023

नेम्बाङ एग्रो फर्म उर्लाबारी–१ का सञ्चालक अइन्द्र नेम्बाङ र पेन्जिरी नेम्बाङले गरेको फूल खेती । उनीहरुलाई उर्लाबारी नगरपालिकाले २ हजार बिरुवा निःशुल्क प्रदान गरेको थियो । साथै, भिटामिन, विषादीसमेत प्रदान गरिएको थियो । आज नगर उपप्रमुख मीना खतिवडा पौडेल, कृषि शाखा प्रमुख अम्बिका लुइटेलले फूल खेतीको निरीक्षण गर्नुभएको छ ।

जाजरकोटमा सामूहिक दाहसंस्कारका यी हृदयविदारक तस्बिर:यस्तो हृदयविदारक तस्बिर कसैले खिच्न, यसरी प्रकाशन गर्न तथा हेर्न पनि...
05/11/2023

जाजरकोटमा सामूहिक दाहसंस्कारका यी हृदयविदारक तस्बिर:

यस्तो हृदयविदारक तस्बिर कसैले खिच्न, यसरी प्रकाशन गर्न तथा हेर्न पनि नपरोस् । तर, विधिको बिडम्बना नै हो जे नगरौँ भन्यो त्यही गर्नुपर्छ । त्यही देख्नुपर्छ तथा त्यही नै भोग्नुपर्छ ।जाजरकोटमा शुक्रबार रातिको भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिहरुको आज यहाँको स्थानीय नदीमा दाहसंस्कारका लागि यसरी लगिँदैछ । शुक्रबार दिउँसोसम्म सँगै थिए गाउँका दाजुभाई तथा दिदीबहिनीहरु । लाग्छ उनीहरु आउनै लागेको तिहार कसरी मनाउने भनेर तयारी पनि गर्दै थिए होला । तर तीमध्ये सबै बिहान उठ्न पाएनन् । कति त राति नै आफ्नै घरले थिचिएका थिए भने कति बिहानसम्म छट्पटाएर विदा भएका थिए । तस्बिर : सुरेश आचार्य

अाज मेनुकाकाे प्रस्तुति Watch on Indian Idol 14 every Saturday & Sunday 8PM onwards❤✨
04/11/2023

अाज मेनुकाकाे प्रस्तुति Watch on Indian Idol 14 every Saturday & Sunday 8PM onwards❤✨

जाजरकोट मा शव सङ्कलन गरिदै 🥲😭 😭😭
04/11/2023

जाजरकोट मा शव सङ्कलन गरिदै 🥲😭 😭😭

घरहरु भत्किएको देख्दा धन्न धेरै मान्छे जोगिएछन्’म शिवशंकर आधारभूत विद्यालयमा कार्यरत छु ।मेरो घर नलगाढ नगरपालिका-२ डाँडा...
04/11/2023

घरहरु भत्किएको देख्दा धन्न धेरै मान्छे जोगिएछन्’

म शिवशंकर आधारभूत विद्यालयमा कार्यरत छु ।

मेरो घर नलगाढ नगरपालिका-२ डाँडागाँउमा पर्छ । त म छिमेकी कल्पट भन्ने गाउँमा रहेको विद्यालयमा पढाउँछु । मैले पढाउने विद्यालयका ३ जना बालबालिका भूकम्पमा परेका छन् । नलगाढ नगरपालिका-१ मा पर्ने त्यो गाँउका अरु २ जना गरी ५ जना रहेनन् भन्ने खवर आएको छ

मैले पढाउने स्कूल चिराचिर परेको रहेछ । अब त्यो भवनमा विद्यालय चलाउन सकिने अवस्थै छैन ।

गाँउमा सबैजसो घर भत्किएको छ । एकाध बाहेक घर सग्लो छैन । भूकम्पले नचर्किएको त घर नै छैनन् । म वरपर घुमेर हेर्दा नचर्किएका त घरै देखिनँ ।

घरमा पुगेको क्षति हेर्दा यो बस्तीमा धन्न धेरै मान्छेहरु जोगिएछन् भन्नुपर्ने अवस्था छ । मान्छेहरुकै उद्दारमा भ्याईनभ्याई छ । घरगोठ भत्किएकाले गोठमा रहेका भैसीबाख्राहरुलाई दाम्लो काटेर बाहिर निकाल्ने अवस्था छैन ।

गाँउबस्तीमा अहिलेसम्म राहत र उद्दार लिएर सरकारी टोली आइपुगेको छैन । भूकम्पका कारण ठाँउठाँउमा बाटो रोकिएको रहेछ, पहिरो खसेको छ भन्ने कुरा आएको छ ।

जाजरकोटको सदरमुकाम खलंगा, निम्ना हुँदै नलगाढको चिसापानी हुँदै आउनुपर्छ । खलंगाबाट गाडीमा आउन २ घण्टा लाग्छ । सुरक्षाकर्मीको टोली आउने तयारी गरिरहेको छु भन्ने सुनेको छु । के कारणले हो, टावरहरुले काम नगरेर फोन लागेको छैन । यहाँ विजुली नै नआएकाले अरु कुरै भएन ।

भत्किएको घरबाट निकालेको शवलाई नजिकैको अर्को क्षतिग्रस्त घरमा राखेका छन् । मान्छेहरु जम्मा भएपछि के गर्ने भन्ने सरसल्लाह हुदैछ, नजिकैको दल्ली स्वास्थ्यचौकीमा लगेर पोष्टमार्टम गर्नुपर्छ कि भन्ने कुरा पनि गरिरहेका छन् । नभए स्थानीय तहमै अन्त्येष्टी गर्लान् ।

अघि दल्लीमा प्रधानमन्त्री सहितको हेलिकप्टर आयो । हाम्रोबाट आधा घण्टा हिडेर पुगिने ठाँउमा केही टिम हिंड्ने कुरा छ रे ।

भूकम्प प्रभावितहरु अहिले घरबाट निस्किएर फिल्डमा वा खुला बारीमा बसिरहेका छन् । घरभित्र पस्ने र बस्ने अवस्था छैन । चर्केको र क्षतिग्रस्त भएकाले स्कूलमा पनि बस्न भएन । दिनभरी त जसोतसो बसिएला, राति बुढाबुढीलाई के गरी राख्ने हो ? के खुवाउने हो ? कसरी सुताउने हो ? अत्तोपत्तो छैन । वडाले बेलुकीसम्म केही गर्ला भन्ने आशा छ । नभए गाँउलेहरु मिलेर टेण्ट जोडजाम पारेर केही गर्नुपर्ला भन्ने सल्लाह हुँदैछ ।

मेरो घर नजिकैको च्यूरी भन्ने गाँउमा १५/२० जना पुरिएको हल्ला चलेको छ । त्यहा पुलिसहरु पनि गएर मान्छेहरु निकाल्न खोजिरहेका छन् । ३ नम्बर वडामा पर्ने कैना भन्ने गाँउमा २ वटा घरमा मानिसहरु पुरिएको छ रे । उद्दारको काम भइरहेको छ ।

(नलगाढ नगरपालिका-१, कल्पटको शिवशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक शिवलाल जैसीसँगको कुराकानीमा आधारित ।)

रुकुम पश्चिम — शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजर...
04/11/2023

रुकुम पश्चिम — शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो।

04/11/2023
उल्टा घर नेपाल मै पहिलाे याे ठाउँ नाम के हाे ?याे कुन जिल्लाकाे कुन गाउँपालिकाम पर्छ ...
04/11/2023

उल्टा घर नेपाल मै पहिलाे
याे ठाउँ नाम के हाे ?
याे कुन जिल्लाकाे कुन गाउँपालिकाम पर्छ ...

Address

Urlabari Madhalla
Biratnagar
56605

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Koshi Province Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share